मत्ती 26:66

अनलक शाब्दिक बाइबल

तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 19:7 : 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”
  • प्रेरि 7:52 : 52 तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।
  • प्रेरि 13:27-28 : 27 यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे । 28 उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे ।
  • याक 5:6 : 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
  • लैव्य 24:11-16 : 11 इस्राएली स्‍त्रीको छोराले परमप्रभुको नाउँको निन्दा गर्‍यो र परमेश्‍वरलाई सराप्‍यो । यसैकारण मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए । त्यसकी आमाको नाम शलोमीत थियो जो दानका कुलको दिब्रीकी छोरी थिई । 12 परमप्रभु आफैले तिनीहरूलाई आफ्नो इच्‍छा नबताउनुभएसम्म तिनीहरूले त्यसलाई बन्दी बनाएर राखे । 13 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, 14 “परमेश्‍वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्‍मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । 15 इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्‍वरलाई सराप्‍नेले आफ्नो दोष आफै बोकोस् । 16 परमप्रभुको नाउँको निन्दा गर्ने मानिस मारियोस् । त्यो इस्राएलमा जन्मेको स्वदेशी वा परदेशी जो भए तापनि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् । परमप्रभुको नाउँको निन्दा गर्ने मानिस निश्‍चय नै मारियोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 14:63-65
    3 पदहरू
    89%

    63प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र?

    64तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएकै छ । तपाईंहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए ।

    65केहीले उहाँलाई थुक्‍न र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र भने, “भविष्‍यवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।

  • 65त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।

  • मत्त 26:67-68
    2 पदहरू
    76%

    67त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,

    68र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”

  • 4र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।”

  • यूह 19:6-7
    2 पदहरू
    76%

    6जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”

    7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”

  • मत्त 27:22-23
    2 पदहरू
    75%

    22पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”

    23र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”

  • यूह 18:30-32
    3 पदहरू
    75%

    30तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ ।”

    31त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।

    32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो ।

  • लू 22:64-66
    3 पदहरू
    74%

    64उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर्! तँलाई कुट्ने को हो?”

    65येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए ।

    66बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र

  • 20र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।

  • मर 15:12-14
    3 पदहरू
    74%

    12पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?”

    13तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस्!”

    14पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् ।”

  • लू 23:21-23
    3 पदहरू
    73%

    21तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”

    22पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्‍ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”

    23तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे । र पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो ।

  • मत्त 26:61-63
    3 पदहरू
    73%

    61र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”

    62प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”

    63तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?”

  • 11पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिससँग बोले । तिनीहरूले भने, “यो मानिसलाई मार्नु ठिक छ, किनकि यसले यो सहरको विरुद्धमा अगमवाणी बोलेका छ, जस्तो तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको छ ।”

  • 28उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे ।

  • मर 15:2-3
    2 पदहरू
    72%

    2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”

    3मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।

  • 25सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”

  • 11अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”

  • 1¶ अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे ।

  • लू 22:70-71
    2 पदहरू
    71%

    70तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस्?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ, म उही हुँ ।”

    71तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”

  • 26तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”

  • 25यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?

  • 35पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन् । तिमीले के गर्‍यौ?”

  • 10मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए ।

  • 16तब अधिकारीहरू र सबै मानिसले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मर्न लायक छैन, किनकि उसले परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुराहरूको घोषणा गरेको छ ।”

  • 41यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,

  • 59अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए ।

  • 3तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।

  • 60प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि?”

  • 20तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए ।

  • 16तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।

  • 3पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”

  • 33“हेर, हामी यरूशलेमतिर जाँदै छौँ, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उसलाई मृत्यदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।

  • 18“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,