मत्ती 13:22

अनलक शाब्दिक बाइबल

काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ तिमो 6:9-9 : 9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् । 10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
  • १ तिमो 6:17 : 17 यस संसारका धनीहरूलाई भन, यस संसारका धनमा गर्व नगर्न भन, र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राखून् । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू हाम्रा आनन्दका लागि दिनुहुन्छ ।
  • २ तिमो 4:10 : 10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तामान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गएका छन् भने तीतसचाहिँ दलमातियामा ।
  • लू 8:14 : 14 काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।
  • लू 12:15 : 15 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”
  • मत्त 6:24-25 : 24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ । 25 त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्‍त्रभन्दा मूल्यवान् हुँदैन र?
  • भजन 52:7 : 7 “हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
  • उप 5:10-11 : 10 चाँदीलाई प्रेम गर्ने चाँदीबाट सन्तुष्‍ट हुने छैन, र धन-सम्पत्तिलाई प्रेम गर्नेले सधैँ यसको बढी चाह गर्छ । यो पनि बाफ हो । 11 जब समृद्धि बढ्छ, तब यसलाई खाने मुख पनि बढ्छ । मालिकले आफ्ना आँखाले धन-सम्पत्तिलाई हेर्नुभन्दा बाहेक उसलाई केचाहिँ बढी लाभ हुन्छ र?
  • प्रेरि 5:1-9 : 1 ¶ अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्‍नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे । 2 र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए । 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झुट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई तिम्रो हृदयलाई शैतानले किन भर्‍यो? 4 यसलाई बिक्री नगर्दा पनि के यो तिम्रो आफ्नो थिएन र? अनि यसलाई बेचिसकेपछि पनि यो तिम्रो आफ्नै नियन्‍त्रणमा नै थिएन र? तिमीले तिम्रो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ । 5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र उनको मृत्यु भयो र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो । 6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे । 7 त्यसको झण्डै तिन घण्टापछि उनकी पत्‍नी त्यहाँ के भएको थियो भन्‍ने थाहै नपाई भित्र आइन् । 8 पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।” 9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन् र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् । 10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनको मृत्यु भयो र ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए; तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए । 11 पुरै मण्डलीमा र यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो ।
  • १ यूह 2:15-16 : 15 संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन । 16 किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
  • यहू 1:11-12 : 11 धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् । 12 तिमीहरूका प्रेम भोजहरूमा लुकेका कलङ्कहरू यिनीहरू नै हुन् । तिनीहरू केवल आफ्नै निम्ति मात्र निर्लज्‍ज रूपमा भोज खान्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन् । तिनीहरू शरद ऋतुका निष्फल रुखहरू हुन्, जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।
  • प्रेरि 8:18 : 18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो ।
  • २ पत्रु 2:14-15 : 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् । 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।
  • उप 5:13-14 : 13 सूर्यमूनि मैले एउटा खराबी देखेको छुः मालिकले आफ्नै दुर्दशाको निम्ति धन-सम्पत्ति थुपार्छ । 14 जब धनी मानिसले दुर्भाग्यबाट आफ्नो धन-सम्पत्ति गुमाउँछ, तब त्यसले पालन-पोषण गरेको त्यसको आफ्नै छोरोको हातमा केही पनि हुँदैन ।
  • यिर्मि 4:3 : 3 यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर ।
  • उत्प 13:10-13 : 10 यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।) 11 यसैले लोतले आफ्‍नो निम्ति यर्दनको बेँसी चुने र पूर्वतिर लागे अनि नातेदारहरू आपसमा छुटे । 12 अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्‍ना पालहरू सदोमसम्‍म नै टाँगेर बसे । 13 सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्‍ट पापीहरू थिए ।
  • यहो 7:20-21 : 20 आकानले जवाफ दिए, “साँच्‍चै, मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः 21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।”
  • २ राजा 5:20-27 : 20 तिनी अलि पर मात्र पुगेका थिए, परमेश्‍वरका मानिस एलीशाको सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले यी अरामी नामानको हातबाट तिनले ल्याएका उपहारहरू ग्रहण नगरी तिनको बचत गर्नुभएको छ । परमप्रभुको नाउँमा शपथ खाएर म भन्छु, म तिनको पछि दौडेर जानेछु, र तिनीबाट केही लिनेछु ।” 21 त्यसैले गेहजी नामानको पछि गयो । जब नामानले तिनको पछि कोही दौडेर आएको देखे, तब आफ्नो रथबाट त्यसलाई भेट्न तिनी ओर्ले र भने, “के सबै कुरा ठिकै छ?” 22 गेहजीले भन्यो, “सबै ठिकै कुरा छ । मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, 'हेर, एफ्राइमको पहाडी देशबाट अगमवक्ताहरूका छोराहरूमध्ये दुई जना युवा मकहाँ आएका छन् । कृपया, तिनीहरूलाई एक तोडा चाँदी र दुई जोर लुगा दिनुहोस् ।” 23 नामानले भने, “म तिमीलाई दुई तोडा चाँदी दिन अत्यन्तै खुसी छु ।” नामानले गेहजीलाई जिद्दी गरे र दुईवटा थैलामा दुई तोडा चाँदी र दुई जोर लुगा राखिदिए, अनि तिनले आफ्ना दुई जना सेवक दिए जसले ती थैलाहरू बोकेर गेहजीको अगि लागे । 24 जब गेहजी डाँडामा आइपुग्यो त्यसले तिनीहरूका हातबाट चाँदीका थैलाहरू लियो र ती घरमा लुकायो । त्यसले ती मानिसहरूलाई पठायो र उनीहरू गए । 25 जब गेहजी भित्र गयो र आफ्ना मालिकको अघि खडा भयो, तब एलीशाले भने, “ए गेहजी, तँ कहाँबाट आएको?” त्यसले जवाफ दियो, “तपाईंको दास कतै गएन ।” 26 एलीशाले गेहजीलाई भने, “ती मानिसले तँलाई भेट्न आफ्नो रथ घुमाउँदा के मेरो आत्मा तँसितै थिएन र? के यो रुपियाँ-पैसा र लत्ता कपडा, भद्राक्षका बोटहरू र दाखबारीहरू, भेडा-बाख्रा र गाई-गोरुहरू अनि कमारा-कमारीहरू ग्रहण गर्ने समय हो र? 27 त्यसैले नामानको कुष्ठरोग तँ र तेरा सन्तानमाथि सधैँभरि रहनेछ ।” त्यसैले गेहजी हिउँजस्तै सेतो कुष्ठरोगी बनेर तिनको उपस्थितिबाट बाहिर गयो ।
  • भजन 62:10 : 10 थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्‍यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्‍नो हृदय तिनमा नलगाओ ।
  • नीति 11:28 : 28 आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
  • नीति 23:5 : 5 के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
  • उप 4:8 : 8 एउटा एक्लै बस्‍ने किसिमको मानिस छ । त्यसको कोही छैन, न छोरा, न दाजुभाइ । त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्‍ट हुँदैनन् । त्यो छक्‍क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु? मैले किन सुख-विलासलाई त्याग्दै छु?” यो पनि बाफ र खराब अवस्था हो ।
  • मत्त 13:7 : 7 अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।
  • मत्त 19:16-24 : 16 हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्‍त गर्न के असल काम गर्नुपर्छ?” 17 येशूले उसलाई भन्‍नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ? एक मात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर ।” 18 त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्‍नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, 19 आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।” 20 त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?” 21 येशूले उसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।” 22 तर जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्‍पत्ति भएको मानिस थियो । 23 येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ । 24 म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”
  • मर 4:18-19 : 18 अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्, 19 तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन ।
  • मर 10:23-25 : 23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न अति कठिन छ!” 24 चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु अति गाह्रो छ!” 25 धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
  • लू 12:21 : 21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्‍वरकहाँ पुग्दैन ।”
  • लू 12:29-30 : 29 के खाऔँला र के पिऔँला भनी नभौतारिओ र चिन्ता नगर । 30 संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् र तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ ।
  • लू 14:16-24 : 16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो । 17 जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’ 18 तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 19 र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्‍नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 20 र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’ 21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’ 22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भयो, तरै पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’ 23 मालिकले सेवकलाई भने, ‘राजमार्गहरू, गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर, ताकि मेरो घर भरिएको होस् । 24 किनकि म तिमीलाई भन्दछु, पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’
  • लू 18:24-25 : 24 तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ! 25 धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ!”
  • लू 21:34 : 34 तर तिमीहरू आफैँ होसियार रहो । त्यसकारण तिमीहरूको हृदय विलास, मतवालापान र जीवनको चिन्ताले नभरियोस् । नत्रभने, त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 8:11-15
    5 पदहरू
    89%

    11अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।

    12बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, तर दुष्‍ट आउँछ र तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।

    13त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन्, तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् र जाँचको समयमा तिनीहरू पतन भएर जान्छन् ।

    14काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन्, तर जीवन जिउने क्रममा, संसारका धन सम्पत्तिको फिक्री, सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन् ।

    15तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।

  • मर 4:14-20
    7 पदहरू
    89%

    14बिउ छर्नेले वचन छर्छ ।

    15वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ ।

    16ढुङ्गेनी जमिनमा छरिएका केही बिउचाहिँ यी नै हुन्, जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् ।

    17तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन् । वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।

    18अरूहरूचाहिँ ती हुन्, जो काँढाका झाङहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्,

    19तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन ।

    20असल जमिनमा छरिएका बिउहरूचाहिँ ती नै हुन् । तिनीहरूले वचन सुन्छन्; यसलाई ग्रहण गर्छन् अनि केहीले तिस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा फल फलाउँछन् ।”

  • मत्त 13:3-9
    7 पदहरू
    85%

    3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

    4जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।

    5अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।

    6तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।

    7अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।

    8अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए ।

    9जोसँग कान छ, उसले सुनोस् ।”

  • मर 4:3-9
    7 पदहरू
    84%

    3“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।

    4त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए ।

    5अरू बिउहरूचाहिँ त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । तिनीहरू तुरुन्तै उम्रिए, किनभने त्यहाँ माटो गहिरो थिएन ।

    6तर जब घाम लाग्यो, तिनीहरू ओइलाए, अनि तिनीहरूको जरा नभएकोले र ती सुकिहाले ।

    7अरू बिउहरू काँढाका झाङहरूमा परे । काँढाका झाङहरू बढे, र ती निसासिए, अनि तिनीहरूले कुनै फल फलाएनन् ।

    8अरू बिउहरू असल जमिनमा परे, र यो बढ्दै र हुर्कंदै गर्दा फल फलाए, केहीले तिस गुणा, साठी गुणा र सय गुणाभन्दा बढी फल फलाए ।”

    9अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”

  • लू 8:5-8
    4 पदहरू
    83%

    5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।

    6अरू बिउ ढुङ्गेनी जमिनमा परे र चाँडै ती बोटको रूपमा बढे र सुकिहाले, किनकि त्यो जमिन ओबानो थियो ।

    7अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे, र बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे र बिउहरूलाई काँढे झाडीले निसासिदियो ।

    8तर केही बिउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले बोलाउनुभयो, जससँग सुन्‍ने कानहरू छन् त्यसले सुनोस् ।

  • मत्त 13:23-27
    5 पदहरू
    83%

    23असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”

    24येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।

    25तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।

    26जब बोट देखा पर्‍यो र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।

    27त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’

  • मत्त 13:18-21
    4 पदहरू
    82%

    18तब बिउ छर्नेको दृष्‍टान्त सुन ।

    19जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।

    20ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ ।

    21तर ऊ आफैँमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, उसले तुरुन्तै ठेस खान्छ ।

  • मत्त 13:37-38
    2 पदहरू
    75%

    37येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।

    38बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन्,

  • 16तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,

  • 18त्यसैकारण, तिमीहरू कसरी सुन्छौ, त्यसमा होसियार होओ, किनभने जससँग छ त्यसलाई धेरै दिइनेछ, जससँग छैन उसले आफूसँग जे छ भनी सोचेको छ त्योसमेत उसबाट खोसिनेछ ।”

  • 29त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।

  • 26येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।

  • मत्त 13:31-32
    2 पदहरू
    71%

    31त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।

    32यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”

  • 13येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।

  • 8तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।

  • 9यसले अर्को वर्ष फल फलायो भने, ठिक छ; तर यदि फल फलाएन भने, ढाल्नुहोस्’ ।”