लैव्यव्यवस्था 4:2

अनलक शाब्दिक बाइबल

“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘यदि परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कार्यहरू गरेर कसैले अजानमा पाप गर्छ, र यदि त्यसले निषेध गरिएको कुनै काम गर्छ भने, तल भनिएझैँ गर्नू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 4:27 : 27 यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,
  • भजन 19:12 : 12 कसले आफ्ना सबै गल्तीहरू बुझ्‍न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् ।
  • गिन 15:22-29 : 22 मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ । 23 मैले तिमीहरूलाई आज्ञाहरू दिन सुरु गरेको दिनदेखि नै र तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म मोशाद्वारा मैले आज्ञा गरेका सबै आज्ञाहरू पालन गर्नू । 24 समुदायले थाहा नपाई अजानमा गरेको पापको सवालमा परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति समुदायले एउटा साँढे होमबलिको रूपमा चढाउनुपर्छ । यहीसँगै आज्ञा गरेजस्तै अन्‍नबलि र अर्घबलिसाथै पापबलिको रूपमा बाख्रालाई पनि चढाउनुपर्छ । 25 पुजारीले सारा समुदायको निम्ति प्रायश्‍चित्त गर्नुपर्छ । तिनीहरूलाई क्षमा दिइनेछ, किनभने पाप गल्ति थियो । तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् । तिनीहरूले आफ्नो गल्तिको निम्ति पापबलि ल्याएका छन् । 26 अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ र तिनीहरूसँग बस्‍ने परदेशीलाई पनि क्षमा दिइनेछ, किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे । 27 यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ । 28 अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ । प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ । 29 अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ ।
  • इब्रा 9:7 : 7 तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् ।
  • याक 3:10 : 10 एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
  • व्यव 19:4 : 4 जसले आफ्नो छिमेकीलाई पहिले घृणा गर्दैनथ्यो र त्यसले अजानमा उसलाई मार्‍यो भने मारेर त्यहाँ बस्‍न जाने व्यक्तिको विषयमा भएको व्यवस्था यही हो ।
  • १ शमू 14:27 : 27 तर जोनाथनले आफ्‍ना बुबाले मानिसहरूलाई शपथ खान लगाएको कुरा सुनेका थिएनन् । तिनले आफ्नो हातमा भएको लट्ठी पसारे र यसले महको चाकामा घोचे । तिनले आफ्नो हात आफ्‍नो मुखमा लगे र तिनका आँखामा तेज आयो ।
  • १ तिमो 1:13 : 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ ।
  • इब्रा 5:2 : 2 तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
  • लैव्य 5:15-18 : 15 “यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्‍वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ । 16 जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ । 17 परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ । 18 त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा पुजारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
  • उत्प 20:9 : 9 त्यसपछि अबीमेलेकले अब्राहामलाई बोलाएर भने, “तिमीले यो हामीलाई के गर्‍यौ? मैले तिम्रो विरुद्धमा के पाप गरेको थिएँ जसको कारण तिमीले ममाथि र मेरो राज्यमाथि यति ठुलो पाप ल्यायौ? तिमीले मसित गर्न नहुने काम गर्‍यौ ।”
  • लैव्य 4:13 : 13 यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,
  • लैव्य 4:22 : 22 शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, र त्यो दोषी ठहरियो भने,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 4:13-14
    2 पदहरू
    89%

    13यदि इस्राएलको जम्मै समुदायले पाप गर्न नचाहँदा-नचाहँदै पाप गर्दछ भने, र तिनीहरूले पाप गरेका छन् र परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएका कुनै कार्यहरू तिनीहरूले गरेका छन् भन्‍ने विषयमा त्यो समुदाय अजान छ, र तिनीहरू दोषी छन् भने,

    14तिनीहरूले गरेका पाप प्रकट भएपछि त्यस समुदायले पापबलिको निम्ति एउटा साँढे चढाओस् र त्यसलाई भेट हुने पालको अगाडि ल्याओस् ।

  • लैव्य 4:26-28
    3 पदहरू
    89%

    26मेलबलिको बोसोझैँ त्यसले जम्मै बोसो वेदीमा जलाओस् । त्यस शासकको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस शासकलाई क्षमा हुने छ ।

    27यदि आम मानिसमध्ये कसैले परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ,

    28र त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा त्यसले आफ्नो दोष स्वीकार्छ भने, त्यसले आफूले गरेको पापको निम्ति एउटा निष्‍खोट बाख्री बलिको लागि ल्याओस् ।

  • 1¶ परमप्रभु मोशासँग यसो भनेर बोल्नुभयो,

  • लैव्य 4:20-23
    4 पदहरू
    85%

    20त्यसले त्यस साँढेलाई गर्नुपर्ने यस्तै नै हो । पापबलिको साँढेलाई त्यसले जे गरेको थियो, यस साँढेलाई पनि त्यस्तै गरोस्, र पुजारीले मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्ने छ, र तिनीहरूलाई क्षमा हुने छ ।

    21त्यसले साँढेलाई छाउनीको बाहिर लगोस् र पहिलो साँढेलाई झैँ त्यसले त्यो जलाओस् । यो नै समुदायको निम्ति पापबलि हो ।

    22शासन गर्ने कोहीले उसका परमप्रभु परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरूमध्ये कुनै गरी अजानमा पाप गर्दछ, र त्यो दोषी ठहरियो भने,

    23त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा, त्यसले बलिको निम्ति निष्‍खोट बोको ल्याओस् ।

  • लैव्य 5:13-19
    7 पदहरू
    85%

    13त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । अन्‍नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने छ’ ।”

    14अनि परमप्रभु मोशासँग यसो भनेर बोल्‍नुभयो,

    15“यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्‍वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ ।

    16जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।

    17परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ ।

    18त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा पुजारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।

    19यो दोषबलि हो, र त्यो निश्‍चय नै परमप्रभुको अगि दोषी छ ।”

  • गिन 15:24-30
    7 पदहरू
    83%

    24समुदायले थाहा नपाई अजानमा गरेको पापको सवालमा परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति समुदायले एउटा साँढे होमबलिको रूपमा चढाउनुपर्छ । यहीसँगै आज्ञा गरेजस्तै अन्‍नबलि र अर्घबलिसाथै पापबलिको रूपमा बाख्रालाई पनि चढाउनुपर्छ ।

    25पुजारीले सारा समुदायको निम्ति प्रायश्‍चित्त गर्नुपर्छ । तिनीहरूलाई क्षमा दिइनेछ, किनभने पाप गल्ति थियो । तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् । तिनीहरूले आफ्नो गल्तिको निम्ति पापबलि ल्याएका छन् ।

    26अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ र तिनीहरूसँग बस्‍ने परदेशीलाई पनि क्षमा दिइनेछ, किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे ।

    27यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ ।

    28अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ । प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ ।

    29अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ ।

    30तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर-निन्दा गर्छ । त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ ।

  • 6“इस्राएलका मानिसहरूलाई भन् । जब पुरुष वा महिलाले मानिसहरूले आपसमा गर्ने यस्ता कुनै पाप गर्छन् र मप्रति बेइमान हुन्छ, त्यो व्यक्‍ति दोषी हुन्छ ।

  • 3यदि मानिसहरूमा दोष ल्याउने गरी मुख्‍य पुजारीले पाप गर्दछ भने, आफूले गरेको पापको निम्ति त्यसले परमप्रभुको अगि पापबलिको रूपमा एउटा निष्‍खोट साँढे ल्याओस् ।

  • लैव्य 6:1-3
    3 पदहरू
    77%

    1¶ परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,

    2“यदि कसैले विश्‍वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्‍न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्‍वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने,

    3वा आफ्नो छिमेकीको कुनै हराएको कुरा त्यसले पाएर त्यसबारे झुटो बोल्छ, वा झुटो किरिया हाल्छ, वा मानिसहरूले पाप गर्ने यी कार्यहरूजस्तो कुनै गर्दछ भने,

  • 22मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ ।

  • लैव्य 5:1-6
    6 पदहरू
    75%

    1¶ यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ ।

    2वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ ।

    3वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ ।

    4वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।

    5यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ ।

    6त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ ।

  • लैव्य 6:7-8
    2 पदहरू
    74%

    7पुजारीले परमप्रभुको अगि त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसले जेसुकै गरेर दोषी भएको भए तापनि त्यसलाई क्षमा हुने छ ।”

    8अनि परमप्रभु यसो भनेर मोशासँग बोल्‍नुभयो,

  • 17परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • लैव्य 22:14-15
    2 पदहरू
    73%

    14यदि कुनै मानिसले थाहा नपाई पवित्र भोजनबाट खायो भने, त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई फिर्ता गरोस् ।

    15डोलाएर परमप्रभुलाई अर्पण गरिएका पवित्र कुराहरूलाई इस्राएलका मानिसहरूले अपवित्र नगरून्,

  • गिन 5:11-12
    2 पदहरू
    73%

    11फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो,

    12“इस्राएलका मानिसहरूलाई भन् । 'कुनै मानिसकी पत्‍नी बहकिन्छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे ।

  • 22त्यसपछि पुजारीले त्यस मानिसको लागि त्यसले गरेको पापको खातिर परमप्रभुको अगि दोषबलिको निम्ति त्यस भेडाद्वारा प्रायश्‍चित्त गर्ने छ । अनि त्यसले गरेको पाप क्षमा हुने छ ।

  • 1¶ परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 15इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्‍वरलाई सराप्‍नेले आफ्नो दोष आफै बोकोस् ।

  • लैव्य 17:2-3
    2 पदहरू
    72%

    2“हारून, त्यसका छोराहरू र इस्राएलका सारा मानिसहरूलाई परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू भन्ः

    3‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्‍चा वा बोका मार्दछ,

  • 2“इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, ‘तिमीहरूका बिचबाट कसैले परमप्रभुको निम्ति बलि ल्याउँदा गाई-गोरुको बथान वा भेडा-बाख्राका बगालबाट पशु ल्याउनू ।

  • 21परमप्रभु फेरि मोशासँग बोल्नुभयो,