लूका 18:22
जब येशूले यो सुन्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”
जब येशूले यो सुन्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
20त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।”
21येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”
22तर यो भनाइको कारण त्यो निरुत्साहित भयो; त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो ।
23येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न अति कठिन छ!”
24चेलाहरू उहाँका वचनहरूमा छक्क परे । तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “बालकहरू हो, परमेश्वरको राज्यमा प्रवेश गर्नु अति गाह्रो छ!”
25धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
20त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?”
21येशूले उसलाई भन्नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।”
22तर जब त्यस जवान मानिसले येशूले भन्नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्पत्ति भएको मानिस थियो ।
23येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ ।
24म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”
25जब चेलाहरूले यो सुने, तिनीहरू सार्है छक्क परे र भने, “त्यसो भए को बचाइन सक्छ?”
23तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।
24तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!
25धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ!”
26त्यो सुन्नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त?”
21ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”
16हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्त गर्न के असल काम गर्नुपर्छ?”
17येशूले उसलाई भन्नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ? एक मात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर ।”
18त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,
33आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्याउँदैन, न त खिया नै लाग्दछ ।
34जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।
17उहाँले यात्रा सुरु गर्न लाग्नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?”
18येशूले भन्नुभयो, “किन तिमी मलाई असल भन्दछौ? परमेश्वरबाहेक कोही पनि असल छैन ।
18एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
19येशूले तिनलाई भन्नुभयो, “किन मलाई असल भन्दछौ, एक परमेश्वरबाहेक कोही पनि असल छैन ।
28पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्याएका छौँ ।”
28त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
33त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्न सक्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
21यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्वरकहाँ पुग्दैन ।”
28पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।”
24त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
15र उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”
16तब येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
57जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु ।”
22तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्न छोडिदेऊ ।”
27त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ?”
19त्यसपछि एक जना शास्त्री आएर उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।”
1¶ येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्नुभयो ।
31तर उहाँको राज्यको खोजी गर, र यी सबै थोकहरू तिमीलाई थपिनेछन् ।
59तब उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग ।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस् ।”
46जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।
41त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो । मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।
37येशूले उनलाई भन्नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू ।
33तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
43उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन् ।
23उहाँले तिनीहरू सबैलाई भन्नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस् ।
9येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
20उहाँले चेलाहरूतर्फ हेर्नुभयो र भन्नुभयो, “धन्य तिमीहरू जो दीन छौ, परमेश्वरको राज्य तिमीहरूकै हो ।
34त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ ।