मत्ती 10:24

अनलक शाब्दिक बाइबल

चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 15:20 : 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”
  • लू 6:40 : 40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।
  • यूह 13:16 : 16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
  • इब्रा 12:2-4 : 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ । 3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ । 4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन ।
  • २ शमू 11:11 : 11 उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्‍ला मैदानमा छाउनीमा छन् । तब म आफ्‍नो घरमा खान, पिउन र मेरो पत्‍नीसँग सुत्‍नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 10:25-26
    2 पदहरू
    86%

    25चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!

    26त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन ।

  • 40एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्‍त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।

  • यूह 13:13-16
    4 पदहरू
    81%

    13तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ ।

    14तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।

    15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।

    16साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।

  • मत्त 23:10-11
    2 पदहरू
    76%

    10न त ‘गुरुज्यू’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र गुरु हुनुहुन्छ ।

    11तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, ऊ तिमीहरूका दास हुनेछ ।

  • 20मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”

  • लू 14:25-27
    3 पदहरू
    73%

    25ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्‍नुभयो,

    26“यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।

    27जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन ।

  • 33त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।

  • लू 22:26-27
    2 पदहरू
    73%

    26तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् ।

    27किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो? टेबलमा खान बस्‍ने होइन र? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु ।

  • 24कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।

  • मर 10:42-45
    4 पदहरू
    73%

    42येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ ।

    43तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूका सेवक हुनुपर्छ ।

    44र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ ।

    45किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो ।

  • 23जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।

  • 13कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”

  • 50त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ ।

  • मत्त 24:44-48
    5 पदहरू
    72%

    44त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ ।

    45त्यसैले, विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ?

    46त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ ।

    47साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।

    48तर यदि दुष्‍ट नोकरले त्यसको मनमा, ‘मेरो मालिक ढिला हुनुभएको छ’ भनी भन्दछ,

  • लू 17:7-10
    4 पदहरू
    72%

    7तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ, तत्कालै आउनुहोस् र खाना खानलाई बसौँ ।”

    8मेरो लागि खानको लागि खानेकुरा तयार पार, र कम्मरमा पटुका कस र मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने, के तिमीले त्यसपछि केही कुरा खाने र पिउने गर्दछौ र?

    9उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ?

    10तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”

  • 26यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।

  • 24परमेश्‍वरका सेवकहरूले झगडा गर्नुहुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ ।

  • लू 12:46-47
    2 पदहरू
    71%

    46त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ ।

    47त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ ।

  • मत्त 20:26-28
    3 पदहरू
    71%

    26तर तिमीहरूका बिचमा यस्तो हुनुहुँदैन । बरु, जो तिमीहरूका बिचमा महान् हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ ।

    27र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ,

    28जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”

  • 24त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, उसले आफैँलाई इन्कार गर्नुपर्छ; आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।

  • 9र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्‍ने कुरा जान ।

  • मत्त 10:37-38
    2 पदहरू
    69%

    37जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन ।

    38जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन ।

  • 10मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्‍ने छ, र तँ दोषी बन्‍ने छस् ।

  • 43धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।

  • 1¶ दासत्वको जुवामूनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्‍झून् । तिमीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् ।

  • 1¶ मालिक हो, आफ्ना नोकरहरूलाई जे सही र उचित छ त्यही देओ । तिमीहरू यो जान्दछौ, कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ ।

  • 31तर धरै जना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन् ।”

  • 40जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्‍ने कुरा थाहा छैन ।”