लैव्यव्यवस्था 24:12

अनलक शाब्दिक बाइबल

परमप्रभु आफैले तिनीहरूलाई आफ्नो इच्‍छा नबताउनुभएसम्म तिनीहरूले त्यसलाई बन्दी बनाएर राखे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 18:15-16 : 15 मोशाले आफ्ना ससुरालाई भने, “परमेश्‍वरको निर्देशन खोज्न मानिसहरू मकहाँ आउँछन् । 16 तिनीहरूका बिचमा विवाद हुँदा तिनीहरू मकहाँ आउँछन् । म एक-अर्काको बिचमा न्याय गरिदिन्छु अनि तिनीहरूलाई परमेश्‍वरका नियम र विधिहरू सिकाइदिन्छु ।”
  • गिन 15:34 : 34 तिनीहरूले त्यसलाई थुनामा राखे, किनभने त्यसलाई के गर्नुपर्छ भनी निधो गरिएको थिएन ।
  • गिन 27:5 : 5 त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।
  • गिन 36:5-6 : 5 त्यसैले मोशाले परमप्रभुको वचनमा इस्राएलका मानिसहरूलाई आज्ञा दिए, “योसेफका सन्तानहरूका कुलले भनेको कुरा सही हो । 6 सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।'
  • निर्ग 18:23 : 23 तिमीले यसो गर्‍यौ र परमेश्‍वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्‍नेछौ र पुरै समुदाय सन्तुष्‍ट भएर आ-आफ्ना घर जान सक्‍नेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 24:13-16
    4 पदहरू
    81%

    13त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो,

    14“परमेश्‍वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्‍मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।

    15इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्‍वरलाई सराप्‍नेले आफ्नो दोष आफै बोकोस् ।

    16परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्‍चय नै मारियोस् ।

  • गिन 15:34-35
    2 पदहरू
    79%

    34तिनीहरूले त्यसलाई थुनामा राखे, किनभने त्यसलाई के गर्नुपर्छ भनी निधो गरिएको थिएन ।

    35परमप्रभु मोशासँग बोल्नुभयो, “त्यो मानिस निश्‍चय नै मर्नुपर्छ । सबै समुदायले त्यसलाई छाउनी बाहिर लगेर ढुङ्गाले हान्‍नुपर्छ ।”

  • लैव्य 24:10-11
    2 पदहरू
    75%

    10एउटी इस्राएली स्‍त्रीको छोरा जसको बुबा एक मिश्री थियो, त्यो इस्राएलका मनिसहरूका बिचमा गयो । छाउनीमा त्यस इस्राएली स्‍त्रीको छोरा एउटा इस्राएली पुरुषसँग झगडा गर्‍यो ।

    11इस्राएली स्‍त्रीको छोराले परमप्रभुको नाउँको निन्दा गर्‍यो र परमेश्‍वरलाई सराप्‍यो । यसैकारण मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए । त्यसकी आमाको नाम शलोमीत थियो जो दानका कुलको दिब्रीकी छोरी थिई ।

  • 23यसैकारण मोशाले इस्राएलका मानिसहरूलाई यी कुरा बताए, र ती मानिसहरूले परमप्रभुलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाले । तिनीहरूले त्यसलाई ढुङ्गाले हाने । इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाको पालन गरे ।

  • उत्प 40:3-4
    2 पदहरू
    71%

    3उनले तिनीहरूलाई अङ्गरक्षकहरूका कप्‍तानको घरमा कैदमा राखे, जहाँ योसेफलाई पनि राखिएको थियो ।

    4अङ्गरक्षकहरूका कप्‍तानले योसेफलाई तिनीहरूको सेवा गर्ने जिम्मा दिए । तिनीहरू त्यस झ्यालखानामा केही समयसम्म रहे ।

  • 19तिनले जे भनेका थिए सो हुन नआएसम्म । परमप्रभुको वचनले तिनको जाँच गर्‍यो ।

  • 17तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे ।

  • 20तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।

  • 4इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्‍चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो ।

  • 10अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्‍ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्‍यो ।

  • 16त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 37फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 3फारोले इस्राएलीहरूको बारेमा भन्‍नेछन्, “तिनीहरू देशमा भौतारिहरहेका छन् । उजाड-स्थानले तिनीहरूलाई थुनिदिएको छ ।'

  • 21परमप्रभु फेरि मोशासँग बोल्नुभयो,

  • 24ती आत्मामा गल्ती गर्नेहरूले समझ प्राप्‍त गर्नेछन् र गनगन गर्नेहरूले ज्ञान सिक्‍नेछन् ।”

  • 15तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्‍झना पृथ्वीबाट मेटाइदेऊन् ।

  • गिन 12:14-15
    2 पदहरू
    67%

    14परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”

    15यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।

  • 34परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ हारूनले यसलाई करारको सन्दुकको छेउमा राखे ।

  • 22झ्यालखानाका हाकिमले झ्यालखानाका सबै कैदीहरू योसेफको जिम्मामा दिए । तिनीहरूले गर्ने काममाथि योसेफकै निगरानी हुन्थ्यो ।

  • गिन 5:4-5
    2 पदहरू
    67%

    4इस्राएलका मानिसहरूले यसै गरे । परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले तिनीहरूलाई छाउनी बाहिर पठाए । फेरि

    5परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 17फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 9अङ्‌कुसेले समातेर तिनीहरूले त्‍यसलाई एउटा खोरमा हाले, र तिनीहरूले त्‍यसलाई बेबिलोनको राजाकहाँ लगे । तिनीहरूले त्‍यसलाई किल्लाहरूमा ल्याए ताकि इस्राएलका डाँडाहरूमा त्‍यसको आवाज फेरि कहिल्‍यै सुनिनेछैन ।

  • 15त्यसपछि मोशाले परमप्रभुलाई भने,

  • 19त्यसका बुबाआमाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याऊन् ।

  • 4तिनले तिनीहरूलाई मोआबको राजासँग छोडे । दाऊद किल्लामा रहँदा तिनका बुबा र आमा पुरा समय तिनीसँगै बसे ।

  • 15अधिकारीहरू यर्मियासित रिसाए । तिनीहरूले तिनलाई कुटे र थुनामा हाले जुन सचिव जोनाथनको घर थियो, किनकि तिनीहरूले यसलाई झ्यालखानामा परिणत गरेका थिए ।

  • 23तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्‍न झ्यालखानाका हाकिमलाई आदेश दिए ।

  • 15यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,

  • 22तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्‍मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।

  • 4परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूका अगुवा सबैलाई मार् तिनीहरूलाई चर्को घाममा मेरो सामु झुन्डा, ताकि मेरो भयङ्कर क्रोध इस्राएलबाट हटेर जाओस् ।

  • 8मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूबारे के भन्‍नुहुन्छ, म सुन्छु ।”

  • 8यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्दूक बनाए र त्‍यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे ।

  • 26परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 15जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे ।

  • 21तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”

  • 12तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।

  • 5त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।

  • 40परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा मोशाले इस्राएलका मानिसहरूलाई भने ।

  • 10तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,

  • 12“तिनलाई लेजाऊ र तिनको राम्रो हेरचाह गर । तिनलाई कुनै हानि नगर । त्यसले तिमीलाई भनेका हर कुरा गर्नू ।”

  • 24अब बाटोमा बास बस्‍ने ठाउँमा तिनीहरू रोकिँदा परमप्रभुले मोशालाई भेटी तिनलाई मार्न खोज्नुभयो ।

  • 20योसेफका मालिकले उनलाई झ्यालखानामा राखे जहाँ राजाका कैदीहरू राखिन्थे । उनी त्यही झ्यालखानामा थिए ।