लूका 17:21

अनलक शाब्दिक बाइबल

न त तिनीहरूले भन्‍नेछन्, ‘यता हेर! वा उता हेर!’ किनभने परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 12:28 : 28 तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
  • रोमी 14:17 : 17 किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।
  • लू 10:9-9 : 9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।” 10 तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन, 11 “तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
  • कलस्सी 1:27 : 27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्‍चयता हो ।
  • मत्त 24:23-28 : 23 तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्!’ वा, ‘ख्रीष्‍ट त्यहाँ छन्!’ भन्छ भने त्यसलाई विश्‍वास नगर । 24 किनकि झुटा ख्रीष्‍टहरू र झुटा अगमवक्‍ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् । 25 हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु । 26 त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर । 27 किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ । 28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।
  • मर 13:21 : 21 यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्‍वास नगर ।
  • लू 17:23 : 23 तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।
  • लू 21:8 : 8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरू धोकामा नपर । धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ ।
  • यूह 1:26 : 26 अनि यूहन्‍नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे । येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन,

  • लू 17:22-24
    3 पदहरू
    78%

    22येशूले चेलाहरूलाई भन्‍नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्‍नेछैनौ ।

    23तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।

    24आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।

  • लू 21:31-32
    2 पदहरू
    77%

    31त्यसैले पनि, जब तिमीले यी थोकहरू भएको देख्‍नेछौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।

    32तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।

  • लू 10:9-11
    3 पदहरू
    74%

    9र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”

    10तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, त्यस सहरका सडकहरूमा गएर यसो भन,

    11“तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ । तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”

  • 20उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?

  • 11तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए ।

  • 21यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्‍वास नगर ।

  • 17किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।

  • 27तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन् ।

  • 1¶ उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन् ।

  • 31तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।

  • 18तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु?

  • 10तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।

  • 21किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।

  • 20किनकि परमेश्‍वरको राज्य कुरामा होइन, तर शक्‍तिमा छ ।

  • 30उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्त प्रयोग गर्न सकिन्छ?

  • 11उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको छ ।

  • 20तर यदि मैले परमेश्‍वरको हातबाट भूतहरू निकालेँ भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।

  • 2“पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”

  • 43यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ ।

  • मर 1:14-15
    2 पदहरू
    69%

    14अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।

    15र भन्‍नुभयो, “समय पुरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर ।

  • 7अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर ।

  • 34तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।”

  • 18किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।”

  • 36यिनले ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ’ भनेको वचन के हो?”

  • 26त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर ।

  • लू 13:28-29
    2 पदहरू
    68%

    28जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।

    29तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आइपुग्‍नेछन् र परमेश्‍वरको राज्यको भोजमा रमाउनेछन् ।

  • 20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

  • 17साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्‍वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”

  • 17सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।

  • 27त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् ।

  • 35हेर, तेरो घर त्यागिएको छ । म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्यको हो ।”

  • 28साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्‍नेछैन ।”

  • 29त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान ।

  • 23तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्!’ वा, ‘ख्रीष्‍ट त्यहाँ छन्!’ भन्छ भने त्यसलाई विश्‍वास नगर ।

  • 17त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”

  • 36येशूले जवाफ दिनुभयो, “मेरो राज्य यो संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा सुम्पियोस् । तर मेरो राज्य यस संसारको होइन ।”

  • 34जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।

  • लू 16:15-16
    2 पदहरू
    68%

    15अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको दृष्‍टिमा तिमीहरूले आफैँलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । जो मानिसहरूका माझमा उच्‍च हुन्छ, त्यो परमेश्‍वरको नजरमा घृणित हुन्छ ।

    16यूहन्‍ना आउनअगि अगमवक्‍ता र व्यवस्थाले काम गर्दथे । त्यस समयदेखि, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् ।

  • 16किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”

  • 20जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।

  • 2येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरूले प्रार्थना गर्छौ, यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् ।