लूका 24:36
जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
37तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे ।
38येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ?
39मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
40जब उहाँले यो भनी सक्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हातहरू र गोडा देखाउनुभयो ।
41तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”
26आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति!”
27त्यसपछि उहाँले थोमालाई भन्नुभयो, “तिम्रा औला यहाँ हाल, र मेरा हातहरू हेर अनि मेरो कोखामा तिम्रो हात हाल, अविश्वासी नहोऊ, तर विश्वास गर ।”
19हप्ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू जहाँ बसेका थिए, त्यसका ढोकाहरू बन्द गरिएको हुँदा, येशू आउनुभयो र तिनीहरूका बिचमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!”
20जब उहाँले तिनीहरूलाई यो भन्नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।
21तब येशूले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”
28तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो ।
29तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्नुहोस् किनकि साँझ परिसक्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले, येशू तिनीहरूसँगै बस्न जानुभयो ।
30जब उहाँ तिनीहरूसँग खान बस्नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष् माग्नुभयो र यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
31तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका दृष्टिबाट हराउनुभयो ।
32तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र?”
33त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना एक आपसमा र उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए,
34तिनीहरूले भने, “प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
35त्यसकारण, बाटोमा जे भएको थियो, ती कुराहरू तिनीहरूले बताए र कसरी येशूले रोटी भाँच्ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो, सो पनि बताए ।
48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्न चाहनुभयो ।
49तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्च्याए,
50किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्नुभयो, “साहसी होओ । म नै हुँ । नडराओ ।”
51उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।
14जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
15तिनीहरू छलफल र एकसाथ प्रश्न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
16तर तिनीहरूका आँखा उहाँलाई नचिन्ने बनाइएका थिए ।
17येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
25बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो ।
26जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्च्याउन थाले ।
27तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।”
4जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
5ती स्त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्त्रीहरूलाई भने, “किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ?”
6उहाँ यहाँ हुनुहुन्न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ ।
9हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्नुभयो, “सबैलाई अभिवादन छ ।” ती स्त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे ।
10त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”
20तर पनि उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ ।”
12[टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
39अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्नुभयो, “शान्त हो र रोकिजा ।” अनि बतास चल्न रोकियो र त्यहाँ सन्नाटा छायो ।
40उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्वास छैन?”
7अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्नुभयो, “उठ र नडराओ ।”
43येशूले त्यसलाई लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
25म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
50त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो ।
51त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
45तब तिनीहरूले धर्मशास्त्र बुझ्न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
6तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
24हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
19येशूले तिनीहरूलाई भन्नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्वरको अगाडि काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो ।
26येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्यसपछि त्यहाँ पुरै शान्ति छायो ।