लूका 21:33

अनलक शाब्दिक बाइबल

स्वर्ग र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 5:18 : 18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
  • यशा 40:8 : 8 घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्छ ।”
  • भजन 102:26 : 26 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।
  • मत्त 24:35 : 35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।
  • मर 13:31 : 31 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।
  • १ पत्रु 1:25 : 25 तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।
  • यशा 51:6 : 6 आफ्‍ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैं हराएर जानेछ, पृथ्वी लुगाझैं फाटेर जानेछ र त्‍यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।
  • २ पत्रु 3:7-9 : 7 अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ । 8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ । 9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ । 10 तर परमेश्‍वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् । 11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ । 12 तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् । 13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ । 14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
  • प्रका 20:11 : 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 13:29-33
    5 पदहरू
    95%

    29त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान ।

    30साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्‍म यो पुस्ता बितेर जानेछैन ।

    31स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।

    32तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।

    33सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचीन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्‌: होसियार रहो, जागा रहो र प्रार्थना गर किनकि...)

  • मत्त 24:33-37
    5 पदहरू
    94%

    33त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्‍नुपर्छ ।

    34साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।

    35स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।

    36तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ ।

    37मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ ।

  • लू 21:31-32
    2 पदहरू
    85%

    31त्यसैले पनि, जब तिमीले यी थोकहरू भएको देख्‍नेछौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।

    32तिमीहरूलाई म साँचो भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।

  • 18किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पुरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।

  • 17स्वर्ग र पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन ।

  • 73%

    10तर परमेश्‍वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् ।

    11सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।

  • लू 21:34-36
    3 पदहरू
    73%

    34तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।

    35यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ ।

    36तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”

  • 17संसार र यसका इच्‍छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ ।

  • 6आफ्‍ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैं हराएर जानेछ, पृथ्वी लुगाझैं फाटेर जानेछ र त्‍यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।

  • 8घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्छ ।”

  • 28साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्‍नेछैन ।”

  • 6“जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”

  • 4एउटा पुस्ता जान्छ, र अर्को पुस्ता आउँछ, तर पृथ्वीचाहिँ सदासर्वदा रहिरहन्छ ।

  • 11तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् ।

  • 28यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 25तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्छ । सुसमाचारको रूपमा यही सन्देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।

  • 27तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन् ।

  • 2तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”

  • लू 21:25-27
    3 पदहरू
    70%

    25सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्‍ट्रहरू कष्‍टमा पर्नेछन् ।

    26संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।

    27त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् ।

  • लू 21:9-10
    2 पदहरू
    70%

    9जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।”

    10तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राज्य-राज्यको विरुद्धमा र देश-देशको विरुद्धमा उठ्नेछन् ।

  • 25ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गमा भएका शक्‍तिहरू हल्लिनेछन् ।

  • लू 17:30-31
    2 पदहरू
    70%

    30अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।

    31त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क ।

  • 27“अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै निकालिनेछन् र हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् ।

  • 18तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।

  • 16किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”

  • 26तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् ।

  • 1¶ उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन् ।

  • लू 17:23-24
    2 पदहरू
    69%

    23तिनीहरूले तिमीलाई भन्‍नेछन्, ‘यता हेर! उता हेर!’ तर तिमीहरूले नहेर, न त तिनीहरूलाई पछ्याओ ।

    24आकाशमा एउटा कुनामा बिजुली चम्कदा अर्को कुनामा देखिएजस्तै मानिसका पुत्रको आगमनको दिनमा त्यस्तै हुनेछ ।

  • 13तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ ।

  • 7अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।

  • 21‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।

  • 31अनि संसारसित व्यवहार गर्नेहरूले यससँग पूर्ण रूपमा नभएझैँ व्यवहार गरून्, किनकी यो संसारको प्रणालीको अन्त्य हुँदै छ र यो बितेर जाँदै छ ।

  • 33त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।