मरकुस 6:44
त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए ।
त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16तर येशूले उनीहरूलाई भन्नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”
17उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”
18येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ ।”
19अनि येशूले भिडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो । उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भिडहरूलाई दिए ।
20तिनीहरू सबैले खाए र टन्न भए । त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।
21त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए ।
33चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्ट पार्न हामीले कहाँबाट पर्याप्त रोटी पाउन सक्छौँ?”
34येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।”
35त्यसपछि येशूले भिडलाई भुइँमा बस्नलाई आज्ञा गर्नुभयो ।
36उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भिडलाई दिए ।
37मानिसहरू सबैले खाए र सन्तुष्ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री खाना जम्मा गरेर सात डाला भरे ।
38स्त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार मानिस थिए ।
7फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्त हुँदैन ।”
8चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने,
9“यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र?”
10येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाऊ ।” (त्यस ठाउँमा धेरै घाँस थियो ।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।
11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।
12जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”
13यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्ह डाला भरे ।
12दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”
13तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्नबाहेक अर्को उपाय छैन ।”
14त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए । उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्न लगाओ ।”
15अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे ।
16उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो ।
17तिनीहरू सबैले खाए र सन्तुष्ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे ।
40उनीहरू सय र पचासको समूह- समूहमा बसे ।
41जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष् दिनुभयो, र भाँच्नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।
42तृप्त नहुन्जेल उनीहरू सबै जनाले खाए ।
43तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।
4उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्त पार्न सक्ने पर्याप्त रोटी हामी कहाँ पाउन सक्छौँ?”
5उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।”
6उहाँले भिडलाई भुइँमा बस्न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।
7तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।
8तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।
9त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
35जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।
36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्न सकून् ।”
37तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्न जाऊँ र उनीहरूलाई खान दिऊँ?”
38उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”
19जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”
20“अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”
9पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?
10अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ?
5येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्नुभयो, अनि उहाँले फिलिपलाई भन्नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्न हामी कहाँ जाने?”
4तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्वास गरे र विश्वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
1¶ ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो,
2“यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
44त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्यो ।
45उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो ।
23तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए ।