मरकुस 4:13

अनलक शाब्दिक बाइबल

अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 3:19 : 19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।
  • मत्त 13:18-23 : 18 तब बिउ छर्नेको दृष्‍टान्त सुन । 19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो । 20 ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ । 21 तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ । 22 काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ । 23 असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”
  • मत्त 13:51-52 : 51 के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।” 52 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”
  • मत्त 15:15-17 : 15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।” 16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ? 17 के तिमीलाई थाहा छैन, कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ ।
  • मत्त 16:8-9 : 8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ? 9 पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?
  • मर 7:17-18 : 17 जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे । 18 येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन,
  • लू 8:11-15 : 11 अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो । 12 बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् । 13 त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् । 14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् । 15 तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
  • लू 24:25 : 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?
  • १ कोरि 3:1-2 : 1 ¶ अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैँ बोलेँ । 2 मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ ।
  • इब्रा 5:11-14 : 11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ । 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ । 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ । 14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्‍वताको बुझाइको तालिमले तिनीहरू दुष्‍टबाट असल छुट्‌ट्याउन सक्‍ने भएका हुन्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 4:9-12
    4 पदहरू
    83%

    9अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”

    10येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त दृष्‍टान्तको बारेमा उहाँसँग सोधे ।

    11उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा दृष्‍टान्तहरूमा दिइएको छ ।

    12त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”

  • मत्त 13:13-15
    3 पदहरू
    82%

    13त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।

    14तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।

    15किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’

  • लू 8:9-11
    3 पदहरू
    81%

    9त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।

    10येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’

    11अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।

  • 21उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”

  • मत्त 13:9-11
    3 पदहरू
    80%

    9जोसँग कान छ, उसले सुनोस् ।”

    10चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

    11येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।

  • 6येशूले यो दृष्‍टान्त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।

  • 18तब बिउ छर्नेको दृष्‍टान्त सुन ।

  • मत्त 15:15-16
    2 पदहरू
    78%

    15पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”

    16येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?

  • मर 4:33-34
    2 पदहरू
    78%

    33यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।

    34अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।

  • मर 8:17-18
    2 पदहरू
    77%

    17येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्?

    18तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?

  • मत्त 13:34-36
    3 पदहरू
    76%

    34येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।

    35योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”

    36तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”

  • मत्त 13:3-4
    2 पदहरू
    75%

    3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

    4जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।

  • 26उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्‍न त तिमीहरू सुन्‍नेछौ तर बुझ्दैनौ, देखेर देख्‍नेछौ तर सजग हुनेछैनौ ।

  • 45तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।

  • 30उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्‍टान्त प्रयोग गर्न सकिन्छ?

  • 14बिउ छर्नेले वचन छर्छ ।

  • 51के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।”

  • मर 4:23-24
    2 पदहरू
    74%

    23यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस् ।”

    24उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्छौ, किनभने त्यसमा ध्यान देओ, किनभने जुन नापले तिमीहरू नाप्‍छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ (मापन गरिनेछ), र यो तिमीहरूलाई थपिनेछ ।

  • मर 4:2-3
    2 पदहरू
    74%

    2उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

    3“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।

  • मर 7:16-17
    2 पदहरू
    73%

    16(नोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्‍ने कान छ भने त्यसले सुनोस् ।

    17जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।

  • 34उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।

  • 39त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र?

  • मर 4:26-27
    2 पदहरू
    73%

    26येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।

    27ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ ।

  • 32तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।

  • 18तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु?

  • 9उहाँले भन्‍नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्‍छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।'

  • 15जससँग सुन्‍ने कान छ, त्यसले सुनोस् ।

  • 45जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे ।

  • 41पत्रुसले भने, “प्रभु, के तपाईंले यो दृष्‍टान्‍त हामीलाई मात्रै भन्‍नुभएको हो, कि सबैलाई?”

  • 20उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?

  • 3येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो,