मरकुस 8:16

अनलक शाब्दिक बाइबल

चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 16:7-8 : 7 चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।” 8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ?
  • लू 9:46 : 46 तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।
  • लू 20:5 : 5 उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 16:5-12
    8 पदहरू
    95%

    5चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से ।

    6येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

    7चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।”

    8येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनेँ भनेर भन्दछौ?

    9पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?

    10अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ?

    11मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”

    12त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।

  • मर 8:17-19
    3 पदहरू
    87%

    17येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्?

    18तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?

    19जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”

  • मर 8:14-15
    2 पदहरू
    79%

    14अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन ।

    15उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्‍नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”

  • 33चेलाहरूले उहाँलाई भने, “यस्तो मरुभूमि ठाउँमा यत्रो भिडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौँ?”

  • 52किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो ।

  • 21उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”

  • 16येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?

  • 8तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ?”

  • मर 6:35-38
    4 पदहरू
    76%

    35जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ ।

    36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”

    37तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ र उनीहरूलाई खान दिऊँ?”

    38उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”

  • मर 8:4-5
    2 पदहरू
    75%

    4उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न सक्‍ने पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौँ?”

    5उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।”

  • यूह 4:32-33
    2 पदहरू
    75%

    32तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”

    33त्‍यसकारण, चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”

  • 31तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?’

  • 22येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्‍ने कुरा जान्‍नुभयो र भन्‍नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ?

  • 20तब उहाँ घर जानुभयो, र फेरि धेरै भिड जम्मा भए । त्यसकारण, उहाँले खानसम्म पनि पाउनुभएन ।

  • लू 9:12-13
    2 पदहरू
    74%

    12दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ ।”

    13तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन । मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन ।”

  • मर 8:1-2
    2 पदहरू
    73%

    1¶ ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,

    2“यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।

  • 5उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’

  • मत्त 14:16-17
    2 पदहरू
    72%

    16तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”

    17उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”

  • 26येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।

  • 5येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्‍नुभयो, अनि उहाँले फिलिपलाई भन्‍नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने?”

  • 3येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?

  • 5त्यसैले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” उनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”

  • 41तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”

  • 33अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?”

  • 38येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ?

  • 15इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।

  • लू 9:45-46
    2 पदहरू
    71%

    45तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो । त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन् । तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।

    46तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो ।

  • 3तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?

  • 31उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन ।

  • 18त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्‍दैनौ ।”

  • 6तर त्यहाँ बसिरहेका शास्‍त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे ।