लैव्यव्यवस्था 23:10

अनलक शाब्दिक बाइबल

“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘मैले तिमीहरूलाई दिन लागेको देशमा तिमीहरू पुगेर त्यहाँ फसलको कटनी गरेपछि तिमीहरूले बालीको पहिलो फलको एक बिटा पुजारीकहाँ ल्याउनू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 23:19 : 19 तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।
  • निर्ग 34:26 : 26 तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।”
  • गिन 28:26 : 26 अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्‍नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।
  • व्यव 16:9 : 9 तिमीहरूले आफ्ना लागि सात दिन गन्‍नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्‍नू ।
  • लैव्य 2:12-16 : 12 तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् । 13 तिमीहरूले आफ्ना सबै अन्‍नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्‍नबलिमा आफ्ना परमेश्‍वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू । 14 परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू । 15 त्यसपछि त्यसमा तेल र धूप राख्‍नू । यो अन्‍नबलि हो । 16 त्यसपछि पुजारीले पिसिएको अन्‍न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो ।
  • निर्ग 23:16 : 16 तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।
  • निर्ग 22:29 : 29 तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर । तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ ।
  • निर्ग 34:22 : 22 गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्‍नू, र वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मान्‍नू ।
  • लैव्य 14:34 : 34 “मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,
  • लैव्य 23:17 : 17 तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू । त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् । ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन् ।
  • गिन 15:2 : 2 “इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्‍न जानेछौ, कि होमबलि कि भाकल पुरा गर्ने स्वैच्छा बलि कि
  • गिन 15:18-21 : 18 “इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ, 19 जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ । 20 आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ । 21 तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ ।
  • यहो 3:15 : 15 ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)
  • नीति 3:9-9 : 9 तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् । 10 तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
  • यहे 44:30 : 30 सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पुजारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्‍ट अन्‍नबलि पुजारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस् ।
  • रोमी 11:16 : 16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
  • १ कोरि 15:20-23 : 20 तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ । 21 किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो । 22 किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् । 23 तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्‍ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।
  • याक 1:18 : 18 उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।
  • प्रका 14:4 : 4 यिनीहरू जसले आफैलाई स्‍त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्‍वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 23:11-12
    2 पदहरू
    83%

    11त्यसले त्यो बालीको बिटालाई परमप्रभुको अगि डोलाउने छ र तिमीहरूका निम्ति त्यो स्वीकारियोस् भनेर त्यसले त्यो उहाँलाई अर्पण गर्ने छ । शबाथपछिको दिनमा पुजारीले त्यो डोलाएर मलाई अर्पण गर्ने छ ।

    12बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू ।

  • 16तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्‍नू । खेतहरूबाट तिमीहरूले अन्‍न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्‍न भित्र्याउने चाड मनाओ ।

  • 9परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,

  • 10अब हेर्नुहोस्, परमप्रभुले मलाई दिनुभएको यस देशको उब्जनीको पहिलो फल मैले तपाईंकहाँ ल्याएको छु ।' तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु त्यस डालोलाई राखेर उहाँको आराधना गर्नू ।

  • नहे 10:35-37
    3 पदहरू
    79%

    35हामीले हाम्रो माटोमा उम्रेका प्रथम फलहरू र वर्षैपिच्छे हरेक रुखका प्रथम फलहरू परमप्रभुको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ ।

    36व्यवस्थामा लेखिएबमोजिम हामीले हाम्रा छोराहरू र हाम्रा गाईवस्तुसाथै भेडा-बाख्राहरूका पहिले बियाएकाहरू परमेश्‍वरको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ ।

    37हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।

  • 4तिमीहरूको अन्‍न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पुजारीलाई दिनू ।

  • लैव्य 23:14-17
    4 पदहरू
    79%

    14यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् ।

    15शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।

    16सातौँ शबाथको पचास दिन तिमीहरूले गन्‍नू । त्यसपछि तिमीहरूले परमप्रभुलाई नयाँ अन्‍नको बलि चढाउनू ।

    17तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू । त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् । ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन् ।

  • गिन 15:18-21
    4 पदहरू
    78%

    18“इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ,

    19जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ ।

    20आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ ।

    21तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ ।

  • व्यव 26:1-2
    2 पदहरू
    78%

    1¶ जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशमा आई यसको अधिकार गरेर वसोवास गर्छौ,

    2तब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा भूमिको सबै उब्जनीको पहिलो फल लिनू । त्यसलाई एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा त्यसलाई लिएर जानू ।

  • 22गहुँको फसलको पहिलो उब्जनीसँगै साताहरूको चाड मान्‍नू, र वर्षको अन्त्यमा अन्‍न भित्र्याउने चाड मान्‍नू ।

  • 2“इस्राएलका मानिसहरूलाई भन्, ‘मैले तिमीहरूलाई दिने देशमा पुगेपछि परमप्रभुको निम्ति भूमिले पनि शबाथ मानोस् ।

  • 13तिनीहरूले मकहाँ ल्याउने तिनीहरूका भूमिको पहिलो पाकेको फल तेरो हुने छ । तेरा परिवारका शुद्ध हुने सबैले यी थोकहरूबाट खान सक्छन् ।

  • 20पहिलो फलको रोटीसँगै परमप्रभुको निम्ति पुजारीले ती डोलाओस्, र दुईवटा थुमासँगै ती बलिदानस्वरूप अर्पण गरोस् । ती पुजारीको निम्ति परमप्रभुलाई अर्पण गरिएको पवित्र बलिदान हुने छन् ।

  • 26अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्‍नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन ।

  • 30सबै कुराका पहिलो फलबाट असल फल र तिमीहरूका सबै उपहारहरू पुजारीहरूकै हुनेछन्, र तिमीहरूले तिमीहरूका भोजनबाट उत्कृष्‍ट अन्‍नबलि पुजारीहरूलाई दिनू ताकि तिमीहरूको घरमा आशिष् आओस् ।

  • 5हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्‍नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए । तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो ।

  • निर्ग 22:29-30
    2 पदहरू
    75%

    29तिमीहरूको कटनी वा दाखबारीबाट भेटी चढाउन विलम्ब नगर । तिमीहरूका छोराहरूका जेठोचाहिँ मलाई दिनुपर्छ ।

    30त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्‍न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।

  • 2“इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू परमप्रभुले तिमीहरूलाई दिनुहुने भूमिमा बस्‍न जानेछौ, कि होमबलि कि भाकल पुरा गर्ने स्वैच्छा बलि कि

  • व्यव 16:9-10
    2 पदहरू
    75%

    9तिमीहरूले आफ्ना लागि सात दिन गन्‍नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्‍नू ।

    10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि साताहरूको चाड मान्‍नू ।

  • 30यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् ।

  • 9तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू, न त आफ्ना फसल सबै बटुल्‍नू ।

  • 11परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्‍याई त्यो देश तिमीहरूलाई दिनुहुँदा

  • 19तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्‍वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।

  • 10छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।

  • 14परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू ।

  • लैव्य 23:22-23
    2 पदहरू
    73%

    22तिमीहरूले आफ्नो भूमिको फसल कटनी गर्दा आफ्ना भूमिको कुना-कुनामा कटनी नगर्नू, र आफ्नो फसलको शिला-बाला नबटुल्‍नू । ती तिमीहरूले गरिब र परदेशीका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

    23परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 39छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।

  • 9तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।

  • 22वर्षैपिच्छे तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश छुट्ट्याउनू ।

  • 25पाँचौँ वर्षमा रुखहरूले अझै बढी उत्पादन गरून् भनेर पर्खिसकेपछि तिमीहरू फल खान सक्‍छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।

  • 26तिमीहरूले आ-आफ्ना खेतहरूबाट सबैभन्दा असल अगौटे फलहरू मेरो घरमा ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।”

  • गिन 18:26-28
    3 पदहरू
    72%

    26“तिमीहरूले इस्राएलका मानिसहरूबाट दशांश प्राप्‍त गर्दा जुन मैले तिमीहरूको उत्तराधिकार हुनको निम्ति दिएको छु, तिमीहरूले यसबाट दशांशको दशांश परमप्रभुलाई दिनेछौ' भनी तैँले लेवीहरूलाई भन्‍नुपर्छ' ।”

    27तिमीहरूका हिस्सालाई खलाबाट ल्याइएको अन्‍न वा कोलबाट ल्याइएको दाखमद्यको रूपमा लिनुपर्छ ।

    28यसैले तिमीहरूले पनि इस्राएलका मानिसहरूबाट प्राप्‍त गरेका दशांशहरूबाट परमप्रभुको निम्ति योग दिनुपर्छ । तिमीहरूले त्यसबाट पुजारी हारूनलाई त्यसको हिस्सा दिनुपर्छ ।

  • 6त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, भेटी, दशांश, तिमीहरूका हातका भेटी, भाकलका भेटी, स्वैच्छिक भेटी र तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई ल्याउने छौ ।

  • 2“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘तिमीहरूका बिचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू ।

  • 19तिमीहरूका गाईवस्तु र भेडा-बाख्राका सबै पहिले जन्मेकाहरूलाई परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गर्नू । गाईवस्तुबाट पहिले जन्मेकाहरूलाई कुनै काम नगराउनू न त भेडा-बाख्राबाट पहिले जन्मेकाहरूबाट ऊन कत्रनू ।