लैव्यव्यवस्था 14:42

अनलक शाब्दिक बाइबल

तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 18:19 : 19 किनभने मैले त्‍यसलाई आफ्‍ना छोराछोरीहरू र घरानालाई धर्म र न्‍याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस्‌ भनेर छानेको छु, ताकि परमप्रभुले अब्राहामलाई भन्‍नुभएको कुरा पुरा गर्नुभएको होस् ।”
  • यहो 24:15 : 15 यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
  • २ इति 17:7-9 : 7 आफ्‍नो राजकालको तेस्रो वर्षमा तिनले आफ्‍ना अधिकारीहरू बेन-हेल, ओबदिया, जकरिया, नतनेल र मीकायालाई यहूदाका सहरहरूमा शिक्षा दिनलाई पठाए । 8 तिनीहरूसँग लेवीहरू शमायाह, नतन्‍याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, र तिनीहरूसँग पुजारी एलीशामा र यहोराम थिए । 9 तिनीहरूले आफूसित परमप्रभुका व्‍यवस्‍थाको पुस्‍तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
  • २ इति 19:5-7 : 5 यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे । 6 तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्‍ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ । 7 यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस्‌ । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्‍वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्‍छ ।”
  • २ इति 29:4-5 : 4 तिनले पुजारीहरू र लेवीहरूलाई ल्‍याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए । 5 तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ ।
  • भजन 101:6 : 6 मेरो छेउमा बस्‍नलाई म देशका विश्‍वासयोग्यहरू खोज्‍नेछु । इमानदारीताको बाटोमा हिंड्नेहरूले मेरो सेवा गर्न सक्छन् ।
  • प्रेरि 1:20-26 : 20 “किनभने भजनसंग्रहको पुस्तकमा लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस् र त्यहाँ कोही एक जना पनि नबसोस्’ र ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’ 21 यसकारण यो आवश्यक छ कि, यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना हामीसँगै उहाँको उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।” 23 तिनीहरूले बरब्बा भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियास दुई जनालाई अगि सारे । 24 तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानसिहरूको हृदय जान्‍नु हुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्‍नुभएको छ प्रकट गर्नुहोस् 25 यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।” 26 उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले; र चिट्ठा मतियासको नाममा पर्‍यो र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।
  • १ तिमो 5:9-9 : 9 साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्‍नी भएर बसेकी स्‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नु । 10 तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्‍वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
  • १ तिमो 5:21-22 : 21 परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर । 22 कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्‍नु पर्छ ।
  • २ तिमो 2:2 : 2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
  • तीत 1:5-9 : 5 अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्‍त गर भन्‍ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ । 6 एल्डर दोषरहित, एकै पत्‍नीका पति, दुष्‍ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्‍वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ । 7 परमेश्‍वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्‍त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्‍यक छ । 8 तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्‍त र आत्म-संयमी हुनुपर्छ । 9 तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 14:43-49
    7 पदहरू
    89%

    43ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो र त्यो फैलियो भने,

    44पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ ।

    45त्यो घर भत्‍काइयोस् । त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस् ।

    46साथै, त्यो घर बन्‍द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुने छ ।

    47त्यस घरमा सुतेका वा खाएका जोसुकैले आफ्ना लुगाहरू धोऊन् ।

    48घरलाई पोतिसकेपछि त्यहाँ ढुसी फैलिएको छ वा छैन भनेर पुजारी त्यस घरभित्र जाँच्‍नको निम्ति जाँदा यदि ढुसी बिलाइसकेको रहेछ भने, उसले त्यो घरलाई शुद्ध घोषणा गर्ने छ ।

    49त्यसपछि पुजारीले घरलाई शुद्ध गर्नको निम्ति दुईवटा चरा, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो र हिसप लिओस् ।

  • लैव्य 14:34-41
    8 पदहरू
    87%

    34“मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,

    35घरको मालिकले आएर पुजारीलाई त्यसबारे बताओस् । त्यसले भनोस् ‘मैले मेरो घरमा ढुसीजस्तै केही देखेको छु ।’

    36त्यसपछि पुजारीले त्यहाँ गएर ढुसी छ वा छैन भनेर हेर्नुभन्दा अगि तिनीहरूले त्यो घर खाली गर्नू भनेर उसले आज्ञा गर्ने छ, ता कि घरमा भएको कुनै पनि कुरा अशुद्ध नहोस् ।

    37घरका पर्खालहरूमा ढुसी आएको छ वा छैन र त्यसले पर्खालका सतहहरूमा हरियो वा रातो रेखाहरू बनाएको छ वा छैन भनेर उसले जाँच गर्ने छ ।

    38यदि घरमा ढुसी आएको छ भने, पुजारी घरबाट बाहिर जाने छ र घरको ढोका सात दिनसम्‍म बन्‍द गरिदिने छ ।

    39सातौँ दिनमा पुजारी फर्कने छ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ ।

    40यदि फैलिएको छ भने, पुजारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहरभन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्‍न आज्ञा गर्ने छ ।

    41घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्ने छ, र खुर्किएर निकालिएको फोहोर वस्‍तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्‍नुपर्छ ।

  • यहे 13:14-15
    2 पदहरू
    74%

    14किनकि तिमीहरूले चुना पोतेको त्‍यो पर्खाललाई भत्‍काउनेछु र त्‍यसलाई म भूइँसम्‍मै लडाउनेछु, र त्‍यसको जग देखाउनेछु । यसरी त्‍यो ढल्‍नेछ र तिमीहरू सबै पनि त्‍यसको माझमा नष्‍ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

    15किनकि म आफ्‍नो क्रोधमा त्यो पर्खाल र त्‍यसलाई चुनले पोत्‍नेहरूलाई नष्‍ट पार्नेछु । म तिमीहरूलाई भन्‍नेछु, “त्‍यो पर्खाल अब छैन न त त्‍यसलाई चुनले पोत्‍ने मानिसहरू नै छन्—

  • लैव्य 14:51-55
    5 पदहरू
    72%

    51उसले देवदारुको काठ, हिसप, सिन्दुरे रङ्गको धागो, र जीवित चरा लिएर ती सबैलाई मारिएको चराको रगत र ताजा पानीमा चोप्‍ने छ र घरमा सात पटक छर्कने छ ।

    52उसले त्यो घरलाई चराको रगत र ताजा पनि, जीवित चरा, देवदारुको काठ, हिसप र सिन्दुरे रङ्गको धागोले शुद्ध गर्ने छ ।

    53तर उसले जीवित चरालाई भने सहरबाट बाहिर खुला मैदानहरूमा जान दिने छ । यसरी उसले त्यो घरको निम्ति प्रायश्‍चित्त गरोस्, र त्यो शुद्ध हुने छ ।

    54सबै प्रकारका सरुवा रोगहरू र त्यस्ता रोग ल्याउने वस्‍तुहरू र चिलाउने रोग,

    55लुगा र घरभित्रको ढुसी,

  • यहे 13:10-12
    3 पदहरू
    72%

    10यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्‍ति,” जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'

    11ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्‍टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्‍ट गर्नलाई आँधीबेहरी म पठाउनेछु ।

    12हेर, त्‍यो पर्खाल ढल्‍नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”

  • २ राजा 22:5-6
    2 पदहरू
    72%

    5परमप्रभुको मन्दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मर्मत गर्ने कारिन्‍दाहरूलाई मन्‍दिरको मरम्‍मत गर्ने कामको निम्‍ति त्‍यो देऊन् ।

    6मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”

  • 14तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए ।

  • 2यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।

  • 12अनि डकर्मीहरू र ढुङ्गा काट्नेहरू, परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाइएका ढुङ्गाहरू किन्‍नलाई र मन्दिरको पुनर्निर्माणको लागि आवश्‍यक सबै खर्च गर्नलाई त्‍यो लिएर तिर्थे ।

  • 11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।

  • २ इति 34:10-11
    2 पदहरू
    71%

    10परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्‍याला तिरे ।

    11सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्‍नलाई तिनीहरूले पैसा दिए ।

  • 4तिमीहरूले यर्दन पार गरिसकेपछि एबाल डाँडामा यी ढुङ्गाहरू खडा गर्नू जसमा मैले आज तिमीहरूलाई दिने यी आज्ञाहरू कमेरोले पोत्‍नू ।

  • 11किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,

  • १ राजा 5:17-18
    2 पदहरू
    70%

    17राजाको आज्ञामा तिनीहरूले मन्दिरको जगको निम्ति उच्च गुणस्तरका ठुला-ठुला ढुङ्गाहरू फोरेर निकाले ।

    18त्यसैले सोलोमन र हीरामका कारीगरहरूसाथै गेबालका मानिसहरूले मन्दिर निर्माणको निम्ति काठ र ढुङ्गाहरू काटेर तयार पारे ।

  • 14जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पुजारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुने छ ।

  • 40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।

  • 11तिनीहरूले गरेका सबै कुराका निम्ति तिनीहरू लज्‍जित छन् भने यस मन्‍दिरको सारा संरचना, सबै विवरण, बाहिर जाने र भित्र आउने ढोकाहरू, र त्यसका सारा नमूना, र विधि र नियमहरू तिनीहरूलाई प्रकट गराउनू । अनि तिनीहरूका आँखा अगाडि यो लेख् ताकि तिनीहरूले त्यसको सारा संरचना र नियमहरूलाई सुरक्षित राखून्, यसरी ती पालना गरून् ।

  • 54त्यो ढुसी फेला परेको वस्‍तुलाई पुजारीले धुनू भनी आज्ञा गर्ने छ, र उसले त्यो अझै सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।

  • 4चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्‍याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।

  • 9“तेरा हातमा केही ठुला-ठुला ढुङ्गाहरू ले, र यहूदाका मानिसहरूको दृष्‍टिमा तहपेनसस्थित फारोको दरबारको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि तिनलाई गाड् ।”

  • 42येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ? ’

  • 13तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ ।

  • 14उहाँले भन्‍नुहुनेछ, 'बनओ, बनाओ! बाटो सफा बनाओ! मेरा मानिसहरूका बाटोबाट ठेस लाग्‍ने कुराहरू हटाओ'!”

  • 26त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।

  • 14घेरावन्दीको दिनको निम्ति पानी भर्, आफ्ना किल्लाहरू बलियो पार् । हिलोमा जा, र त्यसलाई कुल्ची । इट बनाउने भाँडो बोक् ।

  • 5तिनीहरूले देख्‍ने गरी पर्खालमा प्‍वाल पार्, र त्‍यसैबाट बाहिर निक्लेर जा ।

  • 4तब तीबाट अझै केही कपाल लिएर आगोको बिचमा फ्याँकिदे । अनि त्‍यो आगोमा जलाइदे । त्यहाँबाट इस्राएलका सबै घरानामा एउटा आगो फैलिनेछ ।”