नहेम्याह 13:2

अनलक शाब्दिक बाइबल

किनकि तिनीहरू रोटी र पानी लिएर इस्राएलीहरूकहाँ आएका थिएनन्, तर तिनीहरूले इस्राएललाई सराप दिन बालामलाई भाडामा लिएका थिए । तथापि हाम्रा परमेश्‍वरले सरापलाई आशिष्‌मा परिणत गरिदिनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 23:5 : 5 तर परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन । बरु, तिमीहरूका परमेश्‍वरले श्रापलाई आशिष्‌मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो ।
  • यहो 24:9-9 : 9 त्यसपछि मोआबका राजा सिप्‍पोरका छोरा बालाक उठे र इस्राएललाई आक्रमण गरे । तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए । 10 तर मैले बालामको कुरा सुनिनँ । वास्तवमा, तिनले तिमीहरूलाई आशिष् दिए । त्यसैले मैले तिमीहरूलाई त्यसको हातबाट छुटकारा दिएँ ।
  • भजन 109:28 : 28 तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्‍दित होस् ।
  • मीका 6:5 : 5 मेरा मानिस हो, तिमीहरू शित्तीमदेखि गिलगालसम्म जाँदा, मोआबका राजा बालाकले कल्पना गरेका कुरा, र बओरको छोरो बालामले कसरी जवाफ दिएका थिए त्यो सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरू जान्‍न सक ।”
  • मत्त 25:40 : 40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’
  • गिन 22:3-9 : 3 मोआब ती मानिसहरूसँग साह्रै डराएका थिए, किनभने तिनीहरू धेरै थिए र मोआब इस्राएलका मानिसहरूका त्रासमा थियो । 4 मोआबका राजाले मिद्यानका धर्म-गुरुहरूलाई भने, “यो भिडले गोरुले मैदानको घाँस खाएजस्तै हाम्रो वरिपरि भएका सबै थोक खाइदिने छन् ।” यस बेला सिप्‍पोरका छोरा बालाक मोआबका राजा थिए । 5 तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् । 6 त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।” 7 त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए । तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने । 8 बालामले तिनीहरूलाई भने, “आज राती यहाँ बस्‍नुहोस् । परमप्रभुले जे भन्‍नुहुन्छ सो तपाईंलाई बताउने छु ।” त्यसैले मोआबका अगुवाहरू त्यस रात बालामसँगै बसे । 9 परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “तँकहाँ आउने यी मानिसहरू को हुन्?” 10 बालामले परमेश्‍वरलाई जवाफ दिए, “सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् । तिनले भने, 11 “हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् । अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस् । सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु ।”
  • गिन 23:8-9 : 8 परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु? 9 म तिनलाई पहाडको चुचुरोबाट देख्छु; म तिनलाई पहाडबाट हेर्छु । हेर्नुहोस्, एक्लै बस्‍ने मानिसहरू र आफूलाई साधारण जातिको रूपमा ठान्दैनन् । 10 याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस्!” 11 बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।”
  • गिन 23:18 : 18 बालामले अगमवाणी गर्न थाले, “उठ् बालाक र सुन् । हे सिप्पोरका छोरा मेरो कुरा सुन् ।
  • गिन 24:5-9 : 5 हे याकूब, तिम्रा पालहरू र तिमी बस्‍ने ठाउँ कति सुन्दर छन्! 6 तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् । 7 तिनीहरूका गाग्राहरूबाट पानी बग्छ र तिनीहरूका बिउहरू सुसिंचित छन् । तिनीहरूका राजा अगागभन्दा उच्‍च छन् र तिनीहरूका राज्यलाई आदर गरिने छ । 8 परमेश्‍वरले तिनलाई मिश्रबाट जङ्गली साँढेको जस्तै सामर्थ्यमा ल्याउनुहुन्छ । तिनले त्यसको विरुद्ध लड्ने जातिहरूलाई निल्छन् । तिनले तिनीहरूका हड्‍डीहरूलाई टुक्रा-टुक्रा पार्ने छन् । तिनले तिनीहरूलाई आफ्ना वाणहरूले हान्छन् । 9 तिनले सिंह, सिंहनीझै ढुक्छन् । तिनलाई उठाउने कसको आँट छ र? तिनलाई आशिष् दिने सबै आशिषित्् होऊन्; तिनलाई सराप दिने सबै श्रापित होऊन् ।” 10 बालाकको क्रोध बालामप्रति उर्लियो र तिनले आफ्ना हात ठटाए । बालाकले बालामलाई भने, “मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ, तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 23:4-5
    2 पदहरू
    86%

    4किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्, र तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्‍ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए ।

    5तर परमप्रभु तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन । बरु, तिमीहरूका परमेश्‍वरले श्रापलाई आशिष्‌मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो ।

  • गिन 22:9-14
    6 पदहरू
    80%

    9परमेश्‍वर बालामकहाँ आउनुभयो र भन्‍नुभयो, “तँकहाँ आउने यी मानिसहरू को हुन्?”

    10बालामले परमेश्‍वरलाई जवाफ दिए, “सिप्‍पोरका छोरा मोआबका राजा बालाकले तिनीहरूलाई मकहाँ पठाएका छन् । तिनले भने,

    11“हेर्नुहोस्, मिश्रबाट आएका मानिसहरूले मेरो भूमि ढाकेका छन् । अब आउनुहोस् र तिनीहरूलाई सराप दिनुहोस् । सायद म तिनीहरूसँग लड्न सक्छु र तिनीहरूलाई लखेट्न सक्छु ।”

    12परमेश्‍वरले बालामलाई जवाफ दिनुभयो, “तँ तिनीहरूसँग जानुहुँदैन । तैँले इस्राएलका मानिसहरूलाई सराप दिनुहुँदैन, किनभने तिनीहरू आशिषित्् भएका छन् ।”

    13बालाम बिहानै उठेर बालाकका अगुवाहरूलाई भने, “तपाईंको देशमा नै फर्केर जानुहोस्, किनभने परमप्रभुले मलाई तपाईंहरूसँग जान दिन इन्कार गर्नुभएको छ ।”

    14त्यसैले मोआबका अगुवाहरू त्यहाँबाट हिँडे र बालाककहाँ फर्केर गए । तिनीहरूले भने, “बालामले हामीसँग आउन इन्कार गरे ।”

  • गिन 23:11-13
    3 पदहरू
    78%

    11बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभएको? मेरा शत्रुहरूलाई सराप दिनुहोस् भनी मैले तपाईंलाई ल्याएँ, तर हे्र्नुहोस्, तपाईंले त तिनीहरूलाई आशिष् दिनुभयो ।”

    12बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र?”

    13बालाकले तिनलाई भने, “कृपया मसँग अर्को ठाउँमा आउनुहोस् जहाँबाट तपाईंले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्छ । तपाईंले तिनीहरूलाई नजिकको मात्र देख्‍नुहुने छ, तर तिनीहरू सबैलाई देख्‍नुहुने छैन । तपाईंले तिनीहरूलाई त्यहाँबाट सराप दिनुहुने छ ।”

  • 25त्यसपछि बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् ।”

  • यहो 24:9-10
    2 पदहरू
    77%

    9त्यसपछि मोआबका राजा सिप्‍पोरका छोरा बालाक उठे र इस्राएललाई आक्रमण गरे । तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए ।

    10तर मैले बालामको कुरा सुनिनँ । वास्तवमा, तिनले तिमीहरूलाई आशिष् दिए । त्यसैले मैले तिमीहरूलाई त्यसको हातबाट छुटकारा दिएँ ।

  • गिन 22:5-7
    3 पदहरू
    77%

    5तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् ।

    6त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।”

    7त्यसैले मोआब र मिद्यानका धर्म-गुरुहरू जोखनाको निम्ति दक्षिणा लिएर गए । तिनीहरू बालामकहाँ आए र बालाकको खबर उनलाई भने ।

  • गिन 24:1-2
    2 पदहरू
    77%

    1¶ परमप्रभुले इस्राएललाई आशिष् दिन नै रुचाउनुहुन्छ भन्‍ने जब बालामले देखे, तिनी अरू बेलाझैँ टुनामुना गर्नलाई गएनन् । बरु, तिनले मरुभूमितिर हेरे ।

    2तिनले आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे र परमेश्‍वरका आत्मा तिनीमाथि आयो ।

  • 1¶ त्यस दिन तिनीहरूले मानिसहरूले सुन्‍ने गरी मोशाको व्यवस्था पढे । कुनै अम्मोनी वा मोआबी कहिल्यै पनि परमेश्‍वरको सभामा आउनुहुँदैन भनी त्यसमा लेखिएको भेट्टाइयो ।

  • गिन 23:27-28
    2 पदहरू
    75%

    27त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्‍वरले इच्छा गर्नुहुने छ ।”

    28त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ ।

  • 10बालाकको क्रोध बालामप्रति उर्लियो र तिनले आफ्ना हात ठटाए । बालाकले बालामलाई भने, “मैले मेरा शत्रुहरूलाई सराप दिन तपाईंलाई बोलाएँ, तर तपाईंले तिनीहरूलाई तिन पटकसम्म आशिष् दिनुभयो ।

  • गिन 23:7-8
    2 पदहरू
    75%

    7बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।'

    8परमेश्‍वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु?

  • 16हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।

  • 22इस्राएलका मानिसहरूले मारेकाहरूमध्ये टुनामुना गर्ने बोरका छोरा बालामलाई पनि मारे ।

  • गिन 22:16-18
    3 पदहरू
    73%

    16तिनीहरू बालामकहाँ आए र तिनलाई भने, “सिप्‍पोरका छोरा बालाक भन्‍नुहुन्छ, 'बिन्ती छ, तपाईंलाई मकहाँ आउन कुनै कुराले नरोकोस्,

    17किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्‍जत गर्नेछु र तपाईंले जे गर्न भन्‍नुहुन्छ सो म गर्नेछु । त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्' ।”

    18बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, “बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ ।

  • 2बालाकले बालामले भनेजस्तै गरे । अनि बालाक र बालामले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाए ।

  • गिन 22:39-41
    3 पदहरू
    72%

    39बालाम बालाकसँग गए र तिनीहरू किर्यत-हुसोतमा आइपुगे ।

    40त्यसपछि बालाकले गोरुहरू र भेडाहरू बलि चढाए अनि तिनले केही मासु बालाम र तिनीसँग भएका अगुवाहरूलाई दिए ।

    41बिहान बालाकले बालामलाई बालको उच्‍च स्थानमा लगे । त्यहाँबाट बालामले इस्राएलीहरूलाई तिनीहरूको छाउनीमा थोरै मात्र देख्‍न सक्थे ।

  • गिन 23:16-17
    2 पदहरू
    72%

    16त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।”

    17बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्‍नुभयो?”

  • 2सिप्‍पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए ।

  • 12त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “तपाईंले मकहाँ पठाउनुभएका सन्देशवाहकहरूलाई भने,

  • 3तिनीहरूले व्यवस्था सुन्‍नेबित्तिकै तिनीहरूले इस्राएलबाट हरेक विदेशीबाट अलग गराए ।

  • 5परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।”

  • 15तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।

  • 11इस्राएलका मानिसहरूले परमप्रभुको दृष्‍टिमा जे कुरा दुष्‍ट थियो त्यही गरे र तिनीहरूले बाल देवताको सेवा गरे ।

  • 25के अब तपाईं मोआबका राजा, सिप्पोरका छोरा बालकभन्दा असल हुनुहुन्‍छ र? के तिनले इस्राएलसँग बहस गर्ने आँट गरे?

  • 20परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”

  • 33इस्राएलका मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे र रूबेनी र गादीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँबाट नष्‍ट पार्नलाई तिनीहरूको विरुद्धमा युद्ध गर्नेबारे कुनै कुरा गरेनन् ।