लूका 14:10
तर जब तिमीलाई निमन्त्रणा गरिन्छ, गएर कम महत्त्वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्नेहरूका बिचमा तिम्रो आदर हुनेछ ।
तर जब तिमीलाई निमन्त्रणा गरिन्छ, गएर कम महत्त्वको ठाउँमा बस, ताकि तिमीलाई बोलाउने मानिस आएर साथी माथिल्लो स्थानमा गएर बस्नुहोस् भनेर भनोस् । तब तिम्रो टेबलमा बस्नेहरूका बिचमा तिम्रो आदर हुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्नुभयो ।
8“जब तिमीहरूलाई कसैले विवाह भोजमा बोलाउँछ, आदरको ठाउँमा नबस किनकि तिमीभन्दा अझै आदरको मानिसलाई बोलाएको हुन सक्दछ ।
9जब बोलाइएका दुवै जना आउँदछन्, उसले तिमीलाई भन्दछ, ‘तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस्‘ भन्ला र लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्नुपर्ने हुन्छ ।
11हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ ।
12उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्नुभयो, “जब तिमीले कसैलाई खाना खान बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन् ।
13तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्टिविहीनहरूलाई बोलाऊ ।
14र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
15येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्वरको राज्यमा रोटी खानेछ ।”
16तर येशूले त्यसलाई भन्नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्यो र धेरैलाई निम्तो दियो ।
17जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’
11तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ ।
12जसले आफूलाई उच्च पार्दछ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्च पारिनेछ ।
6राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
7उच्च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्नु उत्तम हुन्छ ।
26तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् ।
27किनभने टेबलमा खान बस्ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो? टेबलमा खान बस्ने होइन र? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु ।
14म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।
3यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने,
10प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्टिविहीनहरूलाई यहाँ ल्याऊ ।’
22तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’
23मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् ।
24किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्न पाउने छैन ।’
7तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”
8मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?
35उहाँ बस्नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।”
39अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् ।
29तिनीहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आइपुग्नेछन् र परमेश्वरको राज्यको भोजमा रमाउनेछन् ।
30र अब, यो जान कि अन्तिमको पहिलो हुनेछ र पहिलोचाहिँ अन्तिम हुनेछ ।
11तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।
12राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्तिले केही बोल्न सकेन ।
6तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,
9दीन भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्,
31तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”
43तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूका सेवक हुनुपर्छ ।
44र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ ।
9आफ्नो प्रतिष्ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्नु बेस हो ।
15तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ? होइन, तँलाई पातालमा ल्याइनेछ ।
6मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ ।
37उहाँले बोलिसक्नुभएपछि, फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए । त्यसपछि येशू जानुभयो र ढल्केर बस्नुभयो ।
14जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?”
37धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।
11म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् ।
6मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्नुभयो र उहाँलाई दिनका लागि मसित केही पनि छैन ।’
16यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।”
52उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ ।
30मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्नेछौ ।
8त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
37तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्न दिनुहोस् ।”
16एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान् नहोओ ।