लूका 6:41

अनलक शाब्दिक बाइबल

तिमीले तिम्रो भाइको आँखामा मात्र किन सानो कसिङ्गर देख्‍तछौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ किन देख्दैनौ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 8:7 : 7 [नोट यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्‍नमा त्यही नै पहिलो होस् ।”
  • याक 1:24 : 24 उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ ।
  • यूह 8:40-44 : 40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् । 41 तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्‍वर हुनुहुन्छ ।” 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो । 43 तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ । 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
  • रोमी 2:1 : 1 ¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।
  • रोमी 2:21-24 : 21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ? 22 तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ? 23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ? 24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।”
  • २ शमू 12:5-7 : 5 दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, त्‍यो मानिस जसले यसो गर्‍यो त्यो मारिन योग्य छ । 6 त्‍यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्‍ट कुरा गरेको छ र त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन ।” 7 त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।
  • २ शमू 20:9-9 : 9 त्यसैले योआबले अमासालाई भने, “हे मेरो भाइ, तिमीलाई ठिकै छ?” योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते । 10 अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् । योआबले अमासाको पेटमा रोपिदिए र तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो । योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् र अमासा मरे । यसरी योआब र तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए ।
  • २ शमू 20:20-21 : 20 त्यसैले योआबले जवाफ दिए र भने, “मैले सहर निल्‍ने वा नाश गर्ने कुरा मबाट दूर रहोस् । 21 त्यो सत्य होइन । तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्‍नो हात उठाएको छ । त्यसलाई मकहाँ सुम्‍पिदिनुहोस् र म सहरबाट पछि हट्ने छु ।” ती स्‍त्रीले योआबलाई भनिन्, “त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने छ ।”
  • १ राजा 2:32 : 32 तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।
  • १ इति 21:6 : 6 तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन, किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो ।
  • भजन 36:2 : 2 किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।
  • यिर्मि 17:9 : 9 कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ । यो रोगले ग्रस्त छ । यसलाई कसले बुझ्‍न सक्छ र?
  • यहे 18:28 : 28 किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्‍चय नै बाँच्‍नेछ, र ऊ मर्नेछैन ।
  • मत्त 7:3-5 : 3 र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ? 4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा छ? 5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्छौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 7:1-6
    6 पदहरू
    95%

    1¶ इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।

    2किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।

    3र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ?

    4तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिँ तिम्रो आफ्नै आँखामा छ?

    5ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्छौ ।

    6जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।

  • लू 6:42-43
    2 पदहरू
    94%

    42कसरी तिमीले आफ्नो भाइलाई भन्‍न सक्छौ, भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ जब कि तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल तब तिमीले तिम्रो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।

    43किनकि कुनै असल रुखले कुहिएको फल फलाउँदैन, न त कुहिएको रुखले असल फल फलाउन सक्छ ।

  • मत्त 6:22-23
    2 पदहरू
    74%

    22आँखा शरीरको निम्ति बत्ती हो । त्यसैकारण, यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ ।

    23तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला!

  • लू 6:39-40
    2 पदहरू
    73%

    39त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र?

    40एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।

  • लू 12:56-57
    2 पदहरू
    73%

    56पाखण्डीहरू हो, तिमीहरू जान्दछौ कि पृथ्वी र स्वर्गमा भएका चिह्नहरूलाई हेरेर, के हुँदै छ त्यो भन्‍न सक्दछौ, तर अहिलेको वर्तमान समयको विषयमा केही भन्‍न सक्दैनौँ?

    57तिम्रो आफ्नै लागि जे कुरा ठिक छ, त्यसमा किन न्याय गर्दैनौ?

  • लू 11:34-35
    2 पदहरू
    72%

    34तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो । तिम्रा आँखा असल छन् भने, तिम्रो पुरै शरीरले ज्योति पाउनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्‍नेछ ।

    35त्यसैकारण, होसियार रहो, कि तिमीमा भएको ज्योति अन्धकार नहोस् ।

  • 37कसैको न्याय नगर र तिम्रो न्याय गरिनेछैन । दोष नलगाऊ र तिमी दोषी ठहरिनेछैनौ; अरूलाई क्षमा देऊ र तिमीलाई पनि क्षमा गरिनेछ ।

  • 41येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।

  • 9यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।

  • 47यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ ।

  • मत्त 6:1-2
    2 पदहरू
    71%

    1¶ तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।

    2त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।

  • 23त्यसकारण, यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने,

  • 26ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।

  • गलाती 6:1-4
    4 पदहरू
    70%

    1¶ भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्‍तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्‍तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।

    2एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्‍टको व्यवस्थालाई पुरा गर्नेछौ ।

    3किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।

    4हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।

  • 29र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।

  • 3आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर ।

  • 46तिमीहरू मलाई किन “प्रभु, प्रभु” भन्दछौ, जब कि मैले भनेका कुराहरूचाहिँ तिमीहरूले पालना गर्दैनौ?

  • 24बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।

  • 11भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।

  • 15यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ । यदि उसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ ।

  • 10तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौँ ।

  • 41तिमीभित्र जे छ, त्यो कुरा गरिबलाई देओ र त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन् ।

  • 31मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।

  • 7वास्तवमा ख्रीष्‍टियानहरूका बिचमा कुनै पनि झगडा हुनु नै तिमीहरूको हार हो । बरु, किन अन्याय नसहनु? बरु, किन आफैँलाई ठगिन नदिनु?

  • 4के तिमीहरूले आफैँबिच न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?

  • याक 1:23-24
    2 पदहरू
    69%

    23किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो ।

    24उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ ।

  • 13यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।

  • 24ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ!

  • 1¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।

  • 18तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?

  • 38तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’

  • 7ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,

  • 4आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ ।

  • 16मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।

  • 39तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलास र कचौराको बाहिर सफा गर्दछौ, तर तिमीहरू भित्रपट्टि लोभ र खराब कुराले भरिएका छौ ।