लूका 4:21

अनलक शाब्दिक बाइबल

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 13:14 : 14 तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
  • लू 10:23-24 : 23 चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो, “तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन् । 24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्‍ने इच्छा गरे र तिनीहरूले देखेनन्, तिमीहरूले सुनेको कुरा सुन्‍ने इच्छा गरे र पनि तिनीहरूले सुनेनन् ।”
  • यूह 4:25-26 : 25 स्‍त्रीले उहाँलाई भनिन्, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ, जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।” 26 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”
  • यूह 5:39 : 39 तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,
  • प्रेरि 2:16-18 : 16 तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको छः 17 ‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् । 18 ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
  • प्रेरि 2:29-33 : 29 हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु∶ तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । 30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । 31 तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’ 32 यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ । 33 यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ ।
  • प्रेरि 3:18 : 18 तर उहाँका ख्रीष्‍टले दु∶ख भोग्‍नुपर्छ भनी ती सबै अगमवक्‍ताहरूका मुखबाट परमेश्‍वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 4:14-20
    7 पदहरू
    86%

    14त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।

    15उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।

    16एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो ।

    17उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।

    18“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,

    19र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”

    20त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो ।

  • लू 4:22-23
    2 पदहरू
    79%

    22उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस ‍योसेफका छोरा होइनन् र?

    23येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”

  • मर 6:1-2
    2 पदहरू
    74%

    1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

    2जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?”

  • 14यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पुरा हुनको निम्ति यस्तो भयो,

  • 4अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो,

  • 17ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,

  • 21र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।

  • 44त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।

  • 1¶ सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्‍नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।

  • 27तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।

  • 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • 54तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन्?

  • 28जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।

  • लू 4:30-32
    3 पदहरू
    71%

    30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।

    31त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।

    32तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो ।

  • 41यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।

  • 14तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।

  • 28उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।

  • लू 7:21-22
    2 पदहरू
    70%

    21त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो ।

    22येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिँडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, कान नसुन्‍नेहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन् र आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको छ ।

  • 26सबै जना अचम्मित भए र परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।

  • 44उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”

  • 22अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पुरा हुनलाई यी सबै भए,

  • 45सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

  • 2उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

  • 22यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।

  • 2उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,

  • 11भिडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्‍ता ।”

  • 38सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे ।

  • लू 1:64-65
    2 पदहरू
    69%

    64तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्‍वरको प्रशंसा गरे ।

    65तिनीहरूका वरिपरि बस्‍नेहरूको बिचमा भय उत्पन्‍न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो ।

  • 16तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् ।

  • 38यशैया अगमवक्‍ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ? र परमेश्‍वरको बाहुली कसलाई प्रकट गरिएको छ?”

  • 1¶ थियोफिलस, मैले पहिला लेखेको पुस्तकले येशूलाई माथि नलगिएसम्म उहाँले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताएको छ ।

  • 2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”

  • 19येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्‍वरको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो ।

  • 39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।

  • मर 7:34-35
    2 पदहरू
    68%

    34उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्‍नुभयो र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।”

    35तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो ।

  • 1¶ परमप्रभु परमेश्‍वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्‍टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ ।

  • 1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।