मत्ती 22:1

अनलक शाब्दिक बाइबल

¶ तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 14:16 : 16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो ।
  • मत्त 9:15-17 : 15 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाहमा आएकाहरू, दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन् । 16 कसैले पनि पुरानो वस्‍त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्‍त्रबाट च्यातिनेछ, र त्यहाँ झन् नराम्रो दुलो हुनेछ । 17 न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्‍ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्‍छन् ।”
  • मत्त 12:43-45 : 43 जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन । 44 अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ । 45 त्यसपछि त्यो गएर आफूभन्दा दुष्‍ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्‍न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्‍ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
  • मत्त 13:3-9 : 3 तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो । 4 जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए । 5 अरू बिउहरूचाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन । 6 तर जब चर्को घाम लाग्यो, ती डढे किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले । 7 अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए । 8 अरू बिउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तिस गुणा अन्‍न उब्जाए । 9 जोसँग कान छ, उसले सुनोस् ।” 10 चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?” 11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
  • मत्त 20:1-9 : 1 ¶ किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए । 2 ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए । 3 उनी नौ बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे । 4 उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए । 5 फेरि उनी बार्‍ह बजे र तिन बजे बाहिर गए र त्यसै गरे । 6 एक पटक फेरि उनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए । उनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?’ 7 तिनीहरूले उनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’ 8 जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ‘ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’ 9 जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए । 10 जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे । 11 जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे । 12 तिनीहरूले भने, ‘यी अन्तमा आएका कामदारहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले उनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौँ ।’ 13 तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र? 14 जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु । 15 के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?’ 16 यसैले पछिल्लो पहिलो हुनेछ, र पहिलोचाहिँ पछिल्लो हुनेछ । बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् ।”
  • मत्त 21:28-46 : 28 तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’ 29 त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्‍नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्‌ल्यो र गयो । 30 र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन । 31 यी दुई जनामध्ये कुनचाहिँ छोराले आफ्नो बुबाको इच्छा पुरा गर्‍यो?” तिनीहरूले भने, “पहिलो चाहिँले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन् । 32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ, जब कि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्‍वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ । 33 अर्को दृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि उनी अर्कै देशमा गए । 34 जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए । 35 तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए । 36 फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे । 37 त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’ 38 तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’ 39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे । 40 जब त्यस दाखबारीका मालिक आउँछन्, तिनले ती दाखबारीमा काम गर्नेहरूलाई के गर्लान्?” 41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।” 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ? ’ 43 यसकारण, म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले आफ्नो फल फलाउनेछ । 44 जो यस ढुङ्गामा खस्दछ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्दछ, त्यो कुल्चिनेछ ।” 45 जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे । 46 तिनीहरूले उहाँलाई पक्रनचाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भिडसँग डराए ।
  • मर 4:33-34 : 33 यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो । 34 अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।
  • लू 8:10 : 10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको छ, तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने छ । त्यसकारण ‘वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन्, सुनेर पनि बुझ्‍नेछैनन् ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 22:2-5
    4 पदहरू
    89%

    2“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।

    3उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।

    4फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’

    5तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।

  • मर 12:1-2
    2 पदहरू
    79%

    1¶ त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।

    2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

  • मत्त 13:34-35
    2 पदहरू
    76%

    34येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।

    35योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”

  • 9उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।

  • 3येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो,

  • 7जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्‍ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्‍नुभयो ।

  • 23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।

  • 10चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

  • 20उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?

  • 34येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।

  • 1¶ तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।

  • 28तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’

  • 24येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।

  • 2उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

  • मत्त 22:7-13
    7 पदहरू
    73%

    7तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।

    8त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।

    9त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’

    10ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।

    11तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।

    12राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्‍तिले केही बोल्न सकेन ।

    13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • मत्त 21:33-34
    2 पदहरू
    73%

    33अर्को दृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।

    34जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।

  • 1¶ त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।

  • लू 19:11-12
    2 पदहरू
    73%

    11तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए ।

    12त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।

  • 1¶ किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।

  • 15पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”

  • 9त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।

  • 16तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो ।

  • 3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

  • 11त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,

  • 16तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,

  • 2विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।

  • 3उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।

  • 10येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त दृष्‍टान्तको बारेमा उहाँसँग सोधे ।

  • 41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।

  • 31त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।

  • 14किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

  • 36फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।

  • 33यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।

  • 45फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो ।

  • 37येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।

  • 18तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु?

  • 45जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँका दृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे ।