मत्ती 18:11

अनलक शाब्दिक बाइबल

किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 19:9-10
    2 पदहरू
    92%

    9येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन् ।

    10किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”

  • मत्त 18:12-14
    3 पदहरू
    81%

    12तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्‍न हिँड्दैन र?

    13अनि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने, ऊसँग भएका ती उनान्सय भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ ।

    14त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्‍न ।

  • लू 15:3-11
    9 पदहरू
    79%

    3येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो,

    4“तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन?

    5त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ ।

    6जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’

    7म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ ।

    8अथवा कुन स्‍त्री होला जससँग दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र?

    9जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्‍का भेट्टाएकी छु ।’

    10त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ ।”

    11त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,

  • 56तब उहाँहरू अर्को गाउँतिर जानुभयो ।

  • 6यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ ।

  • 45किनभने मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आयो ।

  • 24तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।”

  • 11म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।

  • 24किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन् । तिनीहरूले उत्सव मनाउन सुरु गरे ।’

  • लू 9:24-25
    2 पदहरू
    72%

    24जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।

    25सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?

  • मत्त 16:25-26
    2 पदहरू
    71%

    25किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ ।

    26किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?

  • 28जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”

  • मर 8:35-36
    2 पदहरू
    71%

    35किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ ।

    36मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र?

  • यूह 3:16-17
    2 पदहरू
    71%

    16किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।

    17किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।

  • 10होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।

  • 39जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।

  • 11येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला?

  • लू 15:17-18
    2 पदहरू
    71%

    17तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु!

    18म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु ।

  • 34मानिसका पुत्र खाँदै र पिउँदै आए र तिमीहरू भन्छौ, “हेर, ऊ त एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र हो ।”

  • 32म धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।

  • लू 15:30-32
    3 पदहरू
    70%

    30तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो ।’

    31बुबाले उनलाई भने, ‘छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन् ।

    32तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्; र उनी हराएका थिए र अहिले भेटिएका छन्‘ ।”

  • 17जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”

  • 47यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।

  • 28मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।

  • 33जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ, तर जसले गुमाउला, उसको बचाइनेछ ।

  • 26त्यो सुन्‍नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त?”

  • 8किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”

  • 13स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।

  • 19मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्‍कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”

  • 37तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”

  • 21छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्‍टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ ।’

  • 16तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो ।