लूका 3:22

अनलक शाब्दिक बाइबल

पवित्र आत्मा उहाँमाथि ढुकुरजस्तै ओर्लनुभयो । त्यसै बेला स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्‍न छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ पत्रु 1:17-18 : 17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।” 18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।
  • यूह 1:32 : 32 यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।
  • मत्त 17:5 : 5 जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।”
  • भजन 2:7 : 7 परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।
  • लू 9:34-35 : 34 जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए । 35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”
  • यशा 42:1 : 1 ¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
  • मत्त 3:17 : 17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”
  • मत्त 12:18 : 18 “हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।
  • प्रेरि 10:38 : 38 ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो ।
  • १ पत्रु 2:4 : 4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ ।
  • कलस्सी 1:13 : 13 उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ ।
  • मत्त 27:43 : 43 उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”
  • लू 4:21 : 21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 3:13-17
    5 पदहरू
    91%

    13त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।

    14तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोक्‍न खोजिरहे, “मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ?”

    15येशूले जवाफ दिँदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पुरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।

    16उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो ।

    17हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”

  • मर 1:8-12
    5 पदहरू
    91%

    8मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।”

    9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।

    10जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो ।

    11अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”

    12त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो ।

  • 21यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्‍मा दिँदै गर्दा, येशूलाई पनि बप्‍तिस्‍मा दिइयो । जब उहाँले प्रार्थना गर्दै हुनुहुन्‍थ्‍यो, तब स्वर्ग खुल्यो ।

  • 81%

    17उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”

    18हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।

  • 5जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।”

  • यूह 1:30-34
    5 पदहरू
    80%

    30मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।

    31म उहाँलाई चिन्‍दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिँदै आएँ ।”

    32यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।

    33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’

    34मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”

  • 35बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”

  • 7बादल आयो र उहाँहरूलाई छोप्‍यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।”

  • 22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

  • 27एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए । व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो ।

  • 16यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्‍तिशाली व्यक्‍ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।

  • 1¶ तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो ।

  • 23येशूले आफैँ सिकाउन सुरु गर्नुहुँदा उहाँ तिस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, योसेफ एलीका छोरा थिए ।

  • मत्त 12:17-18
    2 पदहरू
    69%

    17ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,

    18“हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।

  • 9त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।

  • 1¶ ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,

  • यूह 3:34-35
    2 पदहरू
    69%

    34किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न ।

    35पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।

  • मर 1:2-3
    2 पदहरू
    68%

    2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”

    3“उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”

  • 3उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।

  • 6तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।

  • 11जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”

  • 11म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ ।

  • 3किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”

  • 26तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

  • 5कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।

  • 7परमप्रभुको एउटा आदेश म घोषणा गर्नेछु । उहाँले मलाई भन्‍नुभयो, “तिमी मेरो पुत्र हौ! आजको दिन म तिम्रो पिता भएको छु ।

  • 26हो, पिता, किनकि तपाईंको दृष्‍टिमा यही नै मनपर्दो थियो ।

  • 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • 28हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले यिनलाई महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”

  • 35अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ ।

  • 5के परमेश्‍वरले स्वर्गदूतहरूमध्ये कसैलाई कहिल्यै यसो भन्‍नुभयो र? “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु?” र फेरि, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन्?”

  • 3हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे ।

  • 32उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ ।

  • 19यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ ।