लूका 20:32

अनलक शाब्दिक बाइबल

पछिबाट त्यो स्‍त्री पनि मरी ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 2:10 : 10 त्यस पुस्ताका सबै जना आफ्‍ना पुर्खाहरूसँगै मिले । तिनीहरू पछि परमप्रभु र उहाँले इस्राएलको निम्ति गर्नुभएका कामको बारेमा जानकारी नभएका अर्को पुस्ता खडा भयो ।
  • उप 1:4 : 4 एउटा पुस्ता जान्छ, र अर्को पुस्ता आउँछ, तर पृथ्वीचाहिँ सदासर्वदा रहिरहन्छ ।
  • उप 9:5 : 5 किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन । तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन ।
  • इब्रा 9:27 : 27 हरेक व्यक्‍ति एक पटक मर्न निश्‍चित छ, र त्यसपछि न्याय आउँदछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 22:24-28
    5 पदहरू
    95%

    24“गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष बालक नजन्माईकन मर्‍यो भने, उसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।

    25तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्‍यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो ।

    26त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।

    27तिनीहरू सबै मरेपछि त्यो स्‍त्री पनि मरी ।

    28अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्‍त्री कुन चाहिँको पत्‍नी हुन्छे? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।”

  • मर 12:19-23
    5 पदहरू
    88%

    19“गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ ।’

    20त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्‍नी ल्याए र बच्‍चा नभई मरे ।

    21दोस्रोले दाजुकी पत्‍नी लगे र कुनै बालबच्‍चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्यस्तै भयो ।

    22अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन । अन्तमा ती स्‍त्री पनि मरिन् ।

    23पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्‍नी हुनेछिन्? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए ।

  • लू 20:27-31
    5 पदहरू
    87%

    27त्यसपछि मृतकहरूबाट पुनरुत्थान हुँदैन भन्‍ने सदूकीहरू उहाँकहाँ आए,

    28र उहाँलाई सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ ।

    29सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो

    30अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो र निसन्तान मर्‍यो ।

    31साहिँलाले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे ।

  • लू 20:33-35
    3 पदहरू
    83%

    33यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”

    34येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।

    35तर मृतकबाट जीवित भई उठ्न र अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् ।

  • 10तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए ।

  • रोमी 7:2-3
    2 पदहरू
    70%

    2किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्‍यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।

    3त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ । तर उसको पति मर्‍यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन ।

  • 31तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्‍वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,

  • 5त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे ।

  • व्यव 24:2-3
    2 पदहरू
    68%

    2त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे ।

    3दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने

  • १ कोरि 15:21-22
    2 पदहरू
    68%

    21किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।

    22किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् ।

  • 39स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ ।

  • 10अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।

  • 26नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।

  • 22कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।

  • 25किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुनेछन् ।

  • 15ऊसँग बाँच्नेहरू विपत्तिद्वारा गाडिनेछन्, अनि तिनीहरूका विधवाहरूले तिनीहरूका निम्‍ति विलाप गर्नेछैनन् ।

  • 20येरेद ९६२ बाँचे र तिनी मरे ।

  • 14मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो ।

  • 18किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन् ।

  • 17अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार ।

  • उत्प 2:23-24
    2 पदहरू
    66%

    23मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”

    24त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्‍नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।

  • 22जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।

  • 5सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।

  • 37ती दिनमा उनी बिरामी परिन् र मरिन् । तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे ।

  • लू 8:52-53
    2 पदहरू
    66%

    52अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”

    53तर तिनीहरू केटी मरेको थाहा पाएर, येशूलाई गिल्ला गर्दै हाँसे ।

  • 19त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ ।

  • 5बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्‍थान हो ।

  • 7त्यसको झण्डै तिन घण्टापछि उनकी पत्‍नी त्यहाँ के भएको थियो भन्‍ने थाहै नपाई भित्र आइन् ।

  • 17तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।

  • 12र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”