मरकुस 9:42

अनलक शाब्दिक बाइबल

ममा विश्‍वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा त, त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्‍नु राम्रो हुने थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 18:6 : 6 तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
  • मत्त 18:10 : 10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
  • लू 17:1-2 : 1 ¶ येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा यो आउँदछ । 2 उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।
  • प्रेरि 9:4 : 4 तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?”
  • प्रेरि 26:11-14 : 11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ । 12 यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ । 13 अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो । 14 जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।”
  • रोमी 14:13 : 13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।
  • रोमी 15:21 : 21 जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन्, तिनीहरूले बुझ्‍नेछन् ।”
  • रोमी 16:17 : 17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
  • १ कोरि 8:10-13 : 10 मानौँ, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला? 11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो । 12 त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ । 13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।
  • १ कोरि 10:32-33 : 32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर । 33 म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।
  • २ कोरि 6:3 : 3 हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।
  • फिलि 1:10 : 10 म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।
  • २ थेस 1:6-9 : 6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो, 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,
  • १ तिमो 5:14 : 14 यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।
  • २ पत्रु 2:2 : 2 धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ ।
  • प्रका 6:9-9 : 9 जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ । 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?”
  • प्रका 16:6-7 : 6 किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।” 7 वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
  • मत्त 25:45-46 : 45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ 46 यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 18:2-10
    9 पदहरू
    95%

    2येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्‍नुभयो,

    3र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।

    4त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।

    5अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।

    6तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।

    7कठिनाइको समयको कारण यस संसारलाई धिक्‍कार! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्यस मानिसलाई धिक्‍कार जसद्वारा यस्तो समय आउँछ!

    8यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।

    9यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।

    10होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।

  • लू 17:1-3
    3 पदहरू
    93%

    1¶ येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा यो आउँदछ ।

    2उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।

    3आफ्नो बारेमा होसियार रहो । तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ र उसले क्षमा माग्छ भने उसलाई क्षमा गर ।

  • 43यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ ।

  • 42जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।

  • मर 9:45-48
    4 पदहरू
    74%

    45यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ ।

    46(४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।)

    47यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ ।

    48जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।

  • मर 9:36-37
    2 पदहरू
    74%

    36उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो । उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्‍नुभयो,

    37“जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”

  • 14त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्‍न ।

  • 6अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”

  • 41तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।

  • मत्त 5:29-30
    2 पदहरू
    72%

    29र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकलिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।

    30र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।

  • मत्त 13:41-42
    2 पदहरू
    72%

    41मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।

    42तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

  • 23मेरो क्रियाकलापको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।

  • मत्त 19:13-14
    2 पदहरू
    72%

    13त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।

    14तथापि येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।”

  • मर 10:13-15
    3 पदहरू
    72%

    13अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।

    14तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्‍वरको राज्य यस्तैहरूको हो ।”

    15साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”

  • 44जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।”

  • लू 18:15-17
    3 पदहरू
    70%

    15उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।

    16तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो ।

    17साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्‍वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”

  • 6जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।

  • लू 9:47-48
    2 पदहरू
    70%

    47तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्‍ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्‍नुभयो,

    48र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।”

  • 19त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ ।

  • 18त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ ।”

  • 50उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

  • 12तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”

  • 61उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?”

  • 14तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”

  • 1¶ तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

  • 10हरेक जसले परमेश्‍वरका पुत्रको विरुद्धमा बोल्दछ, उसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, उसलाई क्षमा गरिनेछैन ।

  • 45अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’

  • 30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’