लैव्यव्यवस्था 16:20
त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित्त गरेर सक्काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।
त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्चित्त गरेर सक्काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
21हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्याउन तयार भएको मानिसको जिम्मामा दिओस् ।
22त्यस बोकाले मानिसहरूका सबै दुष्टतालाई आफूमाथि बोकी एउटा एकान्त ठाउँमा जाओस् । उता उजाड-स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस् ।
23त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्यहीँ नै छोडोस् ।
24त्यसले कुनै पवित्र स्थानमा आफ्नो शरीर पानीले नुहाओस्, र आफ्ना साधारण लुगा लगाओस्, र त्यसपछि त्यो गएर आफ्ना मानिसहरूका निम्ति होमबलि अर्पण गरोस् अनि यसरी आफ्नो र मानिसहरूका निम्ति प्रायश्चित्त गरोस् ।
25त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।
26छोडिने बोकालाई जान दिने मानिसले आफ्ना लुगाहरू र आफ्नो शरीर पानीले धोओस्, र त्यसपछि त्यो छाउनीभित्र फर्कन सक्छ ।
27पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।
7त्यसपछि त्यसले दुईवटा बोका लिएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको अगि तयार गरोस् ।
8अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस्, एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई, र अर्कोचाहिँ छोडिने बोकाको निम्ति ।
9चिट्ठामा परमप्रभुको भागमा परेको बोकालाई हारूनले पापबलिको निम्ति अर्पण गरोस् ।
10तर छोडिनको निम्ति चिट्ठा परेको बोकालाईचाहिँ उजाड-स्थानमा छोडेर प्रायश्चित्त गर्नको निम्ति परमप्रभुको अगि जीवितै ल्याइयोस् ।
11त्यसपछि हारूनले आफ्नै निम्ति साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् । त्यसले आफ्नो र आफ्नो परिवारको निम्ति प्रायश्चित्त गरोस्, र यसैकारण आफ्नै निम्ति पापबलिको रूपमा त्यसले साँढेलाई मारोस् ।
14अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।
15त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्यसको रगत पर्दाभित्र ल्याओस् । त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्यस्तै गरोस्, अर्थात् त्यसले त्यो रगत प्रायश्चित्त-आसनमाथि र त्यसपछि प्रायश्चित्त-आसनको सामु छर्कोस् ।
16इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्चित्त गरोस् । त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ ।
17हारून महा-पवित्र स्थानमा प्रायश्चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।
18परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस् र त्यसको निम्ति प्रायश्चित्त गरोस्, र साँढे र बोकाको केही रगत लिएर त्यसले वेदीका सिङहरूका चारैतिर लगाओस् ।
19त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
5त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।
30र आफ्नो निम्ति प्रायश्चित्तको निम्ति एउटा बोका चढाउनू ।
22र आफ्नो प्रायश्चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
33त्यसले महा-पवित्र स्थान, भेट हुने पाल, वेदी, पुजारीहरू र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्चित्त गरोस् ।
34इस्राएलका मानिसहरूका सबै पापका कारण यो सधैँका लागि तिमीहरूले तिनीहरूका निम्ति वर्षमा एक पटक प्रायश्चित्त गर्ने विधि होस् ।” परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो ।
23त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्खोट बोको ल्याओस् ।
24त्यसले त्यस बोकोको टाउकोमाथि आफ्नो हात राखोस् र परमप्रभुको अगि होमबलिलाई मार्ने स्थानमा त्यसलाई मारोस् । यो पापबलि हो ।
19अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।
20त्यसपछि पुजारीले होमबलि र अन्नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ ।
20त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।
5तिमीहरूले आफ्नो प्रायश्चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका बलि चढाउनुपर्छ ।
12यदि कुनै मानिसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुकहाँ चढाओस् ।
13त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
4त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्चित्तको रूपमा ग्रहण हुने छ ।
6त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्चित्त गर्ने छ ।
40तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
7पुजारीले परमप्रभुको अगि त्यसको निम्ति प्रायश्चित्त गर्ने छ, र त्यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्यसलाई क्षमा हुने छ ।”
30किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्चित्त गरिने छ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ ।
23तिनीहरूले पापबलिको निम्ति बोकाहरू राजा र समुदायको अघि ल्याए । तिनीहरूले तीमाथि आआफ्ना हात राखे ।
22त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्चित्त गर्ने छ । अनि त्यसले गरेको पाप क्षमा हुने छ ।
15उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे ।
3यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।
46तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
52तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
16अभिषिक्त पुजारीले साँढेको केही रगत भेट हुने पालमा ल्याओस्,
34तिमीहरूले नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ ।
11तिमीहरूले एउटा बोकालाई पापबलिको रूपमा बलि चढाउनुपर्छ । यो नियमित होमबलि, यसको अन्नबलि र तिनीहरूका अर्घबलिको अतिरिक्त हुने छ ।
25सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्यो निष्खोट साँढे र बगालको त्यो निष्खोट भेडो तयार गरून् ।
22तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
70तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
28तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।
16तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।