लूका 2:46
तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै गरेको भेट्टाए ।
तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दै गरेको भेट्टाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
39परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।
40बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो ।
41उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे ।
42जब उहाँ बाह्र वर्षको हुनुहुन्थ्यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।
43चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन ।
44तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए । त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्न थाले ।
45जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्न थाले ।
47जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्ति र जवाफमा आश्चर्य चकित हुन्थे ।
48जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए । उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ ।”
49उहाँले उनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन?”
50तर उहाँले उनीहरूलाई के भन्नुभएको थियो भनी उनीहरूले बुझ्न सकेनन् ।
51त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
52तर येशू बुद्धिमा, कदमा र परमेश्वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।
16उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”
27एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।
14जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र सिकाउन सुरु गर्नुभयो ।
15यहूदीहरू अचम्मित भएर यसो भने, “यो मानिसले कसरी यति धेरै जान्दछ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
33बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए ।
14उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।
33अनि उहाँहरू कफर्नहुममा आइपुग्नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?”
47येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो । मुख्य पुजारीहरू, शास्त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।
48तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।
25तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”
12र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भिडलाई उक्साइनँ ।
2बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
16तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे ।
17तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए ।
37तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”
27उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
11यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”
19येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”
20तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने?”
21तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।
16एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्त्र पाठ गर्नुभयो ।
14जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्नुभयो, र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।
31त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।
32तिनीहरू उहाँको शिक्षामा आश्चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।
15तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्ना” भनेर चिच्च्याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।
46तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।
2जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?”
38सबै मानिसहरू उहाँका कुरा सुन्न बिहानै मन्दिरमा आउँथे ।
56तिनीहरूले येशूलाई खोजिरहेका थिए । तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कामा भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ? उनी चाडमा आउने छैनन् र?”
22तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्तिले जस्तै सिकाइरहनुभएको थियो ।
4हेरोदले सबै मुख्य पुजारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्ट कहाँ छन्?”
6तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे ।
66त्यसपछि यी कुरा सुन्ने सबैले आफ्नो हृदयमा राख्दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।
17एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्वरको शक्ति उहाँसँग थियो ।
1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्त्रीहरू येशूकहाँ आए ।
22मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।
41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो ।