मत्ती 17:9

अनलक शाब्दिक बाइबल

जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मर 8:30 : 30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।
  • मर 9:9-9 : 9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो । 10 त्यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे । 11 तिनीहरूले उहाँलाई सोधे “शास्‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त?” 12 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । मानिसका पुत्रले धेरै कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त?” 13 तर म तिमीहरूलाई यो भन्छु, कि एलिया आइसकेका छन्, र वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्‍यही गरे ।”
  • लू 8:56 : 56 तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
  • लू 9:21-22 : 21 तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो । 22 निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन् ।
  • लू 18:33-34 : 33 उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।” 34 उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।
  • लू 24:46-47 : 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नु, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक छ । 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
  • मत्त 8:4 : 4 येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
  • मत्त 8:20 : 20 येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्‌, तर मानिसका पुत्रको त आफ्नो शिर राख्‍ने ठाउँ कहीँ छैन ।”
  • मत्त 16:20-21 : 20 त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो । 21 त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म-गुरुहरू र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।
  • मत्त 17:12 : 12 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन्, तर तिनीहरूले उनलाई चिनेनन् । त्यसको बदला, तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे । त्यसै गरी, मानिसका पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्‍नेछन् ।”
  • मत्त 17:23 : 23 र तिनीहरूले उनलाई मार्नेछन् र उनी तेस्रो दिनमा उठाइनेछन् ।” चेलाहरू औधी दुःखित भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 9:7-10
    4 पदहरू
    96%

    7बादल आयो र उहाँहरूलाई छोप्‍यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।”

    8अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।

    9उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।

    10त्यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे ।

  • मर 8:30-31
    2 पदहरू
    83%

    30येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।

    31उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।

  • लू 9:36-37
    2 पदहरू
    82%

    36जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।

    37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो ।

  • मत्त 17:5-8
    4 पदहरू
    81%

    5जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।”

    6जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए ।

    7अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “उठ र नडराओ ।”

    8त्यसपछि उनीहरूले माथि हेरे, तर येशूलाई बाहेक अरू कसैलाई देखेनन् ।

  • 21तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो ।

  • 20त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।

  • मर 9:1-4
    4 पदहरू
    78%

    1¶ उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन् ।

    2६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।

    3उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो ।

    4त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए ।

  • 30अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”

  • 12उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।

  • मत्त 17:1-3
    3 पदहरू
    76%

    1¶ छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो ।

    2उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो ।

    3हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे ।

  • 16उहाँको बारेमा अरूहरूलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,

  • लू 9:27-34
    8 पदहरू
    75%

    27तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन् ।

    28लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो ।

    29जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो ।

    30हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए! तिनीहरू मोशा र एलिया थिए,

    31जो महिमित देखिए । तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो ।

    32अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए । तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे ।

    33तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ । एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि ।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन् ।

    34जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए ।

  • मर 9:30-32
    3 पदहरू
    74%

    30उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो,

    31किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”

    32तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।

  • 22जब उहाँहरू गालीलमा बस्‍नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।

  • 56तिनका बुबा-आमा अचम्मित भए, तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • 36उहाँले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए ।

  • 10उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्‍त्रीहरू किन भन्छन् त?”

  • 7झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”

  • 34उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।

  • 7तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेओ, कि उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । उहाँले भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ ।

  • 26येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्‍नुभयो, “त्यस सहरमा नपस ।”

  • 4येशूले उसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”

  • 32उहाँहरू यरूशलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र तिनीहरूलाई पछ्यानेहरूचाहिँ डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र आब चाँडै उहाँलाई के हुने थियो, सो बताउन थाल्नुभयो ।

  • 37उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।

  • 10त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”

  • 9त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भनी तिनीहरूले अझै पनि धर्मशास्‍त्र बुझेनन् ।

  • 7मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”

  • 22येशूले चेलाहरूलाई भन्‍नुभयो, “त्यो दिन आउनेछ जब तिमीहरूले मानिसका पुत्रलाई हेर्ने इच्छा गरौला तर तिमीहरूले देख्‍नेछैनौ ।