लूका 18:30
तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।”
तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
29येशूले भन्नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदी बहिनीहरू वा आमा वा बुबा वा छोरा-छोरीहरू वा जग्गा जमिन त्याग्छ,
30त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ ।
31तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”
27त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ?”
28येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्नेछौ ।
29प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ ।
30तर धेरै जना जो अहिले पहिला छन्, तिनीहरू पछि पर्नेछन्, र धेरै जना जो पछि परेका छन्, तिनीहरू पहिला हुनेछन् ।
28पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।”
29येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्,
12किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।
25किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्त गर्नेछ ।
26किनकि एउटा मानिसले सारा जगत् प्राप्त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?
27किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
28साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्नेछैन ।”
34येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।
35तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् ।
33जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।
30र अब, यो जान कि अन्तिमको पहिलो हुनेछ र पहिलोचाहिँ अन्तिम हुनेछ ।
39जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।
40जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
41जसले अगमवक्तालाई तिनी अगमवक्ता भएको कारणले स्वागत गर्दछ, उसले अगमवक्ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ, उसले धर्मी मानिसको इनाम पाउनेछ ।
14र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
15येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो, जब उसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्वरको राज्यमा रोटी खानेछ ।”
17साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”
35किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ ।
36मानिसले सारा संसार प्राप्त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र?
37मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र?
24जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।
25सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?
25जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ, तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले यो अनन्त जीवनको लागि जोगाइराख्नेछ ।
25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”
36जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्त जीवनको निम्ति फल बटुल्छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
11म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् ।
30अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।
31त्यस दिनमा घरको माथिल्लो तल्लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।
23त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्ताहरूलाई त्यसै गरेका थिए ।
9म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् ।
25ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्नुभयो,
5अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।
33त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्न सक्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
15साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
26‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।
18यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु ।
41तिमीहरू ख्रीष्टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
18त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”
18उसले भन्यो, ‘म भकारीहरूलाई भत्काउनेछु र ठुलो बनाउनेछु । त्यहीँ नै सबै अन्नहरू र अन्य सामग्री भण्डारण गर्नेछु ।’
20असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”
22मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्तिको उद्धार हुनेछ ।
16तब येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
8किनकि जसले आफ्नै पाप-स्वभावमा बिउ छर्दछ, त्यसले विनाशको कटनी गर्नेछ, तर जसले आत्मामा बिउ छर्दछ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।