लैव्यव्यवस्था 21:6

अनलक शाब्दिक बाइबल

तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र रहून्, र तिनीहरूका परमेश्‍वरका नाउँको अपमान नगरून्, किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्‍वरको भोजन अर्पण गर्दछन् । यसैकारण पुजारीहरू पवित्र रहून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 18:21 : 21 आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू । म परमप्रभु हुँ ।
  • लैव्य 3:11 : 11 त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।
  • लैव्य 10:3 : 3 अनि मोशाले हारूनलाई भने, “परमप्रभुले भन्‍नुभएको कुरा यही हो, ‘मेरो नजिक आउनेहरू सबैलाई म मेरो पवित्रता प्रकट गर्ने छु । म सबै मानिसहरूका सामु महिमित हुने छु ।’” हारूनले केही बोलेनन् ।
  • निर्ग 28:36 : 36 तैँले निखुर सुनको एउटा पाता बनाउनू, र यसमा छापमा खोपेजस्तै गरी “परमप्रभुको निम्ति पवित्र” भनी खोप्‍नू ।
  • निर्ग 29:44 : 44 म भेट हुने पाल र मेरो लागि मात्र प्रयोग हुने वेदीलाई पवित्र पार्नेछु । पुजारी भएर मेरो सेवा गर्नका निम्ति हारून र त्यसका छोराहरूलाई पनि म पवित्र पार्नेछु ।
  • लैव्य 19:12 : 12 मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्‍वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।
  • लैव्य 21:8 : 8 तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु ।
  • एज्रा 8:28 : 28 तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्‍वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
  • यशा 52:11 : 11 छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्‍छौ ।
  • यहे 44:7 : 7 तिमीहरूले मलाई भोजन, बोसो र रगत चढाउँदा, खतना नभएका हृदय र खतना नभएका शरीरका परदेशीहरूलाई तिमीहरूले मेरो पवित्र-स्थानमा ल्याएर मेरो मन्‍दिरलाई अशुद्ध बनयौ । तिमीहरूका घिनलाग्दा कामहरूले तिमीहरूले मेरो करार भङ्ग गरेका छौ ।
  • मल 1:6-7 : 6 “छोरोले आफ्नो बुबाको आदर गर्दछ, र दासले आफ्नो मालिकको । यदि, यसैकारण, म पिता हुँ भने, मेरो आदर कहाँ छ? म मालिक हुँ भने, मेरो निम्ति श्रद्धा कहाँ छ?” सेनाहरूका परमप्रभु तिमी पुजारीहरूलाई भन्‍नुहुन्छ, जसले मेरो नाउँको तिरस्कार गर्दछौ । “तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ?’ 7 तिमीहरूले मेरो वेदीमा अशुद्ध रोटी अर्पण गर्छौ । तर तिमीहरू परमप्रभुको टेबिल तुच्छ छ भनेर यसो भन्दछौ, ‘हामीहरूले कसरी तपाईंलाई अशुद्ध बनाएका छौँ?’
  • मल 1:11-12 : 11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 12 “तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ ।
  • १ पत्रु 2:9 : 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 21:7-8
    2 पदहरू
    85%

    7तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून् ।

    8तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु ।

  • लैव्य 22:15-17
    3 पदहरू
    84%

    15डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,

    16नत्रता तिनीहरूले पाप बोक्‍ने छन् र पवित्र भोजन खाएको कारण तिनीहरू दोषी हुने छन्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”

    17परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • लैव्य 21:4-5
    2 पदहरू
    82%

    4तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् ।

    5पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् ।

  • लैव्य 21:21-23
    3 पदहरू
    80%

    21पुजारी हारूनका उत्तराधिकारीहरूका बिचबाट शारीरिक खोट भएको कोही मानिस पनि परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई नजिक नआओस् । शारीरिक खोट भएको मानिस आफ्नो परमप्रभुको रोटी अर्पण गर्न नजिक नआओस् ।

    22परमेश्‍वरको अति पवित्र वा पवित्र भोजनबाट त्यसले खान मिल्छ ।

    23तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”

  • लैव्य 22:9-10
    2 पदहरू
    78%

    9पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् । तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।

    10पुजारीको परिवारमा कुनै बाहिरको मान्छे, पुजारीका पाहुनाहरू वा त्यसका ज्यालामा काम गर्ने नोकरहरू कसैले पनि पवित्र कुरा नखाऊन् ।

  • लैव्य 6:17-19
    3 पदहरू
    77%

    17त्यो खमिर राखेर पकाउनुहुँदैन । आगोद्वारा गरिने मेरा बलिहरूबाट तिनीहरूको भाग हुनलाई मैले त्यो दिएको छु । पापबलि र दोषबलिझैँ यो अति पवित्र छ ।

    18तेरा मानिसहरूको पुस्तामा सधैँ, हारूनको वंशबाटको कुनै पुरुषले आगोबाट परमप्रभुको निम्ति चढाइएको बलिबाट आफ्नो हिस्साको रूपमा त्यो खान सक्‍ने छ । जसले ती छुन्छ त्यो पवित्र हुने छ ।’”

    19यसैकारण परमप्रभु मोशासँग यसो भनेर फेरि बोल्‍नुभयो,

  • लैव्य 21:15-16
    2 पदहरू
    77%

    15ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”

    16परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 32तिमीहरूले मेरो पवित्र नाउँलाई अपवित्र नतुल्याउनू । इस्राएलका मानिसहरूले म पवित्र छु भन्‍ने कुरा स्वीकारून् । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ,

  • 2“हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।

  • गिन 6:6-8
    3 पदहरू
    77%

    6त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन ।

    7आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्‍न सक्‍नेजस्तै यो त्यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो ।

    8त्यो अलग रहेको पुरै समयभरि त्यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्छ ।

  • लैव्य 22:25-26
    2 पदहरू
    75%

    25परदेशीको हातबाट तिमीहरूका परमेश्‍वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”

    26परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 7त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । [१]

  • गिन 18:9-10
    2 पदहरू
    75%

    9मैले यी बलिहरू तँलाई र तेरा छोराहरूलाई अनवरत हिस्साको रूपमा दिएको छु । आगोमा जलाउनबाट बचेका यी थोकहरू तेरा हुने छन् । हरेक अन्‍नबलि, पापबलि र दोषबलिजस्ता तिनीहरूका हरेक बलिबाट तिनीहरू तँलाई र तेरा छोराहरूलाई अलग गरिएका हुन् ।

    10यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् ।

  • 29ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।

  • 12त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ ।

  • 26तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।

  • 2“ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।

  • निर्ग 29:33-34
    2 पदहरू
    74%

    33मेरो निम्ति अलग गर्नका निम्ति तिनीहरूलाई प्रायश्‍चित्त गर्न र नियुक्त गर्न तिनीहरूलाई दिइएका मासु, रोटी तिनीहरूले खाऊन् । त्यो खाना कसैले नखाओस् किनकि त्यो मेरो निम्ति अर्पण गरिएको र मलाई छुट्ट्याइएको खाना हो ।

    34अर्पण बलिको कुनै पनि खाना वा रोटी भोलिपल्ट बिहानसम्म रह्‍यो भने त्यसलाई जलाइदिनू । यो मेरो लागि अलग गरिएकोले यसलाई खानुहुँदैन ।

  • लैव्य 17:7-8
    2 पदहरू
    74%

    7अबदेखि तिनीहरूले बाख्राका मूर्तिहरूलाई आफ्ना बलिदानहरू अर्पण नगरून्, जसका निम्ति तिनीहरू वेश्याहरूझैँ व्यवहार गर्दछन् । तिनीहरूका मानिसहरूको समस्‍त पुस्‍तामा यो सधैँको निम्ति विधि हुने छ ।’

    8तैँले तिनीहरूलाई भन्‍नू, ‘इस्राएलको कुनै मानिस वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशी, जसले होमबलि वा कुनै बलिदान अर्पण गर्दछ,

  • 6पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो ।

  • 13तिनीहरू मेरा पुजारीहरूको काम गर्न वा मेरा पवित्र, अति पवित्र कुराहरू भएको ठाउँमा मेरो नजिक आउनेछैनन् । बरु, तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरूले निन्दा र दोष भोग्‍नेछन् ।

  • 16पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।

  • लैव्य 6:22-23
    2 पदहरू
    73%

    22प्रधान पुजारीका छोराहरूमध्ये हुनेवाला प्रधान पुजारीले त्यो अर्पण गरोस् । सधैँ आज्ञा गरिएझैँ ती सबै परमप्रभुको निम्ति जलाइयोस् ।

    23पुजारीका सबै अन्‍नबलि पूर्ण रूपमा जलाइयोस् । त्यो खानुहुँदैन ।”

  • 9यो भेटी हारून र त्यसका छोराहरूका निम्ति हुने छ, र तिनीहरूले त्यो कुनै पवित्र ठाउँमा खाऊन्, किनभने त्यो परमप्रभुका निम्ति होमबलिको भेटीको भाग हो ।”

  • 9यदि कसैले परमप्रभुको निम्ति कुनै पशु बलिदान गर्न चाहन्छ, र यदि उहाँले त्यो स्वीकार्नुभयो भने, त्यो पशु त्यसको निम्ति छुटाइने छ ।

  • 3अन्‍नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ ।

  • 10अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ ।

  • 31तिमीहरू मेरा लागि अलग गरिएका जाति हौ । त्यसैले खेतमा पशुद्वारा फहराएको मासु तिमीहरूले नखानू । बरु, त्यो कुकुरहरूलाई फालिदिनू ।

  • 37यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।

  • 20तिनीहरू आफ्नो कपाल खौरिन पनि हुँदैन, न त ती खुला छोड्‍न हुन्‍छ, तर तिनीहरूले आफ्ना शिरका कपाललाई छोटो गरी काटून् ।

  • 31जब तिमीहरूले तिनीहरूका अर्घबलिसँगै ती निष्खोट पशुहरू बलि चढाउँछौ, यो नियमित होमबलि र अन्‍नबलिको अतिरिक्‍त हुनुपर्छ ।

  • 29पुजारीहरूमध्ये जुनसुकै पुरुषले त्यसबाट खान सक्छ किनभने त्यो अति पवित्र हो ।

  • 23किनकि तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र अपवित्र बिचको भिन्‍नताबारे सिकाउनेछन् । तिनीहरूले उनीहरूलाई शुद्ध र अशुद्ध बारे चिनाउनेछन् ।