मत्ती 25:10

अनलक शाब्दिक बाइबल

जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 13:25 : 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको?’
  • प्रका 22:11-12 : 11 जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।” 12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
  • प्रका 22:20 : 20 यी कुराका गवाही दिने जसले भन्‍नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन! आउनुहोस्, हे प्रभु येशू ।
  • कलस्सी 1:12 : 12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्‍वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।
  • २ तिमो 4:8 : 8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।
  • इब्रा 3:18-19 : 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र? 19 र अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ ।
  • १ पत्रु 1:13 : 13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
  • प्रका 1:7 : 7 हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन ।
  • उत्प 7:16 : 16 भित्र प्रवेश गरेका प्राणीहरू सबैका भाले र पोथी थिए । परमेश्‍वरले आज्ञा दिनुभएझैँ तिनीहरू भित्र प्रवेश गरे ।
  • गिन 14:28-34 : 28 तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्‍नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्‍ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः 29 मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् । 30 यपुन्‍नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्‍चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ । 31 हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्‍चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् । 32 तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् । 33 तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्‍नुपर्छ । 34 तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्‍नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।
  • भजन 95:11 : 11 यसकारण मैले आफ्‍नो रिसमा शपथ खाएँ, कि तिनीहरू मेरो विश्राम गर्ने ठाउँमा कहिल्यै प्रवेश गर्नेछैनन् ।
  • आमो 8:12-13 : 12 परमप्रभुको वचनको खोज्‍नलाई तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्‍म धर्मराउनेछन्, र उत्तरदेखि पूर्वसम्म दौडनेछन्, तर तिनीहरूले त्यो भेट्टाउनेछैनन् । 13 त्यो दिनमा सुन्दरी कुमारीहरू र जवान मानिसहरू तिर्खाले मूर्छा हुनेछन् ।
  • मत्त 24:44 : 44 त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ ।
  • मत्त 25:6 : 6 तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’
  • मत्त 25:20-23 : 20 पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्‍का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु ।’ 21 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’ 22 दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुईवटा सिक्‍का कमाएको छु ।’ 23 उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
  • लू 12:36-37 : 36 आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन् । 37 धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 25:11-14
    4 पदहरू
    86%

    11केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’

    12तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’

    13त्‍यसकारण, जागा रहो, किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।

    14किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

  • मत्त 25:1-9
    9 पदहरू
    84%

    1¶ तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।

    2तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।

    3किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।

    4तर बुद्धिमती कन्‍याहरू प्रत्‍येकले बत्तीहरूसँगै आ-आफ्ना तेलका भाँडाहरू पनि लगे ।

    5दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।

    6तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर, दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’

    7त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे ।

    8निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’

    9तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’

  • लू 12:35-37
    3 पदहरू
    78%

    35तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् र तिम्रा बत्तीहरू बलिरहून् ।

    36आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ । जब मालिक आउँछ र ढोका ढकढकाउँदछ, तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन् ।

    37धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।

  • लू 13:24-25
    2 पदहरू
    78%

    24“साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।

    25एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ, ‘प्रभु, हामीलाई भित्र आउन दिनुहोस् ।’ अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ, ‘म तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको?’

  • मत्त 22:8-13
    6 पदहरू
    77%

    8त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।

    9त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’

    10ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।

    11तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको उनले देखे ।

    12राजाले उसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ?’ अनि त्यस व्यक्‍तिले केही बोल्न सकेन ।

    13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • मत्त 22:2-5
    4 पदहरू
    76%

    2“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।

    3उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।

    4फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’

    5तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।

  • मत्त 24:42-45
    4 पदहरू
    75%

    42त्यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन ।

    43तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्‍ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्‍ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन ।

    44त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ ।

    45त्यसैले, विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ?

  • लू 12:39-40
    2 पदहरू
    75%

    39तर पनि यो जानी राख, कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो ।

    40जागा रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्‍ने कुरा थाहा छैन ।”

  • 17जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’

  • 50त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ ।

  • लू 14:20-21
    2 पदहरू
    72%

    20र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’

    21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’

  • मर 13:34-36
    3 पदहरू
    71%

    34यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।

    35त्यसकारण, जागा रहो! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ ।

    36यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।

  • 19अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।

  • लू 5:34-35
    2 पदहरू
    71%

    34येशूले तिनीहरूलाई भन्‍नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् र?”

    35तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ,तब मानिसहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।”

  • 7त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ, ‘मलाई दिक्‍क नबनाउनुहोस् । ढोका पहिले नै लगाइसकिएको छ, मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् । त्यसैले, म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।’

  • 39अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।

  • 20तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् ।

  • 33त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्‍नुपर्छ ।

  • 2ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।

  • 45तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने, मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्‍त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै, पिउँदै दाखमद्यले मातिन्छ ।