लूका 13:5
म भन्छु, होइन । तर यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
म भन्छु, होइन । तर यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, “के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरूभन्दा पापी थिए भन्ने तिमीहरू सोच्छौँ?
3होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
4वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस, यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्ने लाग्छ?
6येशूले यो दृष्टान्त भन्नुभयो, “कसैले उसको दाखबारीमा दाख रोप्न लगायो र त्यसमा केही फलहरू खोज्न आयो, तर उसले केही पनि पाएन ।
7त्यो मानिसले त्यसको हेरचाह गर्नेलाई भन्यो, ‘हेर, मैले यो दाखको रुखमा तिन वर्षदेखि फल खोजेको छु, तर कुनै पनि फल पाइनँ । यसलाई ढाल । जमिनलाई किन खेर फाल्ने?’
8पश्चात्ताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहाम हुन् भन्न छोड, किनभने परमेश्वरले यी चट्टानहरूबाट पनि अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ ।
9रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”
8पश्चात्तापको निम्ति सुहाउँदो फल फलाओ ।
30धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्चात्ताप गर्ने थिए ।’
31यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्यो?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन् ।
32किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्वास गर्नलाई पछि तिमीहरूले पश्चात्ताप पनि गरेनौ ।
10रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
27तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्टहरू हो, मबाट गइहाल् ।’
28जब तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई देख्नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।
12म तिमीहरूलाई भन्दछु, कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्य हुनेछ ।
13खोराजीन, तँलाई धिक्कार छ! बेथसेदा, तँलाई पनि धिक्कार छ! यदि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरिसक्थे ।
14तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहज हुनेछ ।
15तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ? होइन, तँलाई पातालमा ल्याइनेछ ।
9यसले अर्को वर्ष फल फलायो भने, ठिक छ; तर यदि फल फलाएन भने, ढाल्नुहोस्’ ।”
20तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्चात्ताप गरेका थिएनन् ।
21“धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरिसकेका हुने थिए ।
22न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।
23तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो ।
24तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
33कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ ।
24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
21त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
12त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”
13अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्टान्तहरू कसरी बुझ्नेछौ?”
20किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्वरको राज्यमा प्रवेश गर्नेछैनौ ।
6यदि कोही ममा रहँदैन भने त्यसलाई हाँगालाई झैँ फालिन्छ र त्यो सुक्छ; अनि तिनीहरूले हाँगाहरूलाई बटुल्छन् र आगोमा हाल्छन्, अनि तिनीहरूलाई जलाइन्छ ।
32म धर्मी मानिसलाई पश्चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।
19हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।
29त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्ल्यो र गयो ।
5तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।
26[टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६] तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन ।
40र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
3र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।
26साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।
15साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
3येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो,
42“यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन् ।
24साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
35यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।
24“साँगुरो ढोका भएर पस्ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्न सक्षम हुनेछैनन् ।
13येशूले उत्तर दिनुभयो र भन्नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्नुभएको छैन, त्यो उखेलिनेछ ।
22त्यसकारण, तेरो दुष्टताको लागि पश्चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि ।
33त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्न सक्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
11त्यसपछि येशूले भन्नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,
36तिमीहरू अति अन्जान छौ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन,