लूका 3:38

अनलक शाब्दिक बाइबल

एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्‍वरका छोरा थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 4:25-5:3 : 25 आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मलाई अर्को छोरा दिनुभएको छ ।” 26 शेतको एउटा छोरा भयो तिनले तिनको नाउँ एनोश राखे । त्यस बेलादेखि मानसिहरूले परमेश्‍वरको नाउँ पुकार्न सुरु गरे । 1 ¶ आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । 2 उहाँले तिनीहरूलाई नर र नारी सृष्‍टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्‍टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो । 3 आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
  • यशा 64:8 : 8 तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।
  • प्रेरि 17:26-29 : 26 उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो । 27 यसैकारण उनीहरूले तिनै परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँलाई खोजेर पाउनेछन् । वास्तवमा उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न । 28 किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ 29 यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नु हुँदैन ।
  • १ कोरि 15:45 : 45 त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो ।
  • १ कोरि 15:47 : 47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
  • उत्प 1:26-27 : 26 परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो प्रतिरूपमा बनाऔँ । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू, सारा पृथ्वी, र पृथ्वीमा घस्रने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” 27 परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो । उहाँले तिनलाई आफ्नै प्रतिरूपमा सृष्‍टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो ।
  • उत्प 2:7 : 7 परमप्रभु परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 3:23-37
    15 पदहरू
    85%

    23येशूले आफैँ सिकाउन सुरु गर्नुहुँदा उहाँ तिस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, योसेफ एलीका छोरा थिए ।

    24मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना,

    25मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम र इसली नग्गैका छोरा थिए,

    26माथका छोरा नग्गै, मत्ताथियासका छोरा, माथ मत्ताथियासका छोरा, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए,

    27योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल,

    28मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर्‍का छोरा एलमादम थिए,

    29यहोशूका छोरा एर्, एलिएजरका यहोशू, योरीमका छोरा एलिएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए,

    30शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान,

    31मलेआका छोरा एल्याकीम, मिन्‍नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्‍ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,

    32यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन,

    33अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, हेस्रोनका छोरा आराम, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,

    34याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,

    35सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर,

    36केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,

    37मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,

  • १ इति 1:1-3
    3 पदहरू
    77%

    1¶ आदम, शेत, एनोश,

    2केनान, महलालेल, येरेद,

    3हनोक, मतूशेलह, लेमेक ।

  • उत्प 5:3-8
    6 पदहरू
    75%

    3आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।

    4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।

    6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।

    7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    8शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।

  • उत्प 4:25-26
    2 पदहरू
    73%

    25आदमले तिनको पत्‍नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्‍वरले मलाई अर्को छोरा दिनुभएको छ ।”

    26शेतको एउटा छोरा भयो तिनले तिनको नाउँ एनोश राखे । त्यस बेलादेखि मानसिहरूले परमेश्‍वरको नाउँ पुकार्न सुरु गरे ।

  • मत्त 1:1-2
    2 पदहरू
    71%

    1¶ दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक ।

    2अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।

  • 18हनोकबाट ईराद जन्मिए । ईराद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने ।

  • 1¶ आदमका सन्तानहरूका विवरण यही हो । परमेश्‍वरले मानिसलाई सृष्‍टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो ।

  • मत्त 1:13-16
    4 पदहरू
    69%

    13यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।

    14आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।

    15एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए ।

    16याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्‍ट भनिन्छ ।

  • 3यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो ।

  • 22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।

  • १ इति 1:25-26
    2 पदहरू
    67%

    25एबेर, पेलेग, रऊ,

    26सरूग, नाहोर, तेरह,

  • 22ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।

  • 13यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्‍मेका थिए, तर परमेश्‍वरबाट जन्‍मेका थिए ।

  • 18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।

  • 15जसको पछाडि स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको छ ।

  • 10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • 1¶ हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।

  • 1¶ मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,