नहेम्याह 12:27

अनलक शाब्दिक बाइबल

यरूशलेमको पर्खालको अर्पणको बेलामा धन्यवाद ज्ञापन दिँदै अनि झ्याली, वीणा र सारङ्गी बजाउँदै आनन्दसाथ अर्पणको उत्सव मनाउन मानिसहरूले लेवीहरू जहाँसुकै बसेका भए तापनि तिनीहरूको खोजी गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 15:16 : 16 लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
  • १ इति 15:28 : 28 यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए ।
  • २ इति 29:30 : 30 यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।
  • २ इति 5:13 : 13 तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्‍याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।” तब त्‍यो मन्‍दिर, परमप्रभुको मन्‍दिर बादलले भरियो ।
  • व्यव 20:5 : 5 अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।
  • २ शमू 6:12 : 12 अब दाऊद राजालाई भनियो, “परमेश्‍वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्‍वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।
  • १ इति 13:8 : 8 दाऊद र सम्‍पूर्ण इस्राएलले परमेश्‍वरको सामु आफ्‍नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैंजडी, झ्‍याली र तुरहीको साथमा गाउँदै थिए ।
  • १ इति 15:4 : 4 दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए ।
  • १ इति 15:12 : 12 तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।
  • १ इति 16:5 : 5 ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो ।
  • १ इति 16:42 : 42 पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
  • १ इति 23:5 : 5 चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ,” दाऊदले भने ।
  • १ इति 25:1-6 : 1 ¶ दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः 2 आसापका छोराहरूबाटः जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले । 3 यदूतूनका छोराहरूबाटः गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह, आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे । 4 हेमानका छोराहरूबाटः बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत । 5 यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो । 6 तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।
  • १ इति 26:31 : 31 हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए ।
  • एज्रा 3:10-11 : 10 जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू र आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए । 11 तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्छ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए ।
  • एज्रा 6:16 : 16 इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्‍वरको यस मन्दिरको समर्पण-उत्सव मनाए ।
  • एज्रा 8:15-20 : 15 मैले यात्रुहरूलाई अहावातिर बग्‍ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्‍यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ । 16 त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्‍नातान, यारीब र एल्‍नातान र नातान, जकरिया र मशुल्‍लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्‍नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ । 17 त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्‍वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्‍न लगाएँ । 18 त्यसैले हाम्रा परमेश्‍वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए । 19 तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए । 20 दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।
  • नहे 8:17 : 17 निर्वासनबाट फर्केकाहरू सबै समुदायले छाप्राहरू बनाई तिनमा बसे । किनकि नूनका छोरा यहोशूको समयदेखि त्यस दिनसम्म इस्राएलीहरूले यो चाड मनाएका थिएनन् । त्यसैले तिनीहरू बडो आनन्दित भए ।
  • नहे 11:20 : 20 बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरू यहूदाका सबै सहरहरूमा बसोबास गरे । हरेक आ-आफ्‍नै पुर्खाका अधिकारको जग्‍गामा बसे ।
  • भजन 30:1 : 1 ¶ हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।
  • भजन 81:1-4 : 1 ¶ हाम्रो बल परमेश्‍वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्‍वरको निम्ति जयजयकार गर । 2 गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ । 3 औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक । 4 किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्‍वरले दिनुभएको विधान हो ।
  • भजन 92:1-3 : 1 ¶ हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो, 2 बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु, 3 दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।
  • भजन 98:4-6 : 4 हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर । 5 वीणा बजाएर परमप्रभुको प्रशंसा गर । वीणा बजाओ र मधुर धुनसहित गाओ । 6 तुरहीहरू र सिङको आवाजले परमप्रभु राजाको सामु आनन्दसाथ जयजयकार गर ।
  • भजन 100:1-2 : 1 ¶ हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर । 2 खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।
  • भजन 149:3 : 3 तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।
  • भजन 150:2-5 : 2 उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर । 3 सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर । 4 खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर । 5 ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।
  • फिलि 4:4 : 4 प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर ।
  • प्रका 5:8 : 8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् ।
  • २ इति 7:6 : 6 पुजारीहरू प्रत्‍येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
  • २ इति 29:4-9 : 4 तिनले पुजारीहरू र लेवीहरूलाई ल्‍याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए । 5 तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ । 6 किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए । 7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए । 8 यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ । 9 त्‍यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्‍नीहरू यसैले कैदमा छन्‌ । 10 अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस् । 11 ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको छ ।”
  • व्यव 16:11 : 11 परमप्रभु तिमीहरूका परमेश्‍वरले पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 12:28-31
    4 पदहरू
    79%

    28यरूशलेम वरिपरिको जिल्ला र नतोपातीहरूका गाउँहरूबाट गायकहरू सँगै भेला भए ।

    29तिनीहरू बेथ-गिलगाल, गेबा र अज्मावेतका क्षेत्रहरूबाट पनि आए किनकि गायकहरूले यरूशलेमको वरिपरि आफ्ना लागि गाउँहरू बनाएका थिए ।

    30पुजारी र लेवीहरूले आ-आफूलाई शुद्ध पारे, अनि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे ।

    31तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ, र धन्यवाद दिन मैले दुईवटा ठुला-ठुला गायन-झुण्ड नियुक्त गरेँ । एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो ।

  • २ इति 5:12-13
    2 पदहरू
    78%

    12सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।

    13तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्‍याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।” तब त्‍यो मन्‍दिर, परमप्रभुको मन्‍दिर बादलले भरियो ।

  • 16लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।

  • नहे 12:46-47
    2 पदहरू
    77%

    46किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्‍वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो ।

    47यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।

  • 26तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।

  • एज्रा 3:10-12
    3 पदहरू
    76%

    10जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू र आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए ।

    11तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्छ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए ।

    12तर पुजारीहरू, लेवीहरू र मुख्‍य मानिसहरूमध्‍ये धेरै जना जो धेरै वृद्ध थिए र पहिलो मन्दिरलाई देखेका थिए, जब तिनीहरूको आँखाको सामु यो मन्दिरको जग बसालियो, तब तिनीहरू धुरुधुरु रोए । तर खुसी र आनन्‍दको चर्को स्‍वरको आनन्दले कराउने मानिसहरूको संख्‍या धेरै थियो ।

  • 28तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्‍दिरमा आए ।

  • 21यरूशलेममा उपस्‍थित भएका इस्राएलका मनिसहरूले सात दिनसम्‍म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए । लेवीहरू र पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे ।

  • 16इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्‍वरको यस मन्दिरको समर्पण-उत्सव मनाए ।

  • नहे 12:40-44
    5 पदहरू
    75%

    40यसरी धन्यवाद दिनेहरूका यी दुवै गायन-झुण्ड परमेश्‍वरको मन्दिरमा आ-आफ्नो स्थानमा बसे, र म पनि अधिकारीहरूको आधा भागसँगै आफ्नो स्थानमा बसेँ ।

    41त्यसपछि पुजारीहरू एल्‍याकीम, मासेयाह, मिन्‍यामीन, मीकाया, एल्‍योएनै, जकरिया र हनन्‍याह तुरहीहरू बोकेर आ-आफ्नो स्थानमा बसे ।

    42साथै, मासेयाह, शमायाह, एलाजार, उज्‍जी, येहोहानान, मल्‍कियाह, एलाम र एसेर पनि त्यहाँ थिए । गायकहरूले तिनीहरूका अगुवा यिज्रहियाहको निर्देशनमा गाए ।

    43त्यस दिन तिनीहरूले ठुला-ठुला बलिदानहरू चढाए, र आनन्द मनाए, किनकि परमेश्‍वरले तिनीहरूलाई बडो आनन्द मनाउन दिनुभएको थियो । स्‍त्रीहरू र बालबालिकाहरूले पनि आनन्द मनाए । यसरी यरूशलेमको आनन्द टाढा-टाढासम्म सुन्‍न सकिन्थ्यो ।

    44त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए ।

  • २ इति 30:25-27
    3 पदहरू
    75%

    25यहूदाका सारा समुदाय, पुजारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे ।

    26यसरी यरूशलेममा ठुलो रमाहट भयो, किनभने त्‍यस्‍तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यता त्‍यहाँ भएको थिएन ।

    27तब पुजारीहरू र लेवीहरू खडा भए र मानिसहरूलाई आशीर्वाद दिए । तिनीहरूको आवाज सुनियो, र तिनीहरूका प्रार्थना स्वर्गमा परमेश्‍वरको बस्‍नुहुने पवित्र वासस्‍थानसम्‍मै पुग्‍यो ।

  • २ इति 29:25-26
    2 पदहरू
    75%

    25हिजकियाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आआफ्‍नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्‍ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।

    26लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।

  • 12यी मानिसहरूले विश्‍वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।

  • नहे 12:36-38
    3 पदहरू
    75%

    36त्यहाँ जकरियाका नातेदारहरू अर्थात् शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी पनि परमेश्‍वरका जन दाऊदका साङ्गीतिक साधनहरू बोकेर आएका थिए । शास्‍त्री एज्रा सबैभन्दा अगाडि थिए ।

    37तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढीहरूबाट सिधै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको दरबार पार गरी पूर्वतिर अवस्थित पानी ढोकासम्मै गए ।

    38धन्यवाद दिनेहरूको अर्को गायन झुण्ड अर्को दिशामा गयो । मानिसहरूका आधा भागसँगै मैले तिनीहरूलाई पर्खालमा पछ्याएँ । यो झुण्ड भट्टिको बुर्जा भएर, चौडा पर्खालसम्म,

  • 1¶ पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,

  • 28यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए ।

  • 24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।

  • 8लेवीहरू: येशूअ, बिन्‍नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्‍याह । मत्तन्‍याह आफ्‍ना सहयोगीहरूसँग धन्‍यवाद ज्ञापनका भजनहरूका जिम्‍मावाल थिए ।

  • 8दाऊद र सम्‍पूर्ण इस्राएलले परमेश्‍वरको सामु आफ्‍नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैंजडी, झ्‍याली र तुरहीको साथमा गाउँदै थिए ।

  • 5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

  • 1¶ दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

  • 30यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।

  • 42पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।

  • 6तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।

  • 4लेवीहरू, येशूअ, बानी, कादमीएल, शबन्याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी खुट्किलाहरूका उभिए, अनि तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई उच्‍च सोरमा पुकारे ।

  • एज्रा 1:5-6
    2 पदहरू
    71%

    5तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।

    6तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे ।

  • 6पुजारीहरू प्रत्‍येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।

  • 5ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो ।

  • 27हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,

  • 16तब मानिसहरू बाहिर गए, र हाँगाहरू ल्याए अनि हरेकले आ-आफ्नो निम्ति घरको छाना र चोकमा, परमेश्‍वरका भवनका चोकहरूमा, पानी ढोकाको सामुन्‍नेको चोकमा र एफ्राएमका ढोकाको चोकमा छाप्राहरू बनाए ।

  • 20जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए ।

  • 8त्‍यसपछि तिनीहरू यरूशलेममा परमेश्‍वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पुजारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए ।