लूका 1:55

अनलक शाब्दिक बाइबल

जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 17:19 : 19 परमेश्‍वरले भन्‍नुभयो, “होइन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।
  • भजन 105:6-9 : 6 ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो । 7 उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् । 8 उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ । 9 आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ । 10 यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो ।
  • भजन 132:11-17 : 11 परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु । 12 तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई सिकाउनेछु व्यवस्‍था पालन गर्छन् भने, तिनीहरूका सन्तानहरू पनि तेरो सिंहासनमा सदासर्वदा बस्‍नेछन् ।” 13 निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ । 14 “यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु । 15 म त्यसलाई प्रशस्‍त मात्रमा अन्‍नको आशिष्‌ ‌‌दिनेछु । त्यसका गरीबलाई म रोटीले तृप्‍त पार्ने छु । 16 त्यसका पुजारीहरूलाई म उद्धारको वस्‍त्र पहिराउनेछु । त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गर्नेछन् । 17 दाऊदको निम्ति त्‍यहाँ म एउटा सिङ् उमार्नेछु र मेरो अभिषिक्‍त जनको निम्ति एउटा बत्ती राख्‍नेछु ।
  • रोमी 11:28-29 : 28 एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्‍वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् । 29 किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
  • गलाती 3:16-17 : 16 अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्‍ट हुनुहुन्छ । 17 अब म यो भन्दछु । परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।
  • उत्प 22:18 : 18 तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌ ।”
  • उत्प 26:4 : 4 तेरा सन्‍तानलाई आकाशका ताराहरूझैँ बढाउनेछु, र तिनीहरूलाई यी सबै देश दिनेछु । संसारका सबै जातिहरूले तेरै सन्‍तानहरूद्वारा आशिष्‌ पाउनेछन् ।
  • उत्प 28:14 : 14 तेरा सन्‍तान पृथ्‍वीको धुलोसरह हुनेछन्‌ । तँ पश्‍चिम, पूर्व, उत्तर र दक्षिणतिर फैलिएर जानेछस्‌ । तँ र तेरा सन्‍तानहरूद्वारा नै पृथ्‍वीका सबै मानिसहरू आशिषित्् हुनेछन्‌ ।
  • उत्प 12:3 : 3 तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 1:72-75
    4 पदहरू
    82%

    72यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ ।

    73त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।

    74उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्‍त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर

    75पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो ।

  • लू 1:32-33
    2 पदहरू
    75%

    32उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।

    33उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।

  • 54त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ ।

  • भजन 105:8-10
    3 पदहरू
    74%

    8उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।

    9आफूले अब्राहामसँग गरेको करार र इसहाकसँग खाएको शपथलाई उहाँले सम्झनुहुन्छ ।

    10यो उहाँले याकूबसँग आदेश रूपमा र इस्राएलसँग अनन्त करारको रूपमा पुष्‍टि गर्नुभयो ।

  • उत्प 17:7-9
    3 पदहरू
    74%

    7तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।

    8तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।”

    9त्यसपछि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैँलेचाहिँ मेरो करार पालन गर्नुपर्छ, तँ र तँपछिका तेरा सन्तानहरूले तिनीहरूका पुस्तौँसम्म ।

  • 25तपाईंहरू अगमवक्‍ताका र परमेश्‍वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्‍नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’

  • 16अब यी प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएको थियो । यसले धेरै मानिसहरूलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्‍ट हुनुहुन्छ ।

  • 15तैँले देखेका यी सबै भूमि, म तँलाई र तेरा सन्तानहरूलाई सदाको निम्ति दिनेछु ।

  • 30आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्‍नेछन् ।

  • 18यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”

  • मत्त 1:1-2
    2 पदहरू
    72%

    1¶ दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक ।

    2अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।

  • लू 1:48-50
    3 पदहरू
    72%

    48किनकि उहाँले आफ्नी दासी स्‍त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् ।

    49किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।

    50जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ ।

  • 36त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।

  • लू 1:69-70
    2 पदहरू
    72%

    69उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ ।

    70प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो ।

  • 20प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ ।

  • 29त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।

  • भजन 136:22-23
    2 पदहरू
    72%

    22उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

    23उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 42किनकि उहाँले आफ्नो सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञालाइ सम्झिनुभयो ।

  • 23यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।

  • 13तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”

  • 6ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।

  • १ इति 16:15-17
    3 पदहरू
    71%

    15आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ।

    16उहाँले अब्राहामसित बाँध्‍नुभएको करार र इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ ।

    17यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित, र इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो ।

  • 5ख्रीष्‍टको शरीरअनुसार ख्रीष्‍ट आउनुभएका पुर्खाहरू तिनीहरूकै हुन् । उहाँ नै सबैका परमेश्‍वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।

  • 16यसैले, यो विश्‍वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्‍चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्‍नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्‍वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् ।

  • 4उहाँले तँलाई र तँ पछिका तेरा सन्‍तानहरूलाई अब्राहामले पाएको आशिष्‌ देऊन्, ताकि परमेश्‍वरले अब्राहामलाई दिनुभएको तँ बसेको देशमा तेरै अधिकार होस्‌ ।”

  • 19परमेश्‍वरले भन्‍नुभयो, “होइन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु ।

  • 25मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।

  • 23यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

  • 35दास सधैँभरि घरमा रहँदैन, तर पुत्र भने सधैँभरि नै रहन्छ ।

  • 56मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् ।

  • 12उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ, र उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु ।

  • 21परमप्रभु भन्‍नुहुन्छ— मेरो निम्‍ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्‍यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्‍नुहुन्छ ।

  • 3यही ठाउँमा बसोबास गर्, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि म यी देशहरू तँ र तेरा सन्तानलाई दिनेछु, अनि तेरो बुबा अब्राहामसँग मैले शपथ खाएर दिएको प्रतिज्ञा म पुरा गर्नेछु ।

  • 18तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌ ।”

  • 25“परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो ।