मरकुस 9:18

अनलक शाब्दिक बाइबल

र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 7:54 : 54 जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे ।
  • यहू 1:13 : 13 तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्‍जताको फिँज निकाल्दछन् । तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्त अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।
  • २ राजा 4:29-31 : 29 तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात् । तिनको घरमा जा । कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे । बालकको अनुहारमा मेरो लट्ठी राखिदे ।” 30 तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे । 31 गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्‍यो, तर बालकले बोलेन र सुनेन । त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, “बालक ब्युँझेको छैन ।”
  • अय्यू 16:9 : 9 परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।
  • भजन 112:10 : 10 दुष्‍ट व्यक्‍तिले यो देख्‍नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्‍ट मानिसहरूका इच्‍छा नष्‍ट हुनेछ ।
  • मत्त 8:12 : 12 तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
  • मत्त 15:22 : 22 र हेर, एउटी कनानी स्‍त्री त्यस क्षेत्रबाट बाहिर आइन् । तिनी चिच्‍च्‍याएर कराइन् र भनिन्, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्; मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छन् ।”
  • मत्त 17:16 : 16 मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर उनीहरूले उसलाई निको पार्न सकेनन् ।”
  • मत्त 17:19-20 : 19 त्यसपछि चेलाहरू गुप्‍तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ?” 20 येशूले उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको कमजोर विश्‍वासको कारण । किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन ।
  • मर 9:20 : 20 तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो ।
  • मर 9:26 : 26 यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्‍यो ।”
  • मर 9:28-29 : 28 जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ?” 29 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन ।”
  • मर 11:23 : 23 साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र समुद्रमा झर्’ भन्‍छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले मागेको कुरा हुन्छ भनी विश्‍वास गर्छ, परमेश्‍वरले त्यही नै गर्नुहुनेछ ।
  • लू 9:39-40 : 39 हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ । 40 मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 9:38-42
    5 पदहरू
    88%

    38हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो ।

    39हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ । यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ ।

    40मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन् ।”

    41येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु? तिम्रो छोरालाई यहाँ लेऊ ।”

    42त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो ।

  • मर 9:19-22
    4 पदहरू
    85%

    19उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ ।”

    20तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो ।

    21येशूले त्यसको बुबालाई सोध्‍नुभयो, “यस्तो भएको कति भयो?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।

    22यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्‍नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”

  • मर 9:16-17
    2 पदहरू
    81%

    16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”

    17भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन,

  • मत्त 17:14-19
    6 पदहरू
    80%

    14जब उहाँहरू भिड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो,

    15“प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ । किनकि ऊ प्रायः आगो वा पानीमा खस्दछ ।

    16मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर उनीहरूले उसलाई निको पार्न सकेनन् ।”

    17येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्‍ने? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने? उसलाई यता मकहाँ ल्याओ ।”

    18येशूले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडीबाट निको भयो ।

    19त्यसपछि चेलाहरू गुप्‍तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौँ?”

  • मर 9:25-29
    5 पदहरू
    80%

    25जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”

    26यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्‍यो ।”

    27तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।

    28जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ?”

    29उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन ।”

  • मर 5:3-5
    3 पदहरू
    75%

    3त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई रोक्‍न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्‍न पनि सकेको थिएन ।

    4त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।

    5हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।

  • मर 1:25-26
    2 पदहरू
    75%

    25येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!”

    26अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।

  • लू 8:28-29
    2 पदहरू
    75%

    28जब उसले येशूलाई देख्यो, ऊ चिच्‍च्‍यायो, उहाँको सामु लड्यो र उसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, तपाईंसँग मेरो के सरोकार? म बिन्ती गर्छु कि मलाई नसताउनुहोस् ।”

    29किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो, किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो । ऊ साङ्ग्ला र नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो र दुष्‍ट आत्माद्वारा मरुभूमितिर डोर्‍याइन्थ्यो ।

  • मत्त 9:32-33
    2 पदहरू
    75%

    32जब ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको बोल्न नसक्‍ने व्यक्‍तिलाई येशूकहाँ ल्याइयो ।

    33जब त्यो भूतात्मा धपाइयो, तब त्‍यो व्यक्‍ति बोल्यो । भिडहरू छक्‍क परे र भने, “इस्राएलमा यस्तो कहिल्‍यै देखिएको थिएन!”

  • 14त्यसपछि, येशूले बोल्न नसक्‍ने मानिसबाट भूतात्मा निकाल्नुभयो । जब भुतात्मा ऊबाट निस्क्यो र ऊ बोल्न थाल्यो । यो देखेर मानिसहरूको भिड छक्‍क पर्‍यो ।

  • लू 4:35-36
    2 पदहरू
    74%

    35येशूले दुष्‍टात्मालाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग् र त्यसबाट बाहिर निस्किजा ।” त्यसले तिनीहरूका बिचमा उसलाई लडायो र कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो ।

    36सबै मानिसहरू अति आश्‍चर्य चकित भए र उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे । उनीहरूले भने, “यी वचनहरू कस्ता हुन्? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ र तिनीहरू बाहिर निस्केर जान्छन्?”

  • 28जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्‍यसकारण, त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।

  • 22अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्‍ने व्यक्‍ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्‍ने व्यक्‍ति बोल्न सक्‍ने र देख्‍न सक्‍ने भयो ।

  • 39भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्‍टिविहीन मानिसलाई हकारेर चुप लाग्‍न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”

  • 16भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।

  • मर 5:7-8
    2 पदहरू
    71%

    7त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”

    8किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”

  • मर 7:32-33
    2 पदहरू
    71%

    32तिनीहरूले सुन्‍न नसक्‍ने र बोल्‍न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे ।

    33उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो ।

  • 21जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग बिग्रेको छ ।”

  • 10त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।

  • लू 8:32-33
    2 पदहरू
    71%

    32अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो र दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे । उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो ।

    33त्यसैले, त्यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे ।

  • 32येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।

  • 19तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्‍नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”

  • 23त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो चिच्‍च्यायो र

  • 11जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे उहाँको सामु ढल्थे र चिच्‍च्याउँथे, अनि तिनीहरूले भन्थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”