लूका 18:40

अनलक शाब्दिक बाइबल

येशू टक्‍क उभिनुभयो र त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्‍नुभयो,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 20:31-34 : 31 तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।” 32 तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?” 33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।” 34 तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।
  • मर 10:48-52 : 48 धेरैले चुप लाग भनी त्यो दृष्‍टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।” 49 येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।” 50 त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो । 51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्‍टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्छु ।” 52 येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्‍न सक्यो र त्यो उहाँको पछिपछि गयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 18:35-39
    5 पदहरू
    87%

    35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।

    36त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ?”

    37तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”

    38त्यसपछि त्यो दृष्‍टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”

    39भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्‍टिविहीन मानिसलाई हकारेर चुप लाग्‍न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”

  • लू 18:41-43
    3 पदहरू
    86%

    41“मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।”

    42येशूले भन्‍नुभयो, “तिमी देख्‍ने भइ जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”

    43तुरुन्तै उसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।

  • मत्त 20:30-34
    5 पदहरू
    85%

    30र दुई जना दृष्‍टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”

    31तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”

    32तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”

    33तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”

    34तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।

  • मर 10:46-52
    7 पदहरू
    84%

    46उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्‍टिविहीन भिखारी बाटोमा बसेको थियो ।

    47जब त्यसले येशू नासरी भन्‍ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”

    48धेरैले चुप लाग भनी त्यो दृष्‍टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”

    49येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”

    50त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।

    51येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्‍टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्‍टि प्राप्‍त गर्न चाहन्छु ।”

    52येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्‍न सक्यो र त्यो उहाँको पछिपछि गयो ।

  • 14जब उहाँहरू भिड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो,

  • मर 8:22-23
    2 पदहरू
    78%

    22उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्‍टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।

    23येशूले त्यस दृष्‍टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो, र त्यसमाथि आफ्नो हात राख्‍नुभयो, उहाँले त्यसलाई सोध्‍नुभयो, “के तिमीले कुनै कुरा देख्छौ?”

  • मत्त 9:27-28
    2 पदहरू
    77%

    27जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्‍टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।”

    28जब येशू घरभित्र आउनुभयो, ती दृष्‍टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”

  • 28जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, उहाँको सामु लड्यो र उसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”

  • मर 1:40-41
    2 पदहरू
    76%

    40एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।”

    41येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु । तिमी शुद्ध होइजाऊ ।”

  • 5जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,

  • 27तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।

  • 22अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्‍ने व्यक्‍ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्‍ने व्यक्‍ति बोल्न सक्‍ने र देख्‍न सक्‍ने भयो ।

  • मर 9:16-17
    2 पदहरू
    75%

    16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”

    17भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन,

  • 32तिनीहरूले सुन्‍न नसक्‍ने र बोल्‍न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।

  • लू 9:37-38
    2 पदहरू
    75%

    37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।

    38हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।

  • 36उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ?”

  • 20तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो ।

  • 30ठुलो भिड उहाँकहाँ आयो । उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्‍टिविहीन, गुँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । उनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

  • 13र तिनीहरूले चर्को स्वरले भने, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”

  • 25येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!”

  • 35तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ?”

  • 8त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले भने, “त्यो बसेर भिख माग्‍ने गर्ने के यही नै होइन?”

  • 25जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”

  • 25उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्‍नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्‍टि पुनः प्राप्‍त भयो र त्यसले सबै थोक स्पष्‍टसँग देख्यो ।

  • 7त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”

  • 1¶ येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्‍नुभयो ।

  • 7येशूले तिनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”

  • 16मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर उनीहरूले उसलाई निको पार्न सकेनन् ।”

  • 17उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?”