लूका 3:2

अनलक शाब्दिक बाइबल

हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा, जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 4:6 : 6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।
  • यूह 18:24 : 24 अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए ।
  • मत्त 26:3 : 3 त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।
  • लू 1:80 : 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।
  • योना 1:1 : 1 ¶ अब अमित्तैका छोरा योनाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
  • मीका 1:1 : 1 ¶ यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए ।
  • सप 1:1 : 1 ¶ अमोनका छोरा, यहूदाका राजा योशियाहको समयमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको परमप्रभुको वचन यही हो ।
  • मत्त 3:1-9 : 1 ¶ ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए, 2 “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।” 3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।” 4 अब यूहन्‍नाले उँटको रौँका वस्‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । उनका खानेकुरा सलह र वन-मह थिए । 5 त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए । 6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए । 7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो? 8 पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाओ । 9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ । 10 रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
  • मत्त 11:7 : 7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई?
  • यशा 40:3 : 3 एउटा आवाजले कराउँछ, “उजाड-स्‍थानमा परमप्रभुको बाटो तयार पार । अरबमा हाम्रा परमेश्‍वरको निम्ति मुल बाटो सोझो बनाओ ।”
  • यिर्मि 1:2 : 2 यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।
  • यिर्मि 2:1 : 1 ¶ परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
  • यहे 1:3 : 3 कल्दीहरूको देशमा कबार नहरको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पुजारीकहाँ आयो, र त्‍यहाँ परमप्रभुको हात तिनीमाथि थियो ।
  • हो 1:1-2 : 1 ¶ यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामको समयमा बेरीको छोरो होशेकहाँ आऐको परमप्रभुको वचन यही हो, 2 जब परमप्रभु पहिलो पटक होशेद्वारा बोल्‍नुभयो, तब उहाँले तिनलाई यसो भन्‍नुभयो, “जा अनि एउटा वेश्‍यालाई आफ्नो पत्‍नी बना । त्यसले आफ्नो वेश्‍यागमनको फलस्वरूप छोराछोरी जन्माउनेछे । किनकि देशले परमप्रभुलाई त्यागेर ठुलो वेश्‍यागमन गरिरहेको छ ।”
  • लू 3:3-9 : 3 उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे । 4 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ । 5 हरेक उपत्यका बनाइनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र नराम्रा बाटोहरू राम्रा बनाइनेछन् । 6 सबै मानिसहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।” 7 यसकारण, यूहन्‍नाले उनीकहाँ बप्‍तिस्‍मा लिन आइरहेको ठुलो भिडलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई परमेश्‍वरको आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेताउनी दियो? 8 पश्‍चात्ताप योग्यको फल फलाओ र आफ्नो मनमा हाम्रा पिता त अब्राहाम हुन् भन्‍न छोड, किनभने परमेश्‍वरले यी चट्टानहरूबाट पनि अब्राहामको निम्ति सन्तान खडा गर्न सक्‍नुहुन्छ । 9 रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।” 10 तब भिडबाट मानिसहरूले यसो भन्दै सोधे, “त्यसो भए हामीले के गर्ने त?” 11 उनले तिनीहरूलाई जवाफ दिए, “दुई जोर दौरा हुनेले नहुनेलाई दिओस् । त्यसै गरी, जससँग खानेकुरा छ, त्यसले नहुनेलाई दिओस् ।” 12 त्यसपछि केही कर उठाउनेहरू पनि उनीकहाँ बप्‍तिस्मा लिन आए र भने, “गुरु, हामीले के गर्ने नि?” 13 उनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूले उठाउनुपर्ने भन्दा बढी पैसा नउठाउनू ।” 14 केही सिपाहीहरू पनि आएर सोधे, “हाम्रो बारेमा नि? हामीले के गर्ने?” उनले तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ, तर आफ्ना तलबमा नै सन्तुष्‍ट होओ ।” 15 तब मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्‍ना नै पो ख्रीष्‍ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो । 16 यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्‍तिशाली व्यक्‍ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ । 17 उहाँको खला सफा गर्न र अन्‍नलाई भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।
  • यूह 1:23 : 23 उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्‍ताले भने ।”
  • यूह 11:49-51 : 49 तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ । 50 सम्पूर्ण राष्‍ट्र नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।” 51 अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्‍ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए ।
  • यूह 18:13-14 : 13 तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए । 14 मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।
  • लू 1:59-63 : 59 अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे । 60 तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।” 61 तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन ।” 62 तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे । 63 उनले लेख्‍नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्‍ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।
  • मर 1:3-5 : 3 “उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।” 4 यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए । 5 यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 3:1-3
    3 पदहरू
    79%

    1¶ ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,

    2“पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”

    3किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”

  • 1¶ कैसर तिबेरियसको पन्ध्रौँ वर्षमा, जति बेला पन्तियस पिलातस यहूदियाका शासक थिए, हेरोद गालीलका शासक र उनका भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए । लुसानियास अबिलेनेका शासक थिए ।

  • प्रेरि 4:5-6
    2 पदहरू
    76%

    5अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्‍त्रीहरू यरूशलेममा जम्मा भए ।

    6प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।

  • लू 3:3-4
    2 पदहरू
    76%

    3उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।

    4जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ ।

  • 13तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए ।

  • 5यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्‍नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो ।

  • लू 1:8-9
    2 पदहरू
    73%

    8एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए ।

    9त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्‍यो ।

  • 24अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए ।

  • 13त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।

  • मर 1:2-5
    4 पदहरू
    71%

    2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”

    3“उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”

    4यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए ।

    5यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।

  • 24किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।

  • 3त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।

  • 9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।

  • 24येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्‍नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे ।

  • मत्त 3:5-6
    2 पदहरू
    70%

    5त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनीकहाँ आए ।

    6तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।

  • 22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

  • 14अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो ।

  • 6परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।

  • 26तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

  • लू 3:20-21
    2 पदहरू
    68%

    20तर हेरोदले अझ बढी दुष्‍ट काम गरे । किनभने उनले यूहन्‍नालाई जेलमा हालेका थिए ।

    21यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै गर्दा, येशूलाई पनि बप्‍तिस्‍मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो, तब स्वर्ग खुल्यो ।

  • 27उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।

  • 67उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,

  • 28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।

  • 19यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ?” भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो ।

  • 15तब मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, कतै यूहन्‍ना नै पो ख्रीष्‍ट हुन् कि भनेर हरेकको मनमा दोधार भइरहेको थियो ।

  • 12अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।

  • 13तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।

  • 17उनी एलियाको आत्माको शक्‍तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।”

  • 53तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए ।

  • 23जब तिनको सेवाको समय समाप्‍त भयो, तब तिनी आफ्नो घरमा फर्किए ।

  • 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • 1¶ त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।

  • 1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।

  • 76हो, बालक तिमी, सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् ।

  • 2कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो ।

  • 2यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।

  • 1¶ प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?”

  • 11ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।

  • 2अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,

  • 1¶ दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय।