लूका 9:13

अनलक शाब्दिक बाइबल

तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 4:42-43 : 42 बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।” 43 तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।”
  • नीति 11:24-25 : 24 जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ । 25 उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
  • मत्त 14:16-17 : 16 तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।” 17 उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”
  • मर 6:37-38 : 37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ र उनीहरूलाई खान दिऊँ?” 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”
  • यूह 6:5-9 : 5 येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्‍नुभयो, अनि उहाँले फिलिपलाई भन्‍नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने?” 6 (तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।) 7 फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।” 8 चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने, 9 “यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र?”
  • गिन 11:21-23 : 21 त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।' 22 के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने?” 23 परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बहुली छोटो भएको छ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 14:15-21
    7 पदहरू
    90%

    15जब साँझ पर्‍यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो । भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून् ।”

    16तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”

    17उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”

    18येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ ।”

    19अनि येशूले भिडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए ।

    20तिनीहरू सबैले खाए र टन्‍न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।

    21त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए ।

  • मर 6:35-38
    4 पदहरू
    88%

    35जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।

    36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”

    37तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ र उनीहरूलाई खान दिऊँ?”

    38उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”

  • यूह 6:7-13
    7 पदहरू
    87%

    7फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।”

    8चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने,

    9“यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र?”

    10येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ ।” (त्यस ठाउँमा धेरै घाँस थियो ।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।

    11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।

    12जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”

    13यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्‍ह डाला भरे ।

  • लू 9:14-17
    4 पदहरू
    85%

    14त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।”

    15अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे ।

    16उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।

    17तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।

  • मत्त 15:32-38
    7 पदहरू
    85%

    32येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भिडमाथि दया लागेको छ, किनकि तिनीहरू तिन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नख्वाईकन यहाँबाट पठाउन चाहन्‍नँ, अनि तिनीहरू बाटोमा मुर्छा पर्नेछैनन् ।”

    33चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौँ?”

    34येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।”

    35त्यसपछि येशूले भिडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो ।

    36उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए ।

    37मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।

    38स्‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार मानिस थिए ।

  • मर 8:4-9
    6 पदहरू
    83%

    4उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ?”

    5उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।”

    6उहाँले भिडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्‍नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।

    7तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।

    8तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।

    9त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।

  • 12दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”

  • मर 6:41-44
    4 पदहरू
    83%

    41जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।

    42तृप्‍त नहुन्जेल उनीहरू सबै जनाले खाए ।

    43तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।

    44त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए ।

  • 5येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्‍नुभयो, अनि उहाँले फिलिपलाई भन्‍नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने?”

  • मर 8:19-20
    2 पदहरू
    81%

    19जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”

    20“अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”

  • मर 8:1-2
    2 पदहरू
    81%

    1¶ ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,

    2“यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।

  • मत्त 16:8-10
    3 पदहरू
    81%

    8येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ?

    9पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?

    10अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ?

  • 5त्यसैले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”

  • 13येशू आउनुभयो र रोटी लिनुभयो, र तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।