मत्ती 13:57
तिनीहरू उहाँबाट अप्रसन्न भए । तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”
तिनीहरू उहाँबाट अप्रसन्न भए । तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।
2जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो । धेरैले उहाँको शिक्षा सुने र छक्क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?”
3“के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।
4येशूले तिनीहरूलाई भन्नुभयो, “एउटा अगमवक्ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन ।”
5केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्यहाँ उहाँले कुनै शक्तिशाली कामहरू गर्न सक्नुभएन ।
6तिनीहरूको अविश्वासले उहाँलाई अच्चम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो ।
44किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन ।
22उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस योसेफका छोरा होइनन् र?
23येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
24साँच्चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
58र तिनीहरूको अविश्वासको कारण उहाँले त्यहाँ धेरै आश्चर्यकर्महरू गर्नुभएन ।
54तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्चर्यकर्महरू कहाँबाट पाउँछन्?
55के यी मानिस सिकर्मीका छोरा होइनन् र? के उनकी आमा मरियम होइनन् र? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र?
56अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र? त्यसैले, यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त?”
11उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्वीकार गरेनन् ।
5किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्वास गर्दैनथे ।
6अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”
53तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो ।
37तिनीहरूको सामु येशूले यति धेरै चिह्नहरू गर्नुभए तापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्वास गरेनन् ।
38यशैया अगमवक्ताको वचन पुरा होस् भनेर यसो भएको थियो । तिनी भन्दछन्, “प्रभु, हाम्रो समाचार कसले विश्वास गरेको छ? र परमेश्वरको बाहुली कसलाई प्रकट गरिएको छ?”
23मेरो क्रियाकलापको कारणले मलाई विश्वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
36मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन् ।
19त्यसपछि येशूकी आमा र भाइहरू उहाँकहाँ आए, तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
20र उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन् ।”
27यरूशलेममा बस्नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्ताको भविष्यवाणीलाई पुरा गरे ।
52तिनीहरूले जवाफ दिए र उनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ? खोज र हेर गालीलबाट कुनै पनि अगमवक्ता आउँदैन ।”
53(नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यूहन्ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]
12यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।
14तिनीहरूका निम्ति यशैया अगमवक्ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
30येशूले यसो भन्नुभयो, किनकि तिनीहरूले यसो भनिरहेका थिए, “त्योसँग अशुद्ध आत्मा छ ।”
31उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए ।
20तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्चात्ताप गरेका थिएनन् ।
50तर उहाँले उनीहरूलाई के भन्नुभएको थियो भनी उनीहरूले बुझ्न सकेनन् ।
5किनभने हरेकले भन्नेछ, ‘म अगमवक्ता होइनँ! म त माटोमा काम गर्ने मानिस हुँ, किनकि म जवान हुँदादेखि नै भूमिमा नै मैले काम गर्न थालेँ!’
6तर कसैले त्यसलाई भन्नेछ, ‘तेरा हातहरूका बिचमा भएका यी घाउ के हुन्?’ र त्यसले जवाफ दिनेछ, ‘म आफ्ना साथीभाइको घरमा हुँदा मलाईती चोट लागेका थिए ।’”
6किनभने छोरोले आफ्ना बुबाको अनादर गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्छे, र बुहारी सासूको विरुद्ध । मानिसको शत्रु आफ्नै घरका मानिसहरू हुन् ।
37उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो ।
48तर येशूले उत्तर दिनुभयो र त्यसो भन्ने व्यक्तिलाई भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?”
13यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।
37उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्न गरे ।
61उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्न तुल्याउँछ?”
46तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्ता मान्ने हुनाले तिनीहरू भिडसँग डराए ।
40जब तिनीहरूले यी वचनहरू सुने भिडका केहीले भने, “यिनी साँच्चै अगमवक्ता नै हुन् ।”
12त्यसपछि चेलाहरू आए र येशूलाई भने, “जब फरिसीहरूले यो वाक्य सुने, तब तिनीहरू चिढिएका थिए भन्ने कुरा के तपाईंलाई थाहा छ?”
1¶ येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्चय नै हुनेछन्, तर त्यस व्यक्तिलाई धिक्कार छ जसद्वारा यो आउँदछ ।
6त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्तानले साथीहरू पठाएर उहाँलाई यसो भन्न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ ।
24तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्नुहुन्थ्यो,
42तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्न सक्छ?”
33उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन्?”