लैव्यव्यवस्था 13:7

अनलक शाब्दिक बाइबल

तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 13:27 : 27 सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।
  • लैव्य 13:35-36 : 35 तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्‍म फैलियो भने, 36 पुजारीले फेरि त्यसको जाँच गर्नुपर्छ । यदि त्यो रोग छालामा फैलिएको छ भने, पुजारीले पहेँलो रौँ छ वा छैन भनेर हेर्नुपर्दैन । त्यो मानिस अशुद्ध हुन्छ ।
  • भजन 38:3 : 3 तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।
  • यशा 1:5-6 : 5 तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ । 6 शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
  • रोमी 6:12-14 : 12 त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् । 13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्‍वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ । 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ ।
  • २ तिमो 2:16-17 : 16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ । 17 तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 13:2-6
    5 पदहरू
    92%

    2“यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ ।

    3त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने छ । यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो । पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।

    4यदि त्यसको छालामा भएको उज्‍ज्‍वल दाग सेतो छ, र त्यो छालामा गहिरो देखिँदैन, र त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने, रोग लागेको मानिसलाई पुजारीले सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    5सातौँ दिनमा पुजारीले त्यो रोग खराब भएको छ वा छैन र छालामा फैलिएको छ वा छैन भनेर जाँच्‍ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई अझै सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    6पुजारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको छ वा छैन र छालामा पर-परसम्‍म फैलिएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यो एउटा डाबर मात्र हो । त्यसले आफ्ना लुगाहरू धोओस्, अनि त्यो शुद्ध हुने छ ।

  • लैव्य 13:8-28
    21 पदहरू
    92%

    8त्यो डाबर छालामा अझै परसम्‍म फैलिएको छ वा छैन भनेर पुजारीले जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गर्ने छ । त्यो सरुवा रोग हो ।

    9यदि कसैलाई सरुवा रोग लागेको छ भने, त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।

    10पुजारीले छालामा कुनै भाग सेतो भएर फुलेको छ वा छैन, रौँ सेतो भएको छ वा छैन, वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ ।

    11यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्‍गै राख्‍ने छैन ।

    12यदि पुजारीले हेर्दा त्यसको रोग छालाभरि फैलिएर त्यसको शिरदेखि पाउसम्‍मै पुगेको रहेछ भने,

    13त्यो रोगले त्यसका सबै शरीर ढाकेको छ वा छैन भनेर उसले त्यसलाई जाँचोस् । यदि छ भने, त्यो रोग भएको मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् । यदि त्यो पुरै सेतो भएको छ भने, त्यो शुद्ध हुने छ ।

    14तर यदि त्यसमा आलो मासु देखा पर्‍यो भने, त्यो अशुद्ध हुने छ ।

    15पुजारीले त्यो आलो मासुलाई हेरेर त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो । त्यो एउटा सरुवा रोग हो ।

    16तर आलो मासु फेरि सेतो भयो भने, त्यो मानिस पुजारीकहाँ जाओस् ।

    17छाला सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि छ भने पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ ।

    18यदि कसैको छालामा कुनै फोका आयो र त्यो निको भयो,

    19र त्यस फोकाको ठाउँमा सुनिएर त्यो सेतो भयो वा त्यहाँ रातो-सेतो उज्‍ज्‍वल दाग आयो भने, त्यो पुजारीलाई देखाइनुपर्छ ।

    20त्यो छालामा गहिरो छ वा छैन र त्यसको रौँ सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि त्यस्तो भएको छ भने पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् । फोका भएको ठाउँमा नै त्यो आएको हो भने त्यो एउटा सरुवा रोग हो ।

    21तर पुजारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ छैन भने, र त्यो छालामा गहिरो छैन तर बिलाउँदै गएको छ भने, पुजारीले त्यस मानिसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    22यदि त्यो छालामा पर-पर फैलियो भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।

    23तर यदि त्यो सेतो दाग आफ्‍नै ठाउँमा रह्‍यो र त्यो फैलिएन भने, त्यो त्यस फोकाको दाग मात्र हो, र पुजारीले त्यस मानिसलाई शुद्ध घोषणा गरोस् ।

    24यदि छालामा पोलेर घाउ भयो र त्यसको आलो मासुमा रातो-सेतो वा सेतो दाग भयो भने,

    25पुजारीले त्यस दागमा पलाएको रौँ सेतो भएको छ वा छैन, र त्यो छालामा गहिरो भएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो पोलेको घाउ फुटेको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।

    26तर पुजारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको, र त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने, पुजारीले त्यसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    27सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।

    28तर यदि त्यो दाग आफ्‍नै ठाउँमा रह्‍यो र छालामा त्यो फैलिएको छैन र बिलाउँदै गएको छ भने, त्यो पोलेको घाउ फुलेको मात्र हो, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस्, किनभने त्यो पोलेको घाउको दाग मात्र हो ।

  • लैव्य 13:30-37
    8 पदहरू
    92%

    30पुजारीले त्यो रोग छालामा गहिरो भएको छ वा छैन, र त्यसमा कुनै पहेँलो, मसिनो रौँ छ वा छैन भनेर त्यस रोगको जाँच गर्ने छ । यदि त्यहाँ छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो ।

    31पुजारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको, र त्यसमा कालो रौँ नपलाएको देख्‍यो भने, पुजारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।

    32सातौँ दिनमा पुजारीले त्यो रोग फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यहाँ पहेँलो रौँ छैन, र त्यो रोग छालाभन्‍दा गहिरो छैन भने,

    33त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    34सातौँ दिनमा पुजारीले त्यो रोग छालामा फैलिन रोकिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो छालाभन्दा गहिरो भएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् । त्यो मानिसले आफ्ना लुगाहरू धुने छ, अनि त्यो शुद्ध हुने छ ।

    35तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्‍म फैलियो भने,

    36पुजारीले फेरि त्यसको जाँच गर्नुपर्छ । यदि त्यो रोग छालामा फैलिएको छ भने, पुजारीले पहेँलो रौँ छ वा छैन भनेर हेर्नुपर्दैन । त्यो मानिस अशुद्ध हुन्छ ।

    37तर यदि त्यो चिलाउने रोग फैलिन रोकिएको र त्यस ठाउँमा कालो रौँ पलाएको पुजारीले देख्‍यो भने, त्यो रोग निको भएको हो । त्यो मानिस शुद्ध हुन्छ, र पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् ।

  • लैव्य 14:2-3
    2 पदहरू
    86%

    2“रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।

    3छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ ।

  • लैव्य 13:49-51
    3 पदहरू
    85%

    49यदि त्यो लुगा, छाला, बुनिएको वा सिलाइएको वस्‍तु, छालाद्वारा बनेको कुनै वस्‍तुमा हरियो वा रातो दाग छ भने त्यो फैलिने ढुसी हो, र त्यो पुजारीलाई देखाइनुपर्छ ।

    50पुजारीले त्यो ढुसी भएको वस्‍तुलाई जाँचोस्, र ढुसी भएको जुनसुकै वस्‍तुलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    51पुजारीले सातौँ दिनमा त्यो ढुसीलाई फेरि जाँचोस् । यदि त्यो त्यस लुगामा, वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको कुनै वस्‍तुमा, वा छाला वा छाला प्रयोग गरिएको कुनै वस्तुमा फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो, र त्यो वस्तु अशुद्ध हो ।

  • लैव्य 13:43-44
    2 पदहरू
    85%

    43त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्ने छ ।

    44यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् ।

  • लैव्य 13:53-56
    4 पदहरू
    83%

    53पुजारीले त्यो वस्‍तुलाई जाँच्‍दा त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको वस्‍तु, वा छालाका वस्‍तुहरूमा ढुसी फैलिएको छैन भने,

    54त्यो ढुसी फेला परेको वस्‍तुलाई पुजारीले धुनू भनी आज्ञा गर्ने छ, र उसले त्यो अझै सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।

    55ढुसी लागेको वस्‍तुलाई धोइसकेपछि पुजारीले त्यसको जाँच गर्ने छ । त्यो ढुसी नफैलिएको भए तापनि त्यसले आफ्‍नो रङ्ग परिवर्तन गरेन भने, त्यो अशुद्ध हुने छ । ढुसी वस्‍तुको जुन ठाउँमा लागेको भए तापनि तैँले त्यसलाई जलाउनू ।

    56पुजारीले त्यो वस्‍तुको जाँच गर्दा त्यसलाई धोइएपछि यदि ढुसी फिका भयो भने, तैँले ढुसी लागेको भागलाई लुगा वा छाला, वा बुनिएको वा सिलाइएको वस्‍तुबाट च्‍यात्‍नू ।

  • 39पुजारीले ती दागहरू फिक्‍का सेता छन् वा छैनन् भनेर त्यस मानिसको जाँच गरोस्, जुन छालामा निस्‍केका डाबर मात्र हुन् । त्यो मानिस शुद्ध छ ।

  • 44पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ ।

  • 39सातौँ दिनमा पुजारी फर्कने छ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ ।

  • 8शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् ।

  • 48घरलाई पोतिसकेपछि त्यहाँ ढुसी फैलिएको छ वा छैन भनेर पुजारी त्यस घरभित्र जाँच्‍नको निम्ति जाँदा यदि ढुसी बिलाइसकेको रहेछ भने, उसले त्यो घरलाई शुद्ध घोषणा गर्ने छ ।