लूका 6:1

अनलक शाब्दिक बाइबल

¶ अब विश्रामको दिनमा यस्तो भयो कि येशू चेलाहरूसँग अन्‍नको खेतको बाटो भएर जाँदै गर्नुहुँदा तिनीहरूले हातले अन्‍नका बाला टिप्दै र तिनीहरूका हातमा माडिरहेका र अन्‍न खाइरहेका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 23:25 : 25 तिमीहरू आफ्नो छिमेकीको अन्‍न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्‍नका बाला टिप्‍न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।
  • मत्त 12:1-8 : 1 ¶ त्यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे । 2 तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।” 3 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ? 4 कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो? 5 र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र? 6 तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ । 7 ‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्‍ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ । 8 किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”
  • मर 2:23-28 : 23 शबाथ-दिन येशू अन्‍नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले । 24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?” 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?” 26 अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए? 27 येशूले भन्‍नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन । 28 यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो ।”
  • लैव्य 23:10-11 : 10 “इस्राएलका मानिसहरूलाई यसो भन्, ‘मैले तिमीहरूलाई दिन लागेको देशमा तिमीहरू पुगेर त्यहाँ फसलको कटनी गरेपछि तिमीहरूले बालीको पहिलो फलको एक बिटा पुजारीकहाँ ल्याउनू । 11 त्यसले त्यो बालीको बिटालाई परमप्रभुको अगि डोलाउने छ र तिमीहरूका निम्ति त्यो स्वीकारियोस् भनेर त्यसले त्यो उहाँलाई अर्पण गर्ने छ । शबाथपछिको दिनमा पुजारीले त्यो डोलाएर मलाई अर्पण गर्ने छ ।
  • लैव्य 23:15 : 15 शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।
  • निर्ग 12:15 : 15 सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू । पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू ।
  • लैव्य 23:7 : 7 पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 2:23-27
    5 पदहरू
    91%

    23शबाथ-दिन येशू अन्‍नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले ।

    24अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”

    25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”

    26अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए?

    27येशूले भन्‍नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन ।

  • मत्त 12:1-5
    5 पदहरू
    90%

    1¶ त्यति बेला शबाथको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे ।

    2तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”

    3तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?

    4कसरी उनी परमेश्‍वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो?

    5र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र?

  • लू 6:2-10
    9 पदहरू
    88%

    2तर केही फरिसीहरूले भने, “किन तिमीहरूले विश्रामको दिनमा व्यवस्थाअनुसार गर्न नहुने काम गरिरहेका छौ?”

    3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?

    4तिनी परमेश्‍वरको भवनभित्र पसेर पूजारीहरूले बाहेक अरूले खान निषेध गरिएको परमेश्‍वरको उपस्थितिको रोटीबाट आफूले केही खाए र केही आफूसँग भएका मानिसहरूलाई पनि दिए ।”

    5तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हो ।”

    6अर्को विश्राममा यसो भयो कि उहाँ सभाघरमा जानुभयो र त्यहाँ भएका मानिसहरूलाई सिकाउनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो ।

    7उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई नियाली राखेका थिए ताकि तिनीहरूले उहाँलाई केही गल्ती गरेको कारण दोष भेट्टाउन सकियोस् ।

    8तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र सबैका बिचमा खडा होऊ ।” त्यसकारण, त्यो मानिस उठ्यो र त्यहाँ सबैका बिचमा उभियो ।

    9येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?”

    10तब उहाँले तिनीहरूका वरिपरि हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तेरो हात पसार् ।” उसले त्यसै गर्‍यो र उसको हात पहिलाको जस्तै भयो ।

  • 1¶ एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।

  • मत्त 12:9-12
    4 पदहरू
    74%

    9त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।

    10हेर, त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ?”

    11येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला?

    12त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।”

  • मर 7:1-2
    2 पदहरू
    74%

    1¶ यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए ।

    2तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे ।

  • 5फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”

  • 25तिमीहरू आफ्नो छिमेकीको अन्‍न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्‍नका बाला टिप्‍न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।

  • 10यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।

  • 2“किन तपाईंका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्?”

  • 4तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ; जीवन बचाउनु वा मार्नु के उचित हुन्छ?” तर उनीहरू चुप लागे ।

  • मर 6:1-2
    2 पदहरू
    71%

    1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

    2जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?”

  • 4(यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )

  • मर 3:1-2
    2 पदहरू
    71%

    1¶ उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो ।

    2उहाँले त्यसलाई शबाथको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।

  • 12अर्को दिन, जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो ।

  • 11निस्तार-चाडपछि त्यसै दिन तिनीहरूले त्यो भूमिको केही उब्जनीबाट अखमिरी रोटी र भुटेको अन्‍न खाए ।

  • 14येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।

  • मर 6:35-36
    2 पदहरू
    70%

    35जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।

    36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”

  • 3येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन?

  • 5उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र?”

  • 14तर सभाघरका शासकहरू क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले, शासकले जवाफ दिएर भिडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । यसैले, विश्रामको दिन होइन, अरू दिनमा आओ र निको होओ ।”

  • 1¶ ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,

  • 31उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन ।

  • 26छ दिनसम्म तिमीहरूले यो बटुल्नेछौ, तर सातौँ दिनचाहिँ शबाथ हो ।

  • 21र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।

  • 31त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो । विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो ।

  • 13यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्‍ह डाला भरे ।