मत्ती 21:2

अनलक शाब्दिक बाइबल

र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 2:5-8 : 5 उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर” । 6 त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए । 7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए । 8 तब उहाँले नोकरहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्‍तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।
  • मत्त 26:18 : 18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”
  • मर 11:2-3 : 2 र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”
  • मर 14:13-16 : 13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ । 14 जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?” 15 उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।” 16 चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।
  • लू 19:30-32 : 30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।” 32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 11:1-9
    9 पदहरू
    92%

    1¶ जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।

    2र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।

    3कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”

    4तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए ।

    5त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?”

    6तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए ।

    7दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्‍नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे ।

    8धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए ।

    9उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्‍ना! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् ।

  • लू 19:28-37
    10 पदहरू
    90%

    28यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो ।

    29बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,

    30“नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।

    31यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।”

    32पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।

    33तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?”

    34तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”

    35तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।

    36उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।

    37उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।

  • मत्त 21:3-10
    8 पदहरू
    86%

    3यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”

    4अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो,

    5“‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”

    6तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे ।

    7तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्‍नुभयो ।

    8भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।

    9येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना!”

    10जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?”

  • 1¶ जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,

  • यूह 12:12-15
    4 पदहरू
    81%

    12अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने,

    13तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”

    14येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो,

    15“सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।”

  • 9ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।

  • 27त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस ।” तिनीहरूले त्यसै गरे ।

  • 13त्यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा काठी कस ।” त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए ।

  • 16चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।

  • 13त्यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे ।

  • यूह 2:14-15
    2 पदहरू
    69%

    14उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।

    15त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।

  • 21बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए ।

  • 3त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्‍ना दुई जवान मानिसहरू र आफ्‍नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्‍ति दाउरा चिरे, त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा सुरु गरे ।

  • 24त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा । मैले नभनेसम्म दौडन ढिला नगर ।”

  • 16तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे । तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे ।

  • 23गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे ।

  • 5उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन र?”

  • 11त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।

  • 15तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।

  • 10उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ ।

  • 13उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ ।

  • 17जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बार्‍है जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,