मत्ती 27:26
अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।
अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस्!”
14पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्च्याए, “त्यसलाई क्रुसमा टाँग्नुहोस् ।”
15पिलातसले भिडलाई सन्तुष्ट पार्न चाहे । त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्नको निम्ति सुम्पिदिए ।
16सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए ।
15अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो ।
16त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो ।
17त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्ट भनिन्छ?”
18किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए ।
20तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए ।
21ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बा ।”
22पिलातसले तिनीहरूलाई भने, “ख्रीष्ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
23र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
16यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”
17अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो ।
18तर तिनीहरू एकैसाथ कराउँदै यसो भने, “यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
19बारब्बा सहरमा विद्रोह र हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए ।
20येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
21तर तिनीहरूले चिच्च्याउँदै यसो भने, “त्यसलाई क्रुसमा झुन्ड्याओ, क्रुसमा झुन्ड्याओ ।”
22पिलातसले तेस्रो पटक तिनीहरूलाई भने, “किन, यो मानिसले के दुष्ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण, यसलाई सजाय दिएर छोडिदिन्छु ।”
1¶ तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।
16तब पिलातसले क्रुसमा टाँग्नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
17तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ ।
27अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए ।
28तिनीहरूले उहाँको वस्त्र खोलिदिए र उनलाई लाल वस्त्र लगाइदिए ।
6अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्त गर्थे ।
7विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए ।
8भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले ।
9पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्त गरेको चाहन्छौ?”
24त्यसकारण, पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे ।
25त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या र आतङ्क भएको थियो, तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए ।
26तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्न लगाए ।
39तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जनालाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले, के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडी दिऊँ भन्ने तिमीहरू चाहन्छौ?”
40तब तिनीहरूले फेरि कराए, र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई छोडिदिनुहोस् ।” बारब्बाचाहिँ एक डाँकु थिए ।
2तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।
11तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्त गरिनुपर्छ भनी कराउन उक्साएका थिए ।
31तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे ।
32जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् ।
25सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”
19र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रुसमा झुण्ड्याउनको लागि तिनीहरूले उनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर उनी तेस्रो दिनमा उठाइनेछन् ।”
20र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।
20जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्न लिएर गए ।
32किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्नेछन् ।
33उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”
24सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।
25जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?”
1¶ बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्त्रीहरू र सम्पूर्ण यहूदी परिषद्सँगै भेला भए । अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।
35जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्त्रहरूलाई भाग लगाए ।
34येशूले भन्नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्त्रहरू भाग गर्नलाई चिट्ठा हाले ।
67त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए ।