लूका 1:19

अनलक शाब्दिक बाइबल

तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्‍छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 18:10 : 10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
  • लू 1:26 : 26 एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो ।
  • दानी 8:16 : 16 ऊलै नहरको किनाराहरूका बिचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनें । उहाँले भन्‍नुभयो, “ए गाब्रिएल, यो दर्शन बुझ्‍नलाई यस मानिसलाई मदत गर ।”
  • दानी 9:21-23 : 21 मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए । 22 उनले मलाई समझ दिए र मलाई भने, “ए दानिएल, तिमीलाई अन्तर्दृष्‍टि र समझ दिनलाई अहिले म आएको हुँ । 23 तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ ।
  • लू 2:10 : 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।
  • इब्रा 4:14 : 14 त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 18जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने?” किनकि म बुढो भइसकेँ र मेरी पत्‍नी पनि बुढी भइसकिन् ।”

  • लू 1:24-32
    9 पदहरू
    84%

    24ती दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन् ।

    25“परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो ।

    26एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो ।

    27परमेश्‍वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो ।

    28उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन! तिमीले परमेश्‍वरबाट धेरै निगाह पाएकी छ्यौ ।”

    29तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् ।

    30तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ ।

    31हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ ।

    32उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।

  • लू 1:11-15
    5 पदहरू
    82%

    11ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।

    12जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए ।

    13तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।

    14तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् ।

    15परमप्रभुको दृष्‍टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् ।

  • लू 1:20-22
    3 पदहरू
    79%

    20हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्‍ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।”

    21अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए ।

    22तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् ।

  • लू 1:34-45
    12 पदहरू
    77%

    34तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन?”

    35अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ ।

    36अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् ।

    37परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”

    38मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्‍त्री हुँ । तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए ।

    39त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् ।

    40जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।

    41जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् ।

    42तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्‍त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।”

    43तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो?

    44तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो ।

    45अनी जसले विश्‍वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।”

  • लू 1:66-68
    3 पदहरू
    76%

    66त्यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।

    67उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,

    68“इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ ।

  • लू 2:9-10
    2 पदहरू
    73%

    9एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए ।

    10तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ ।

  • 76हो, बालक तिमी, सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् ।

  • 5यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्‍नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो ।

  • 3परमप्रभुका एउटा दूत ती स्‍त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ ।

  • मत्त 1:22-23
    2 पदहरू
    71%

    22अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए,

    23“हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”

  • 13मसँग कुरा गरेका स्वर्गदूतसँग परमप्रभुले असल शब्दहरू, सान्त्वनाका शब्दहरूमा बोल्नुभयो ।

  • 20जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो ।

  • लू 2:13-15
    3 पदहरू
    71%

    13एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे ।

    14“सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति ।”

    15जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ ।”

  • 8एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए ।

  • 48किनकि उहाँले आफ्नी दासी स्‍त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् ।

  • 2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”

  • 16ऊलै नहरको किनाराहरूका बिचबाट एक जना मानिसले यस्तो भन्दै गरेको आवाज मैले सुनें । उहाँले भन्‍नुभयो, “ए गाब्रिएल, यो दर्शन बुझ्‍नलाई यस मानिसलाई मदत गर ।”

  • 21मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए ।