मत्ती 23:34

अनलक शाब्दिक बाइबल

त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 10:16-17 : 16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ । 17 मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् ।
  • मत्त 10:23 : 23 जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।
  • मत्त 13:52 : 52 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”
  • प्रेरि 13:1 : 1 ¶ एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
  • प्रेरि 14:19 : 19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।
  • प्रेरि 15:32 : 32 यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
  • प्रेरि 22:19-20 : 19 मैले भनेँ, ʻहे प्रभु, तिनीहरू आफैँलाई थाहा छ, कि मैले कसरी तपाईंमा विश्‍वास गर्नेहरूलाई हरेक सभाघरमा पसेर पिटेँ, र जेलमा हालेँ । 20 तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुदै थिएँ, र उनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।
  • १ कोरि 2:6 : 6 अब, परिपक्‍वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् ।
  • १ कोरि 3:10 : 10 परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।
  • १ कोरि 12:3-9 : 3 त्यसकारण, तिमीहरूले यो जान भन्‍ने म चाहन्छु कि परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्‍न सक्दैन । 4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ । 5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ । 6 कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ । 7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ । 8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ । 9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ । 10 एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ । 11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
  • २ कोरि 11:24-25 : 24 यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।” 25 मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु ।
  • एफिसी 4:8-9 : 8 जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।” 9 “उहाँ उच्‍च स्थानमा जानुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो? 10 उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो । 11 ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू । 12 ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।
  • कलस्सी 1:28 : 28 उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
  • १ थेस 2:16 : 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
  • इब्रा 11:37 : 37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो ।
  • प्रका 11:10 : 10 पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।
  • २ इति 36:15-16 : 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो । 16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
  • नीति 11:30 : 30 धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
  • मत्त 23:34-36 : 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । 35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ । 36 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।
  • मत्त 28:19-20 : 19 यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ । 20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।”
  • लू 11:49-51 : 49 त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् । 50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ । 51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।
  • लू 24:47 : 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
  • यूह 16:2 : 2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।
  • यूह 20:21 : 21 तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”
  • प्रेरि 1:8 : 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
  • प्रेरि 5:40 : 40 तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए ।
  • प्रेरि 7:51-52 : 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । 52 तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।
  • प्रेरि 7:58-59 : 58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे । 59 तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।”
  • प्रेरि 9:1-2 : 1 ¶ तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए 2 र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे ।
  • प्रेरि 11:27 : 27 अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए ।
  • प्रेरि 12:2 : 2 उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 11:47-51
    5 पदहरू
    82%

    47तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरूले अगमवक्‍ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्‍यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् ।

    48त्यसैले, तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ र सहमति जनायौ, किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्‍ताहरूलाई मारेका थिए र जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ ।

    49त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।

    50तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ ।

    51म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।

  • मत्त 23:29-33
    5 पदहरू
    76%

    29धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू अगमवक्‍ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ ।

    30तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ ।’

    31यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे ।

    32तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ ।

    33ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ?

  • मत्त 23:35-38
    4 पदहरू
    75%

    35यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।

    36साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।

    37ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, तर तैँले इच्छा गरिनस् ।

    38हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् ।

  • मत्त 10:16-18
    3 पदहरू
    75%

    16हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।

    17मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् ।

    18अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ ।

  • 52तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।

  • 9आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्‌हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।

  • लू 13:34-35
    2 पदहरू
    72%

    34त्यहाँ पठाइएका अगमवक्‍ताहरूलाई मार्ने, ढुङ्गाले हान्‍ने हे यरूशलेम! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ, तर तैँले मानिनस् ।

    35हेर, तेरो घर त्यागिएको छ । म तिमीहरूलाई भन्छु, तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ, “परमप्रभुको नाउँमा आउने धन्यको हो ।”

  • मर 12:3-5
    3 पदहरू
    72%

    3तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।

    4फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपमा व्यवहार गरे ।

    5अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्‍यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।

  • 23जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।

  • 16तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ ।

  • 15धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्दछौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ ।

  • 12तर यी सबै कुरा हुन अगाडि, तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् र तिनीहरूले तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।

  • 2तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।

  • मर 10:33-34
    2 पदहरू
    70%

    33“हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।

    34तिनीहरूले उसको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्‍याउनेछन् । तर तिन दिनपछि ऊ जीवित भई उठ्नेछ ।”

  • 12आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।

  • 15जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।

  • 28जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।

  • 27यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।

  • 6अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।

  • 25यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?

  • 9तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ ।

  • 65केहीले उहाँलाई थुक्‍न र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र भने, “भविष्‍यवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।

  • 18“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,

  • 40यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:

  • 35तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए ।

  • 29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।

  • 23त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए ।

  • 13तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।

  • मत्त 23:24-25
    2 पदहरू
    68%

    24ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ!

    25धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् ।

  • 33उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”

  • 23परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।

  • 53येशू त्यहाँबाट गइसक्‍नुभएपछि, शास्‍त्रीहरू र फरिसीहरू एक-आपसमा धेरै कुराका लागि बहस गर्न लागे ।