लूका 22:37

अनलक शाब्दिक बाइबल

किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 53:12 : 12 यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो ।
  • यूह 10:35 : 35 यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो? (अनि धर्मशास्‍त्रलाई भङ्ग गर्न सकिँदैन ।)
  • यूह 17:4 : 4 मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्याएको छु ।
  • यूह 19:28-30 : 28 यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।” 29 अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो । त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए । 30 जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो ।
  • प्रेरि 13:27-29 : 27 यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे । 28 उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे । 29 जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।
  • २ कोरि 5:21 : 21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
  • गलाती 3:13 : 13 हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”
  • मत्त 26:54-56 : 54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?” 55 त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ । 56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
  • मर 15:27 : 27 तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।
  • लू 18:31 : 31 बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।
  • लू 22:22 : 22 किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।”
  • लू 23:32 : 32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो ।
  • लू 24:44-46 : 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।” 45 तब तिनीहरूले धर्मशास्‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो । 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 15:27-28
    2 पदहरू
    82%

    27तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।

    28[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो ।

  • 44उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”

  • मत्त 26:54-55
    2 पदहरू
    76%

    54तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?”

    55त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ ।

  • 36तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्‍न देऊ र खानेकुरा बोक्‍ने झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् ।

  • लू 18:31-32
    2 पदहरू
    74%

    31बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।

    32किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्‍नेछन् ।

  • 38तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।”

  • 32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो ।

  • 4अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो,

  • 35जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

  • 17ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,

  • 7मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”

  • लू 23:33-34
    2 पदहरू
    72%

    33जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।

    34येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।

  • 33कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।

  • मर 14:48-49
    2 पदहरू
    72%

    48येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ?

    49जब म तिमीहरूसँग दैनिक हुन्थेँ र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍त्र पुरा होस् भनेर यस्तो भयो ।”

  • 22यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।

  • 22निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।

  • 18मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।

  • 29जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।

  • 50तर मैले एउटा बप्‍तिस्‍मा लिनुपर्नेछ, यो पुरा नहुन्जेलसम्म मैले कष्‍ट भोग्‍नुपर्छ ।

  • यूह 19:36-37
    2 पदहरू
    71%

    36यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।”

    37फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”

  • 22किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।”

  • 38दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”

  • 22जब उहाँहरू गालीलमा बस्‍नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।

  • 46उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ ।

  • 52त्यसपछि येशूले उसलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् ।

  • 18तर उहाँका ख्रीष्‍टले दु∶ख भोग्‍नुपर्छ भनी ती सबै अगमवक्‍ताहरूका मुखबाट परमेश्‍वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ ।

  • 18“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,

  • 12यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्‍यस्‍थ-बिन्ती गर्‍यो ।

  • 28यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”

  • लू 23:38-39
    2 पदहरू
    70%

    38“यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।

    39क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ ।”

  • 33“हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।

  • 27येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’ [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्‍ने पदावली छैन ।]

  • 24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले ।”

  • 26के ख्रीष्‍टले यी सबै कुराहरूमा दुःख कष्‍ट भोग्‍न र उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन र?”

  • 27तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”

  • 42उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।”

  • 16किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”

  • 25तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पुरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’

  • 44र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।

  • 24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।

  • 1¶ येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

  • 10र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”

  • 33पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”