लूका 23:36

अनलक शाब्दिक बाइबल

अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 27:48 : 48 झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।
  • भजन 69:21 : 21 खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए ।
  • मर 15:36 : 36 कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”
  • लू 23:11 : 11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
  • यूह 19:28-30 : 28 यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।” 29 अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो । त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए । 30 जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो ।
  • मत्त 27:29-30 : 29 तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम!” 30 तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए ।
  • मत्त 27:34 : 34 तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन ।
  • मर 15:19-20 : 19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके । 20 जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 27:33-44
    12 पदहरू
    81%

    33तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो ।

    34तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन ।

    35जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

    36अनि तिनीहरू बसे र उहाँलाई हेरे ।

    37उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।”

    38दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”

    39जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,

    40“तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल!”

    41यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,

    42“उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ ।

    43उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”

    44र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।

  • मत्त 27:47-49
    3 पदहरू
    80%

    47जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदै छ ।”

    48झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।

    49अरूहरूले चाहीँ भने, “उसलाई एकलै छोडिदेऊ । उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ ।”

  • लू 23:37-39
    3 पदहरू
    80%

    37“यदि तिमी यहूदीहरूका राजा हौ भने, आफैँलाई बचाओ ।”

    38“यो यहूदीहरूका राजा हो भनी” त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो ।

    39क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो, “के तिमी ख्रीष्‍ट होइनौ? हामीलाई र आफैँलाई बचाऊ ।”

  • लू 23:33-35
    3 पदहरू
    79%

    33जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँ र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे ।

    34येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।

    35मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए, “यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई त बचायो, अब आफैँलाई बचाओस् ।”

  • मर 15:35-36
    2 पदहरू
    79%

    35त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।”

    36कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”

  • मर 15:23-24
    2 पदहरू
    78%

    23तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन ।

    24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।

  • यूह 19:29-30
    2 पदहरू
    77%

    29अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो । त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए ।

    30जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो ।

  • 21खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए ।

  • मर 15:29-32
    4 पदहरू
    75%

    29त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,

    30आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ!”

    31त्यसै गरी, मुख्य पुजारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन ।

    32इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।

  • मत्त 27:28-31
    4 पदहरू
    75%

    28तिनीहरूले उहाँको वस्‍त्र खोलिदिए र उनलाई लाल वस्‍त्र लगाइदिए ।

    29तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम!”

    30तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए ।

    31तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे ।

  • मर 15:17-20
    4 पदहरू
    74%

    17तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।

    18तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले ।

    19तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके । तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके ।

    20जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए ।

  • 11हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।

  • 32किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्‍नेछन् ।

  • 63तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे ।

  • यूह 19:2-3
    2 पदहरू
    72%

    2सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए ।

    3तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।

  • 34तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्‍याउनेछन् । तर तिन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”

  • मर 15:26-27
    2 पदहरू
    70%

    26तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”

    27तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।

  • 7मलाई देख्‍ने सबैले मलाई गिज्याउँछन् । तिनीहरूले मेरो खिसी गर्छन् । तिनीहरूले मलाई हरेर आफ्‍नो टाउको हल्लाउँछन् ।

  • 32तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए ।