लूका 9:29

अनलक शाब्दिक बाइबल

जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 34:29-35 : 29 मोशा आफ्ना हातमा करारका आज्ञाहरू लिखित दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्लंदा र तिनी परमेश्‍वरसित बोल्दा तिनको अनुहारको छाला चम्कँदै थियो भनी तिनलाई थाहै भएन । 30 जब हारून र इस्राएलीहरूले मोशालाई देखे तिनको अनुहार चम्कँदै थियो, र तिनीहरू तिनको नजिक आउन डराए । 31 तर मोशाले तिनीहरूलाई डाके, अनि हारूनसाथै समुदायका सबै अगुवा तिनीकहाँ आए । तब मोशा तिनीहरूसित बोले । 32 यसपछि इस्राएलका सबै मानिस मोशाकहाँ आए, अनि परमप्रभुले सीनै पर्वतमा तिनलाई बताउनुभएका सबै आज्ञा तिनले मानिसहरूलाई बताए । 33 तिनीहरूसित बोलिसकेपछि मोशाले आफ्नो अनुहारमा घुम्टो हाले । 34 मोशा परमप्रभुको सामु उहाँसित बोल्न जाँदा तिनी बाहिर नआउञ्‍जेलसम्म तिनले घुम्टो उघार्थे । तिनी बाहिर आउँदा तिनलाई बताउन आज्ञा गरिएको कुरा तिनले इस्राएलीहरूलाई बताउँथे । 35 इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे ।
  • यशा 33:17 : 17 तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्‍नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्‍नेछन् ।
  • यशा 53:2 : 2 किनकि कलिलो बिरूवाजस्तै र सुख्‍खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्‍वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
  • मत्त 17:2 : 2 उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो ।
  • मर 9:2-3 : 2 ६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो । 3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो ।
  • मर 16:12 : 12 [टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
  • यूह 1:14 : 14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
  • प्रेरि 6:15 : 15 परिषद्‍मा जम्मा भएका हरेकको आँखा तिनमा केन्द्रित भयो र तिनको मोहोडा स्वर्गदूतको झैँ देखियो ।
  • फिलि 3:7-8 : 7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु । 8 वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । मैले ती कुराहरूलाई काम नलाग्‍ने ठान्दछु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ,
  • २ पत्रु 1:16-18 : 16 किनकि हामीले येशू ख्रीष्‍टको शक्‍ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ । 17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।” 18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।
  • प्रका 1:13-16 : 13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो । 14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए । 15 उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो । 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।
  • प्रका 20:11 : 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 17:1-6
    6 पदहरू
    87%

    1¶ छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो ।

    2उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो ।

    3हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे ।

    4पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तिनवटा वासस्‍थान बनाउनेछु– एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”

    5जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।”

    6जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए ।

  • मर 9:1-9
    9 पदहरू
    85%

    1¶ उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन् ।

    2६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।

    3उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो ।

    4त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए ।

    5पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्‍न राम्रो छ । त्यसैले, यहाँ हामी तिनवटा बस्‍ने ठाउँ बनाऔँ: एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”

    6(तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)

    7बादल आयो र उहाँहरूलाई छोप्‍यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।”

    8अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।

    9उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।

  • 28लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो ।

  • लू 9:30-37
    8 पदहरू
    83%

    30हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए! तिनीहरू मोशा र एलिया थिए,

    31जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो ।

    32अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।

    33तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन् ।

    34जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए ।

    35बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन् । यिनको कुरा सुन ।”

    36जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।

    37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।

  • 3तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो ।

  • 15परिषद्‍मा जम्मा भएका हरेकको आँखा तिनमा केन्द्रित भयो र तिनको मोहोडा स्वर्गदूतको झैँ देखियो ।

  • प्रेरि 1:9-10
    2 पदहरू
    73%

    9येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा उहाँलाई माथि उठाइयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो ।

    10उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला सेतो वस्‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए ।

  • 3तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो ।

  • मत्त 17:8-9
    2 पदहरू
    71%

    8त्यसपछि उनीहरूले माथि हेरे, तर येशूलाई बाहेक अरू कसैलाई देखेनन् ।

    9जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।”

  • 71%

    17उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”

    18हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौँ ।

  • 12उहाँ डाँडामा प्रार्थना गर्न जानुभएको बेला ती दिनहरूमा यसो भएको हो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थनामा बिताउनुभयो ।

  • 30कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।

  • 18जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भिडले म को हुँ भनी भन्दछ?”

  • 4जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।

  • 41उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,

  • 29मोशा आफ्ना हातमा करारका आज्ञाहरू लिखित दुईवटा शिला-पाटी लिएर पर्वतबाट तल ओर्लंदा र तिनी परमेश्‍वरसित बोल्दा तिनको अनुहारको छाला चम्कँदै थियो भनी तिनलाई थाहै भएन ।

  • 33उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो ।

  • 35इस्राएलीहरूले मोशाको अनुहार चम्किरहेको देख्दा तिनी परमप्रभुसित बोल्नलाई भित्र नगएसम्म तिनले फेरि आफ्नो अनुहारमा घुम्टो हाल्थे ।

  • 35उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो ।

  • 23उहाँले भिडलाई पठाइसक्‍नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो ।

  • 7शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे ।

  • 43तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्‍ति दिए ।

  • 17म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ ।

  • 9मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने सुनेनन् ।

  • 6म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।

  • 8जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।