मरकुस 10:49
येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, “साहस गर! खडा होऊ! उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
50त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।
51येशूले त्यसलाई जवाफ दिनुभयो र भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्टि प्राप्त गर्न चाहन्छु ।”
52येशूले त्यसलाई भन्नुभयो, “जाऊ! तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।” त्यो तुरुन्तै फेरि देख्न सक्यो र त्यो उहाँको पछिपछि गयो ।
35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
36त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ?”
37तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”
38त्यसपछि त्यो दृष्टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
39भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्टिविहीन मानिसलाई हकारेर चुप लाग्न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
40येशू टक्क उभिनुभयो र त्यस दृष्टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्नुभयो,
41“मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्न चाहन्छु ।”
42येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
43तुरुन्तै उसले देख्न सक्यो र परमेश्वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे ।
46उहाँहरू यरीहोमा आउनुभयो । र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै दृष्टिविहीन भिखारी बाटोमा बसेको थियो ।
47जब त्यसले येशू नासरी भन्ने सुने, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
48धेरैले चुप लाग भनी त्यो दृष्टिविहीन मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
30र दुई जना दृष्टिविहीन बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्च्याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
31तिनीहरूलाई चुप रहन भन्दै भिडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराएर भन्यो, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
32तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”
33तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”
34तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्टि प्राप्त गरे र उहाँलाई पछ्याए ।
27तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।
22उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।
23येशूले त्यस दृष्टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्नुभयो, र त्यसमाथि आफ्नो हात राख्नुभयो, उहाँले त्यसलाई सोध्नुभयो, “के तिमीले कुनै कुरा देख्छौ?”
14तब उहाँ अगाडि आउनुभयो र मृतकलाई छुनुभयो र शरीरलाई बोक्नेहरू टक्क अडिए । उहाँले भन्नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”
27जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना दृष्टिविहीनले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराइरहे र यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस् ।”
28जब येशू घरभित्र आउनुभयो, ती दृष्टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”
29त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूले विश्वास गरेअनुसार तिमीहरूका निम्ति यो गरियोस् ।”
8त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्नेहरूले भने, “त्यो बसेर भिख माग्ने गर्ने के यही नै होइन?”
7अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्नुभयो, “उठ र नडराओ ।”
8येशूले त्यसलाई भन्नुभयो, “उठ, आफ्नो चकटी लेऊ, र हिँड ।”
54तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो, “नानी उठ ।”
1¶ येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्नुभयो ।
19उहाँले त्यसलाई भन्नुभयो, “उठ र आफ्नो बाटो जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
10यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो ।
43उहाँले यी कुराहरू भन्नुभएपछि उहाँले ठुलो सोरमा भन्नुभयो, “लाजरस, बाहिर आऊ!”
25उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो र त्यसले सबै थोक स्पष्टसँग देख्यो ।
9येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
10तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?”
11त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्टि पाएँ ।”
35तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्नुभयो, “के तिमी मानिसका पुत्रमा विश्वास गर्छौ?”
26तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्यो? उसले तिम्रा आँखा कसरी खोलिदिए?”
11“म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।”
17त्यसकारण, तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ ।”
41उहाँले बालिकालाई हात समातेर तिनलाई भन्नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।”
5दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
22अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्ने व्यक्ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्ने व्यक्ति बोल्न सक्ने र देख्न सक्ने भयो ।
3येशूले हात सुकेको मानिसलाई भन्नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।”
32तिनीहरूले सुन्न नसक्ने र बोल्न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।
34उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्नुभयो र त्यसलाई भन्नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा ।”
15जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।