लूका 1:51

अनलक शाब्दिक बाइबल

उहाँका बाहुलीले शक्‍तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 98:1 : 1 ¶ परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ, किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ । उहाँको दाहिने बहुली र उहाँको पवित्र हातले उहाँलाई विजय दिएको छ ।
  • यशा 52:10 : 10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्‍वरको उद्धार देख्‍नेछ ।
  • यशा 40:10 : 10 हेर, परमप्रभु परमेश्‍वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् ।
  • यशा 51:9 : 9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो?
  • यशा 63:12 : 12 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्‍नो महिमित शक्ति जान दिनुभयो र आफ्‍नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो?
  • भजन 118:15 : 15 धर्मीहरूका पालहरूमा विजयको आनन्‍दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।
  • भजन 89:10 : 10 तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो ।
  • दानी 4:37 : 37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।
  • दानी 5:25-31 : 25 त्यो लेखिएको कुरा यस्तो छः ‘मेने, मेने, टेकेल, पर्सिन ।’ 26 यसको अर्थ यो होः ‘मेने,’ ‘परमेश्‍वरले हजुरको राज्यको गन्ती गर्नुभएको छ र त्यसको अन्त्य गर्नुभएको छ ।’ 27 ‘टेकेल,’ ‘तराजुमा हजुरको नाप लिइयो र हजुरमा कमी भेट्टाइयो ।’ 28 ‘पेरेस,’ ‘हजुरको राज्य विभाजित भएको छ र त्यो मादी र फारसीहरूलाई दिइएको छ ।’” 29 अनि बेलसजरले आज्ञा दिए, र दानिएललाई बैजनी कपडा पहिराइयो । उनको घाँटीमा सुनको सिक्री लगाइयो, र त्यस राज्यमा उनमा तेस्रो उच्‍च शासकको अधिकार हुनेछ भनेर राजाले घोषणा गरे । 30 त्यही रात बेबिलोनका राजा बेलसजर मारिए, 31 अनि मादी दाराले करीब बैसठ्ठी वर्षको उमेरमा त्यो राज्य प्राप्‍त गरे ।
  • रोमी 1:21 : 21 यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
  • २ कोरि 10:5 : 5 हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं ।
  • १ पत्रु 5:5 : 5 त्यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ ।
  • प्रका 18:8 : 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।”
  • भजन 89:13 : 13 तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ ।
  • यशा 10:12-19 : 12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु । 13 किनकि त्‍यसले भन्‍छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु । 14 एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।” 15 के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो । 16 यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ । 17 इस्राएलको प्रकाश आगो बन्‍नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्‍नुहुनेछ । त्‍यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्‍ट पार्नेछ । 18 त्यसको जङ्गलको गौरव र त्यसको फलवन्त भूमिको प्राण र शरीर दुवैलाई परमप्रभुले नष्‍ट पार्नुहुनेछ । यो बिरामीको शरीर गलेको जस्तो हुनेछ । 19 त्यसको जङ्गलमा रहेका रूखहरू अति थोर बाँकी हुनेछन्, जसलाई एक जना बालकले पनि गन्‍न सक्‍छ ।
  • यिर्मि 48:29-30 : 29 हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं । 30 यो परमप्रभुको घोषणा हो, त्यसको अटेरी बोली म आफैंलाई थाहा छ, जुन त्यसका कामहरूजस्तै व्यर्थको छ ।
  • उत्प 6:5 : 5 पृथ्वीका मानिसहरूको दुष्‍टता बढी भएको र तिनीहरूका हृदयका विचारको हरेक भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो ।
  • उत्प 8:21 : 21 परमप्रभुले यसको सुगन्ध लिनुभएपछि आफ्नो मनमा भन्‍नुभयो, “मानव-जातिको ह्रदयको मनसाय बाल्यावस्थादेखि नै दुष्‍ट हुने भए तापनि म उसको कारणले गर्दा फेरि भूमिलाई श्राप दिनेछैनँ, न त मैले अहिले गरेजस्तै फेरि हरेक जीवित प्राणीलाई सर्वनाश गर्नेछु ।
  • निर्ग 15:6-7 : 6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा महिमित छ । हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुलाई चकनाचुर पारिदिएको छ । 7 महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो ।
  • निर्ग 15:9-9 : 9 शत्रुले भन्यो, 'म पिछा गर्नेछु; म जित्‍नेछु; म लुटका मालहरू बाँड्नेछु । मेरो इच्छा तिनमा तृप्‍त हुनेछ । म मेरो तरवार थुत्‍नेछु । मेरा हातले तिनीहरूलाई नष्‍ट पार्नेछन् ।' 10 तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे । 11 हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र? पवित्रतामा तपाईं वैभवशाली, प्रशंसामा आदरणीय, आश्‍चर्यकर्म गर्नुहुने तपाईंजस्तै को छ र? 12 तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो । 13 तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।
  • निर्ग 18:11 : 11 अब मलाई थाहा भयो कि परमप्रभु अरू सबै देवभन्दा महान् हुनुहुँदोरहेछ किनकि मिश्रीहरूले इस्राएलीहरूलाई अभिमानपूर्वक व्यवहार गर्दा परमेश्‍वरले आफ्नो जातिलाई छुटकारा दिनुभयो ।”
  • व्यव 4:34 : 34 वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ?
  • व्यव 29:19-20 : 19 त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ । 20 परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ ।
  • १ शमू 2:3-4 : 3 यति धैरै घमण्ड गरेर अहंकारी नहो । तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्‍कोस् । किनकि परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ । उहाँद्वारा नै कामहरू जोखिन्‍छन् । 4 शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर-पेटीझैं लगाउँछन् ।
  • १ शमू 2:9-9 : 9 उहाँले आफ्‍ना विश्‍वासयोग्य मानिसहरूका पाउहरूको रक्षा गर्नुहुन्छ, दुष्‍टहरूलाई अन्धकारको शुन्यतामा राखिनेछ, किनकि बलद्वारा कसैले जित्‍न सक्‍नेछैन । 10 परमप्रभुको विरोध गर्नेहरू टुक्रा-टुक्रा हुने छन् । तिनीहरूका विरुद्धमा उहाँ स्वर्गबाट गर्जनुहुनेछ । परमप्रभुले पृथ्वीको अन्‍तसम्म नै न्याय गर्नुहुनेछ । उहाँले आफ्नो राजालाई बल दिनुहुनेछ र आफ्नो अभिषिक्‍तको सीङ उच्‍च पार्नुहुनेछ ।
  • अय्यू 40:9-9 : 9 के तँसँग परमेश्‍वरको जस्तो पाखुरा छ? के तँ उहाँको जस्तो आवाजले गर्जन सक्छस्? 10 अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार । 11 तेरो रिसको झोँक छरपष्‍ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । 12 हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची ।
  • भजन 2:1-6 : 1 ¶ जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्? 2 पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्, 3 “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।” 4 स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ । 5 तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ, 6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
  • भजन 33:10 : 10 परमप्रभुले जातिहरूका मित्रतालाई व्‍यर्थ तुल्‍याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।
  • भजन 52:9 : 9 तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछु । तपाईंका भक्‍तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आसा गर्नेछु, किनकि यो असल हो ।
  • भजन 63:5 : 5 हाडको गुदी र चिल्‍लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 1:52-55
    4 पदहरू
    86%

    52उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ ।

    53उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ ।

    54त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ ।

    55जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।”

  • लू 1:46-50
    5 पदहरू
    77%

    46मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ ।

    47र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।

    48किनकि उहाँले आफ्नी दासी स्‍त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् ।

    49किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।

    50जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ ।

  • लू 1:68-69
    2 पदहरू
    70%

    68“इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ ।

    69उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ ।

  • 6उहाँले जातिहरूका उत्तराधिकार आफ्‍ना मानिसहरूलाई दिनुहुँदा उहाँले तिनीहरूलाई आफ्‍ना शक्तिशाली कामहरू देखाउनुभयो ।

  • 15मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।

  • 6किनकि परमप्रभु उच्‍च हुनुभए तापनि उहाँले विनम्रहरूलाई वास्‍ता गर्नुहुन्‍छ, तर घमण्डीलाई उहाँले टाढैबाट चिन्‍नुहुन्छ ।

  • 25“परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो ।

  • 6परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्‍टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।

  • अय्यू 40:11-12
    2 पदहरू
    69%

    11तेरो रिसको झोँक छरपष्‍ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।

    12हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची ।

  • भजन 113:6-7
    2 पदहरू
    69%

    6जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?

    7उहाँले गरीबलाई फोहोरबाट उठाउनुहुन्‍छ र दरिद्रलाई खरानीको थुप्रोबाट उचाल्‍नुहुन्‍छ,

  • 9त्यसले गरीबहरूलाई उदार चित्तले दिन्छ । त्यसको धार्मिकता सदासर्वदा रहन्छ । त्यसलाई आदरसाथ उच्‍च पारिनेछ ।

  • लू 1:77-78
    2 पदहरू
    68%

    77तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको छ ।

    78हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ ।

  • यशा 2:11-12
    2 पदहरू
    68%

    11मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्‍यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।

    12किनकि घमण्ड गर्ने र उच्‍च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ—

  • 12तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।

  • 34हरेक अहङ्कारी कुरालाई त्यसले हेर्छ । घमण्‍डका सबै छोराहरूमध्‍ये त्यो त राजा नै हो ।”

  • 10परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्‍वरको उद्धार देख्‍नेछ ।

  • 21उहाँले राजकुमारहरूमाथि निन्दा खन्याउनुहुन्छ, र बलिया मानिसहरूको पेटी फुकाल्‍नुहुन्छ ।

  • 34उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्छ ।

  • 32उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।

  • 11नम्रहरूलाई उच्‍च स्‍थानमा राख्‍नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्‍नलाई उहाँले यसो गर्नुहुन्छ ।

  • 4शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएकाहरूले शक्तिलाई कम्मर-पेटीझैं लगाउँछन् ।

  • 17मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्‍च पारिनुहुनेछ ।

  • 13तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ ।

  • 11किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्‍वस्‍तता त्‍यति नै महान् छ ।

  • 12आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।

  • 3ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।

  • 17परमप्रभुले जे गर्ने योजना बनाउनुभयो, त्यही गर्नुभएको छ । उहाँले आफ्नो वचन पुरा गर्नुभएको छ । उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको छ, किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको छ । उहाँले तेरा शत्रुहरूको सिङ उठाउनुभएको छ ।

  • 2परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।

  • 37परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”

  • 19घमण्डी मानिसहरूलाई लुटको माल बाँड्नुभन्दा बरु गरिब मानिसहरूका बिचमा विनम्र हुनु उत्तम हुन्छ ।

  • 19उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ ।

  • 25त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।

  • 15उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्‍यसको ठाउँमा राख्‍नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्‍नुभयो ।

  • 20तर जब उहाँको हृदयमा अहंकारी र उहाँको आत्मा कठोर भयो, जसको कारण उहाँले हठपूर्ण किसिमले काम गर्नुभयो, तब उहाँको आफ्नो राजकीय सिंहासनबाट उहाँलाई तल खसालियो, र तिनीहरूले उहाँको सबै ऐश्‍वर्य हटाए ।

  • 15उहाँले काँडहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो, चट्याङ्हरूले तिनीहरूलाई छरपष्‍ट पार्नुभयो ।

  • 14उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो । धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे ।

  • 2आफ्‍नो अहङ्कारको कारणले दुष्‍ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्‍टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।

  • 19किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,