मरकुस 15:38

अनलक शाब्दिक बाइबल

मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 23:45 : 45 सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।
  • इब्रा 4:14-16 : 14 त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्‍वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्‍वासलाई दृढतासाथ थामिराखौँ । 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ । 16 तब हामी परमेश्‍वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।
  • इब्रा 6:19 : 19 हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्‍चयतामा गाडिएको छ, यस्तो निश्‍चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
  • इब्रा 9:3-9 : 3 पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो । 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्‍न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए । 5 करारको सन्दुकको माथि ईश्‍वरीय महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ । 6 यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे । 7 तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् । 8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन । 9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् । 10 ती विभिन्‍न किसिमका उत्सवका शुद्धिकरणहरू खाने र पिउने कुरासँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जसलाई नयाँ प्रकारले सृजना नगरेसम्म क्रमिक रूपमा राखिएको थियो । 11 ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो । 12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो ।
  • इब्रा 10:19-23 : 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ । 20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ । 21 र परमेश्‍वरको घरमा हामीसँग महान् पुजारी हुनुभएकोले 22 हाम्रो हृदयका अशुद्ध विवेकलाई छिट्काउद्वारा हाम्रो शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ हामी साँचो हृदय लिएर नजिक जाऔँ । 23 हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ ।
  • निर्ग 26:31-34 : 31 निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडाबाट करूबहरूको रचनासमेत भएको एउटा पर्दा बनाउनू । यो सिपालु शिल्कारको काम होस् । 32 सुनले मोहोरिएको बबुल काठको चारवटा खम्बामा यस पर्दालाई झुण्ड्याउनू । यी खम्बाहरूमा सुनका अङ्कुसेहरू हुनुपर्छ जसमा चारवटा चाँदीका आधार राखिएका होऊन् । 33 पर्दालाई अङ्कुसेमुनि झुण्ड्याउनू, र गवाहीको सन्दुकलाई यसभित्र ल्याउनू । यो पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नुपर्छ । 34 प्रायश्‍चित्तको ढकनीलाई गवाहीको सन्दुकमाथि राख्‍नू जसलाई महा-पवित्रस्थानमा राखिन्छ ।
  • निर्ग 40:20-21 : 20 तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले 21 सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्‍चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्‍ने पर्दा टाँगे ।
  • लैव्य 16:2-9 : 2 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरा दाजु हारूनलाई मनपरी समयमा सन्दूकमाथिको प्रायश्‍चित्त-आसनको अगि पर्दाभित्रको महा-पवित्र स्थानमा नआओस् भन् । त्यसले त्यस्तो गरे त्यो मर्ने छ, किनभने प्रायश्‍चित्त-आसनमाथि बादलमा म प्रकट हुने छु । 3 यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् । 4 त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्‍त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् । 5 त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् । 6 अनि हारूनले साँढेलाई पापबलिको रूपमा अर्पण गरोस्, जुन त्यो आफै र आफ्‍नो परिवारको लागि प्रायश्‍चित्त गर्नका निम्ति हुने छ । 7 त्यसपछि त्यसले दुईवटा बोका लिएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको अगि तयार गरोस् । 8 अनि हारूनले ती दुई बोकाका निम्ति चिट्ठा हालोस्, एउटा चिट्ठाचाहिँ परमप्रभुको निम्ति अर्पण गर्नलाई, र अर्कोचाहिँ छोडिने बोकाको निम्ति । 9 चिट्ठामा परमप्रभुको भागमा परेको बोकालाई हारूनले पापबलिको निम्ति अर्पण गरोस् । 10 तर छोडिनको निम्ति चिट्ठा परेको बोकालाईचाहिँ उजाड-स्थानमा छोडेर प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको अगि जीवितै ल्याइयोस् । 11 त्यसपछि हारूनले आफ्‍नै निम्ति साँढेलाई पापबलिको रूपमा अर्पण गरोस् । त्यसले आफ्नो र आफ्नो परिवारको निम्ति प्रायश्‍चित्त गरोस्, र यसैकारण आफ्नै निम्ति पापबलिको रूपमा त्यसले साँढेलाई मारोस् । 12 हारूनले वेदीबाट आगोका फिलिङ्गाहरूले भरिएको एउटा धुपौरो र आफ्ना हातमा मसिनो गरी पिसिएको सुगन्धित धुप लिएर पर्दाभित्र परमप्रभुको सामु ल्याओस् । 13 त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्‍चित्त-आसनलाई त्यस धुपबाट निस्‍केको बादलले ढाकोस् । त्यो नमरोस् भनेर त्यसले यो गरोस् । 14 अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्‍चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्‍चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् । 15 त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्यसको रगत पर्दाभित्र ल्याओस् । त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्यस्‍तै गरोस्, अर्थात् त्यसले त्यो रगत प्रायश्‍चित्त-आसनमाथि र त्यसपछि प्रायश्‍चित्त-आसनको सामु छर्कोस् । 16 इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस् । त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ । 17 हारून महा-पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् । 18 परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस् र त्यसको निम्ति प्रायश्‍चित्त गरोस्, र साँढे र बोकाको केही रगत लिएर त्यसले वेदीका सिङहरूका चारैतिर लगाओस् । 19 त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
  • २ इति 3:8-9 : 8 तिनले महा-पवित्रस्‍थानको निर्माण गरे । यसको लम्बाइ मन्‍दिरको चौडाइ बराबर बिस हात र यसको चौडाइ पनि बिस हात थियो । त्‍यसको भित्रपट्टि तिनले बिस टन निखुर सुनको जलप लगाए । 9 कीलाहरूको ओजन पचास शेकेल सुनबाट बनेका थिए । तिनले त्यसका माथिल्‍ला सतहमा पनि सुनको जलप लगाए । 10 तिनले महा-पवित्रस्‍थानको निम्ति दुई करूबका प्रतिरूप बनाए । कालिगरहरूले तिनमा सुनको जलप लगाए । 11 यी करूबका पखेटाहरू एक छेउदेखि अर्को छेउसम्‍म बीस हात लामा थिए । एउटा करूबको एउटा पखेटा कोठाको भित्तालाई छुने गरी पाँच हातको थियो । यसै गरी अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो । 12 अर्को करूबको एउटा पखेटा मन्‍दिरको भित्ता छुने गरी पाँच हातको थियो । त्‍यसको अर्को पखेटाचाहिं अर्को करूबको पखेटा छुने गरी पाँच हातकै थियो । 13 यी करूबका पखेटा बीस हातसम्‍म फिंजिएका थिए । करूबहरू आफ्‍ना खुट्टामा उभिएका थिए, र तिनीहरूका मुख मन्‍दिरको मुख्‍य सभा कोठातिर फर्केका थिए । 14 तिनले नीलो, बैजनी र रातो रङ्गको ऊनी धागो र मलमलको कपडाको पर्दा बनाए, र तिनले त्‍यसमा बुट्टा भरेका करूबहरू बनाए ।
  • मत्त 27:51-53 : 51 हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए । 52 चिहानहरू उघारिए, र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए । 53 उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 27:50-51
    2 पदहरू
    91%

    50त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो ।

    51हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए ।

  • लू 23:44-47
    4 पदहरू
    88%

    44यो छैठौँ घडीको बेला थियो, र नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।

    45सूर्यले प्रकाश दिन छोड्यो । त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो ।

    46येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”

    47जब कप्‍तानले जे भइरहेको थियो सो देखे, उनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।”

  • मर 15:32-37
    6 पदहरू
    82%

    32इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।

    33छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो ।

    34नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको?” भन्‍ने हुन्छ ।

    35त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ ।”

    36कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए । त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त ।”

    37तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो ।

  • 39जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए ।”

  • 63प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र?

  • 54अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”

  • मत्त 27:45-46
    2 पदहरू
    74%

    45अब मध्यान्‍नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो ।

    46तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ?”

  • 30जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो ।

  • मर 15:24-30
    7 पदहरू
    71%

    24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।

    25तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो ।

    26तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”

    27तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि ।

    28[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो ।

    29त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,

    30आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ!”

  • यूह 19:23-24
    2 पदहरू
    70%

    23सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए । हरेक सिपाहीको लागि एक-एक भाग पर्‍यो र लबेदा पनि । अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो ।

    24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले ।”

  • 35जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

  • 65त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।

  • 40“तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल!”

  • मर 15:44-46
    3 पदहरू
    69%

    44येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।

    45जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए ।

    46योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे ।

  • 21तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।

  • 19येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”

  • 13तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस्!”

  • 34येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।

  • 1¶ हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?

  • 34तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो ।

  • 18मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।

  • 18त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे ।

  • 28यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”

  • 29जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।

  • 38दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”

  • 20र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।

  • 60र उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए ।

  • 37फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”

  • 58“यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्‍ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु ।’”

  • 52उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे ।

  • 35येशू रुनुभयो ।